• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भदौ अन्तिम साताको वर्षाले किसानलाई राहत

  • वीरगंज संजाल
  • ३१ भाद्र २०७७, बुधबार १५:१०
  • २०३३

    महोत्तरी |  भदौ अन्तिमतिर लगातार भएको वर्षा धानखेतीका लागि अमृत भएको छ । भदौ अन्तिम साताको प्रारम्भसँगै दिनदिनै जसो परेको पानीले धानबाली हरियो भएर फिरेपछि महोत्तरीका किसानले राहत महसुस गरेका छन् ।भदौ लागिकन पानी नपाएको र नाइट्रोजन मल (युरिया) पनि हाल्न नपाएर कक्रिएको धानको गाँज भदौ निगल्दोको पछिल्लो वर्षाले फिरेपछि किसानलाई राहत मिलेको हो ।

    भदौ अन्तिम साताको प्रारम्भसँगै महोत्तरीका सबैजसो भेगमा लगातार परिरहेको पानीले पहेँलिनै लागेका धानका बोट फिरेका छन् । दिनहुँजसो केहीबेर धानका जरा मजाले सिञ्चित गर्ने गरी मन्दमन्द भइरहेको वर्षाले बोट हरियो भएर हलक्क बढेको किसान बताउँछन् । महोत्तरीमा भदौ २२ यता दिनहुँजसो केहीबेर पानी पर्दै आएको छ ।

    “हामी आकास ताक्नेका लागि त पछिल्लो वर्षा अमृत नै भएको छ”, जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरका किसान मोहनखाँ थारुले भने, “धानको रोपो सरेपछि गाँजिने बेलामा युरिया मल हाल्न पाएनौँ, भदौ तीन सातासम्म खासै पानी पनि परेन तर अहिले भदौ निगल्दो दिनहुँजसो केहीबेर परिरहेको पानीले धान फिरेको छ ।”

    भदौ निगल्दोको अहिलेको वर्षामा हुने अम्लीयपनले धानका लागि मलको समेत काम गरेको खाँको भनाइ छ ।

    जिल्लाभरिकै कुल खेतीयोग्य जग्गामध्ये ८० प्रतिशतभन्दा बढी आकासे पानीकै भरमा खेती गर्नुपर्ने अवस्था छ । जिल्लामा करिब ७० हजार हेक्टर जग्गामध्ये १० प्रतिशतमा स्थायी सिँचाइको कुलो नहर लाग्ने र करिब त्यत्तिमै वैकल्पिक सिँचाइको प्रबन्ध (इनार पम्पसेट, बोरिङ) जेनतेन पुगेको छ ।

    जिल्लाका ८० प्रतिशत जग्गा अझै आकासे पानीको भरमा रहेको कृषि ज्ञान केन्द्र मलङ्गवा, सर्लाही (कार्यक्षेत्र–महोत्तरी, सर्लाही) ले नै जनाएको छ ।

    आकासे पानीको भरमा खेती गर्नुपर्ने किसानलाई ठिक समयको वर्षा हुँदा सबै कुरा भेटाएजस्तो लाग्छ । “हुन त के छ र हाम्रा लागि ? न बजारमा मल, न समयमा बीउबिजन, न सुलभ ऋण”, बर्दिवास नगरपालिका–९ का किसान सुरजसिंह कुशवाहा दिक्दारिँदै भन्छन्, “सबै कुरा प्रकृतिकै शरणमा रहेका हामीलाई अहिलेको वर्षाले राहत दिएको हो ।” अब चाहिँ रोगको चपेटामा परिएन भने केही धान भित्र्याउने आस जागेको कुशवाहाको भनाइ छ ।

    यसपालि असार निगल्दोदेखि साउन मध्यसम्म राम्ररी पानी परेपछि धान रोप्न सहज भएको किसान सम्झन्छन् । त्यसयता धानको रोपो सरेपछि र त्यसपछि गाँजिने बेलामा युरिया मल हाल्न नपाउँदा विरक्तिएका किसानलाई समय–समयको वर्षाले नै त्राण दिएको छ ।

    जिल्लामा यसपालि करिब ४० हजार हेक्टरमा धानखेती गरिएको कृषिसम्बद्ध कार्यालयहरुको आँकडा छ । पछिल्लो पटक अहिले भदौ निगल्दोको वर्षाले सिँचाइसँगै धानका लागि थप पोषणको काम गरेको कृषि ज्ञान केन्द्र मलङ्गवाका कृषिविज्ञ पनि स्वीकार गर्छन् । “अहिलेको वर्षा धान खेतीका लागि अमृत सरह नै भएको छ”, केन्द्रका निमित्त प्रमुख देवानन्द राय भने ।

    जिल्लाको मुख्यबाली मानिने धानका लागि अहिलेको वर्षा अमृत सरह भए पनि अन्य नगदेबालीका लागि भने समस्या बनेको छ । तरकारी खेतीको गोडमेल लगातारको वर्षाले गर्न नपाइँदा झारपातले छोपेको किसान बताउँछन् ।

    यसबाहेक जिल्लाका भित्री ग्रामीण सडकमात्र नभएर मुख्य सडकहरु नै पछिल्लो वर्षाले हिलाम्य भएका छन् । हिउँदमा सडक मर्मतसम्भार र ढल निकासका काम नगरिँदा बर्सेनि हिलोमा जोतिएर हिँड्नु नियति नै बनेको जिल्लावासी बताउँछन् । अरु जति सकस बढे पनि मुख्यबाली धान अब केही भित्र्याउन सकिन्छ भन्ने विश्वासले राहत पाइएको यहाँका आम किसानको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन
  • नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
  • जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल
  • पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    News

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    News

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    News

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    News

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑