विरगंज । कृष्णा कुशवाहा। बीरगंज महानगरपालिका वडा नं.– २४ रमाघडावा टोलका नेपाली काँग्रेसका सक्रिय कार्यकर्ता विजय प्रसाद कुर्मीले तीन तहका सरकारले नगरेको काम गरेका छन् ।
कोरोना भाईरसका कारण जारी गरिएको निषेधाज्ञा, लक डाउनका कारण प्रभावित अति बिपिन्न समुदाय र दैनिक ज्यालादारी गर्नेहरुलाई सो राहत समाजिक दुरी कायम गर्दै बितरण गर्नुभएको हो ।
विगतका दिन झै आज पनि उहाँले राहत वितरण गरेका हुन्। राहत सामाग्रीमा प्रत्येक घरपरिवारलाई १५ किलोग्राम चामल ,५ किलोग्राम अटा र १ किलोग्राम नुन गरी बीरगंज महानगरपालिका को वडा नम्बर २४ को टोल बहुवारीमा ११५ जाना गरीब विपन परिवारमा वितरण गरेका छन्।
यस्तो अवस्थामा कुनै पनि सरकारले गरिब विपन्न तथा दैनिक ज्यालादारी मजदुरी गर्ने लाई ध्यान नदिएपछि म आफ्नो ब्यक्तिगत खर्चबाट यस्तो सहयोग गरेको युवा नेता तथा समाजसेवी विजय प्रसाद कुर्मीले बताए ।
वडा वासीहरुको अवस्था दयनिय भएको आफ्नो ब्यक्तिगत खर्चबाट वितरण गर्न लागेको उनी बताए । कोरोना भाइरसको कारण निरन्तर निषेधाज्ञा थप तथा कडा हुँदै गइ रहेकोले सो कार्यमा आफनो रुचिले वितरण गरिएको नेपाली काँग्रेसका सक्रिय कार्यकर्ता कुर्मीले बताए ।