काठमाडौँ | काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप थप ७ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौंमा ६५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।