• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    उपत्यकामा जोरबिजोर कायमै रहने, व्यवसाय र होटलहरू पूर्ण रुपमा खुल्ने

  • वीरगंज संजाल
  • १ आश्विन २०७७, बिहीबार ००:२९
  • ४५१७

    काठमाडौं | काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि भदौ ३ गतेदेखि लागू गरेको निषेधाज्ञा आदेश परिमार्जन गरी भदौ २४ गते ‘सीमित’ क्षेत्र तोकेको थियो।सो निर्णयमा ‘सीमित क्षेत्रमा निषेधाज्ञा’ भनिएको थियो। ‘सीमित निषेधाज्ञा’को समय बुधबार राति १२ बजे सकिँदैछ।

    त्यसको पूर्वसन्ध्यामा काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेको छ। बैठकले अब निषेधाज्ञा लगभग खुलाएको छ।तर, केही क्षेत्रका लागि भने अर्को आदेश नहुञ्जेल ‘निषेधाज्ञा’ कायमै हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।

    उनका अनुसार बुधबारको बैठकले खोल्न नपाइने व्यवसाय र क्षेत्रका लागि मात्र निषेधाज्ञा तोकेको छ।बुधबारसम्म कायम निषेधाज्ञा लगभग हटेको छ। यसअघि  मन्त्रिपरिषद बैठकले सार्वजनिक सवारीसाधन र आन्तरिक हवाई सेवासमेत खुलाउने निर्णय गरेको थियो।

    दाहालका अनुसार यसअघि उपत्यकामा अत्यावश्यक र कार्यालय प्रयोजनबाहेक सार्वजनिक सवारीमा लागू गरिएको जोरबिजोर यथावत् राख्ने निर्णय भएको छ।भदौ २४ गते निषेधाज्ञा खुकुलो पार्दै प्रशासनले केही क्षेत्रलाई बन्देज लगाएर धेरैजसो क्षेत्रमा निषेधाज्ञा खुलाएको थियो। सार्वजनिक सवारीमा जोरबिजोर लागू गरेको थियो।

    दाहालका अनुसार बिहीबारदेखि उपत्यकाका सबै नाका खुला पारिएको छ। नाकाबाट आवतजावत गर्दा हुने स्वास्थ्य जोखिमबारे अब सर्वसाधारण स्वयम् जिम्मेवार हुनुपर्ने दाहालले बताए।

    ‘नाका बन्द, व्यवसायमा सीमितता तोक्ने यसअघिको निर्णय बदलेका छौं, केही क्षेत्रलाई बन्दै रहने गरी पुरानो निर्णयमा थप सहजता ल्याएका छौं,’ दाहालले भने।

    उनका अनुसार अब सार्वजनिक/निजी सवारीसाधन पूर्ववत् चल्न पाउँछन् तर, स्वास्थ्य मापदण्ड भने पालना हुनुपर्ने निर्णय भएको छ। मास्क, सेनिटाइजरलगायत स्वास्थ्यका मापदण्ड पालना भए-नभएको प्रशासनले अनुगमन गर्नेछ। नियम पालना नभएको देखिए संक्रामक रोग ऐनअन्तर्गत कारबाही गर्ने छ।

    दाहालका अनुसार बिहीबारदेखि सबै खाले पसल खुल्नेछन्, उनीहरूका लागि यसअघि तोकिएको समय र दिनको पावन्दी हटाइएको छ। यसअघि होटल खोल्न बन्देज लगाइएकोमा बिहीबारदेखि त्यो हटेको छ।

    कपडा, जुत्ताचप्पल पसल, फेन्सी, कस्मेटिक पसलमा लगाइएको समय पनि हटेको छ। सपिङ मलहरू पनि पूर्ण रुपमा खुल्नेछन्।

    यसअघि अत्यावश्यक सेवामध्ये खाद्यवस्तु, दुध, दुधजन्य पदार्थ, फलफूल, तरकारी, माछा/मासु बिक्री वितरणमा समय तोकिएकोमा सो पनि हटेको छ।

    ‘अब टेक अवे सेवा साथै अनलाइन डेलिभरी सेवा उपलब्ध गराउन समय लगाइने छैन,’ उनले भने, ‘एक सातअघि लगाइएको समय हटाइएको छ।’

    टेक अवे सेवा साथै अनलाइन डेलिभरी सेवा उपलब्ध गराउन सकिने यसअघिकै निर्णय थियो।

    बैंकहरू सुचारु नै थिए। अब सहकारीमा लगाइएको समय पनि हटेको छ। शिक्षा मन्त्रालयले अनलाइन कक्षा सञ्चालन गर्न पाउने नियम यथावत् छ।

    भाँडा-भान्साका सामग्रीका पसल पनि पूर्णरुपमा खुल्नेछन्। फर्निचर र अटोमोबाइल पसल पनि पूर्ण खोल्न पाइने दाहालले बताए। वर्कसपहरू पूर्ण रुपमै खुल्नेछन्।

    फुटपाथ, ठेला व्यापार, स्टेशनरी, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स पसल तथा डिपार्टमेन्ट स्टोरहरू पनि खुल्ने निर्णय यथावत् कायम छ।

    तर, दाहालका अनुसार बढी भिड हुने डान्स सेन्टर, बार, फिल्म हल भने खोल्न पाइने छैन। खुल्ला स्थानमा सभा-जुलुश, जात्रा महोत्सव हुन दिइने छैन। मठ-मन्दिर, मस्जिदमा दैनिक पूजाआजाबाहेकका काम गर्न पाइने छैन।

    उद्योग र कलकारखाना चल्न दिइन्छ। स्वास्थ्य मापदण्डविपरीत भने सञ्चालन गर्न पाइँदैन। चाडपर्वमा हुने जमघट हुन दिइँदैन। शैक्षिक संस्था चल्ने छैनन्।

    गोष्ठी, सेमिनार, स्पा, ब्युटी पार्लर खुल्ने छैनन्। सैलुन खोल्न पनि रोक लगाइएको छ। चिडियाखाना तथा प्रदर्शनीहरू बन्दै नै रहने छन्।

    निर्माण सामग्रीका पसल, निर्माण सामग्री ढुंगा, बालुवा, सिमेन्ट, रड, डन्डीलगायत बोक्ने ट्रक, टिपरहरूलाई यसअघि नै सञ्चालन हुन दिइएको थियो। निर्माण सामग्री बोक्ने सवारीसाधनलाई समय तोकिएको थिएन भने त्यस्ता पसललाई दिउँसो २ बजेदेखि राति ९ बजेसम्म तोकिएको थियो। यो पनि हटेको दाहालले बताए।

    राजधानीमा कोरोना संक्रमण व्यापक बढेपछि प्रशासनले भदौ ३ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो। साता-सातामा दुई पटक निषेधाज्ञाको समय बढाएर भदौ २४ गते सहज बनाइएको थियो।

    निषेधाज्ञा निरन्तर भइरहँदा आर्थिक गतिविधिहरू ठप्प भएपछि प्रशासनले सीमितता तोकेर केही क्षेत्र खुला गराएको थियो। चाडबाड नजिकिएको र सरकारले पनि लामो दूरीका सवारीसाधन, हवाई यातायात खुलाएपछि प्रशासनले केही क्षेत्रमा मात्र ‘निषेधाज्ञा’ गरिएको दाहालले बताए।

    ‘स्थानीय प्रशासन ऐन अनुसार प्रशासनले आवश्यकताअनुसार निषेधाज्ञाको मोडालिटी परिमार्जन गर्छ, निषेधाज्ञा पूर्ण नै खुलेको चाहिँ हैन, केही क्षेत्रमा निषेधाज्ञा कायम रहने गरी निर्णय भएको हो,’ दाहालले सेतोपाटीसँग भने।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन
  • नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
  • जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल
  • पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    News

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    News

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    News

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    News

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑