• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एसिड आक्रमणमा परेकाको जिम्मा सरकारले लिने, यस्ता छन् ११ बुँदे निर्णय

  • वीरगंज संजाल
  • ३१ भाद्र २०७७, बुधबार ०६:३४
  • १८९३

    वीरगंज। एसिड आक्रमणबाट पीडित बनेका नागरिकहरुको सम्पूर्ण उपचार खर्च, शिक्षादीक्षा र रोजगारीको जिम्मेवारी सरकारले लिने भएको छ ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरुको बुँदागत जानकारी गराउँदै सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले एसिड पीडितहरुका सन्दर्भमा  यो ऐतिहासिक निर्णय भएको बताए ।यसले उनीहरुलाई ठूलो अभिभावकत्व, संरक्षकत्व र पीडाबाट मुक्त हुनका लागि हौसला मिल्नेमा पनि विश्‍वस्त रहेको उनको भनाई थियो ।

    सरकारले हरेक वर्षको भदौ २५ गतेलाई ‘एसिड आक्रमणविरुद्धको जागरण दिवस’का रुपमा मनाउने निर्णय गरेको छ । साथै एसिड आक्रमणको कसुर, सजाय र सुनुवाईसम्बन्धी प्रचलित कानूनलाई तत्काल संशोधन गर्ने क्याबिनेटले निर्णय गरेको छ ।

    एसिड आक्रमणबाट पीडितहरुका लागि सरकारले गरेको ११ बुँदे निर्णय जस्ताको त्यस्तै–

    १. नेपाल सरकारले एसिड आक्रमणको कसुर, सजायँ र सुनुवाई सम्बन्धी प्रचलित कानूनलाई संशोधन गर्न र एसिडको उत्पादन, आयात, निर्यात र विक्री वितरण तथा प्रयोगलाई नियमन गर्न नयाँ ऐन तर्जुमा गर्ने कार्य तत्काल प्रारम्भ गर्ने । नेपाल कानून आयोगले १५ दिनभित्र कानूनको मस्यौदा तयार गर्ने ।

    २. एसिड आक्रमणविरुद्ध जागरण अभिवृद्धि गर्न प्रत्येक वर्षको भदौ २५ गतेलाई एसिड आक्रमणविरुद्धको जागरण दिवसका रुपमा मनाउने ।

    ३. एसिड आक्रमणमा परेका पीडितहरुको तत्काल सम्भव हुने उपचार तत्कालै नजिकको अस्पताल वा स्वास्थ्य संस्थाबाट गर्ने र थप उपचारका लागि रिफर गरी पठाउने । उपचारका लागि अस्पताल पु¥याउने र उपचार गर्ने कार्यमा सबै व्यक्ति संस्था वा निकायले प्राथमिकताका साथ सहयोग गर्ने ।

    ४. एसिड आक्रमणमा परिसकेका पीडितहरुको उपचारका लागि त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर बर्न अस्पताललाई डेडिकेटेड अस्पताल तोक्ने । तत्काल गर्नुपर्ने उपचार सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुले प्राथमिकताका साथ गर्ने ।

    ५. एसिड आक्रमणमा परिसकेका पीडितलाई निशुल्क उपचारको व्यवस्था गर्ने । अस्पतालमा उपचार गर्दा लागेको बिल अनुसारको खर्च नेपाल सरकारले व्यहोर्ने । एसिड आक्रमणबाट भएको स्वास्थ्य क्षतिको उपचारसँग सम्बन्धित व्यक्तिले आजीवन प्रयोग गर्नुपर्ने औषधिको खर्च समेत नेपाल सरकारले व्यहोर्ने । सोको संयोजन तथा सहजीकरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने ।

    ६. पीडितहरुलाई उच्च शिक्षा सम्मको शिक्षा निशुल्क उपलब्ध गराउने व्यवस्था शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गराउने ।

    ७. उद्योग व्यवसायका लागि क्षमता अभिवृद्धि गर्न चाहने पीडितहरुलाई क्षमता अभिवृद्धिका लागि उद्योग वाणिज्य मन्त्रालय, श्रम मन्त्रालय र शिक्षा मन्त्रालयले प्राथमिकताका साथ गर्ने । उद्योग मन्त्रालयले पीडितहरुलाई योग्यता अनुसारको रोजगारी प्राथमिकताका साथ उपलब्ध गराउन निजी क्षेत्रसँग आवश्यक समन्वय गराउने ।

    ८. एसिड आक्रमणबाट पीडितहरुले उद्योग व्यवसाय सञ्चालन गर्न चाहेमा नेपाल सरकारले साहुलियतपूर्ण कर्जा उपलब्ध गराउने । यससम्बन्धी आवश्यक व्यवस्था अर्थ मन्त्रालयले मिलाउने ।

    ९. कृषि तथा पशुपंक्षी व्यवसाय गर्न चाहने एसिड आक्रमणका पीडितहरुलाई अनुदान उपलब्ध गराउने व्यवस्था कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले मिलाउने ।

    १०. एसिड आक्रमणमा परेका पीडितहरुलाई अस्पताल पु¥याउने क्रममा क्षति भएको शरीरको अंगमा सफा पानी खन्याउँदै लैजानुपर्छ भन्नेलगायतका चेतनामूलक सन्देशहरु प्रवाह गर्ने व्यवस्था सूचना तथा सञ्चार मन्त्रालयले मिलाउने ।

    ११. उपयुक्त कार्यहरुको समन्वयका लागि मुख्यसचिवको संयोजकत्वमा अर्थ मन्त्रालय, गृहमन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, महिला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, शिक्षा विज्ञान तथा व्रविधि मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवहरु र मुख्य सचिवले तोकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सहचिव सदस्यसचिव रहने गरी समिति गठन गर्ने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन
  • नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
  • जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल
  • पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    News

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    News

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    News

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    News

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑