वीरगंज | छोरीलाई बलात्कार गरेको अभियोगमा दाङमा ६२ वर्षीय बाबु पक्राउ परेका छन्।१३ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले बुधबार बाबुलाई पक्राउ गरेको हो।
बंगलाचुली गाउँपालिका–२ मर्पेसका ६२ वर्षीय बाबुलाई १३ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
पीडित पक्षले उजुरी दिएपछि ६२ वर्षीय अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए।
आरोपित व्यक्ति यसअघि जेठी श्रीमतीको हत्या गरी कैद भुक्तानपश्चात् जेलबाट छुटेका व्यक्ति रहेको प्रहरीले जनाएको छ।