• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना अपडेट: सात वटै प्रदेशमा सक्रिय संक्रमित भन्दा निको हुनेको संख्या धेरै

  • वीरगंज संजाल
  • ३१ भाद्र २०७७, बुधबार ०६:१७
  • ३१७३

    वीरगंज | नेपालमा कोरोनाका नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढेको देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकमा पछिल्लो २४ घण्टामा १४५९ जना कोरोना संक्रमित थपिएका छन्।  यससँगै मुलुकमा कोरोना संक्रमितको संख्या ५६७८८ पुगेको छ। त्यसमध्ये हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १५७७९ पुगेको छ, ४०६३८ जना निको भइसकेका छन्।

    मुलुकमा कोरोनाबाट निको हुनेको यो दर ७१.६ प्रतिशत हो भने सक्रिय संक्रमितको दर २७.८ प्रतिशत र मृत्युदर ०.६ प्रतिशत छ। सार्क राष्ट्रमध्ये नेपालमा कोरोनाका सक्रिय संक्रमितको दर भुटानपछि सबैभन्दा धेरै छ। भुटानमा कोरोनाका सक्रिय संक्रमितको दर सार्क राष्ट्रमा सबभन्दा धेरै २९.७ प्रतिशत छ।

    केही समयअघिको तथ्यांक अनुसार नेपाल सार्क राष्ट्रमै कोरोनाका सक्रिय संक्रमितको दर बढी हुने पहिलो मुलुक थियो। पछिल्ला दिनहरूमा मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या भन्दा निको हुने व्यक्तिको संख्या बढ्न थालेपछि सार्क राष्ट्रमध्ये सक्रिय संक्रमितको दर धेरै भएको मुलुकबाट नेपाल विस्तारै तल झर्न थालेको हो।

    कुन प्रदेशमा कति?

    नेपालमा हाल सातै वटा प्रदेशमा कोरोनाका सक्रिय संक्रमितभन्दा निको हुने व्यक्तिको संख्या बढ्न थालेको छ। यसअघि बागमती र प्रदेश-२ मा कोरोनाबाट निको हुने व्यक्तिको संख्या भन्दा कोरोनाका सक्रिय संक्रमितको संख्या धेरै थियो।

    मंगलबारसम्मको तथ्यांक अनुसार बागमती प्रदेशमा सक्रिय संक्रमितको संख्या ८१५२ र निको हुने व्यक्तिको संख्या ८३९२ पुगेको छ।
    प्रदेश–२ मा कोरोनाबाट निको हुने व्यक्तिको संख्या सबैभन्दा धेरै ११०९६ छ। तर सक्रिय संक्रमितको संख्या भने २१७८ छ।

    प्रदेश–१ मा कोरोनाबाट निको हुने व्यक्तिको संख्या ३५६२ र सक्रिय संक्रमितको संख्या १५१७ छ। गण्डकी प्रदेशमा निको हुने व्यक्तिको सख्या २३४५ र सक्रिय संक्रमितको संख्या ९८२ छ।

    यस्तै, प्रदेश-५ मा कोरोनाबाट निको हुने व्यक्तिको संख्या ६६७७ र सक्रिय संक्रमितको संख्या १९८१ छ। कर्णाली प्रदेशमा निको हुने व्यक्तिको संख्या २५३१ र सक्रिय संक्रमितको  संख्या ३९३ छ। सुुदूरपश्चिम प्रदेशमा निको हुने व्यक्तिको संख्या ६०३५ र सक्रिय संक्रमितको ५७६ छ।

    २९ भदौसम्म बागमती प्रदेशमा कोरोनाबाट निको हुने व्यक्तिको भन्दा सक्रिय संक्रमितको संख्या धेरै थियो। त्यतिबेलासम्म बागमती प्रदेशमा कोरानाका सक्रिय संक्रमितको संख्या ७९०७ र निको भएका व्यक्तिको संख्या ७८१९ थियो।

    सोमबारको तथ्यांक अनुसार बागमती कोरोनाबाट निको हुने भन्दा सक्रिय संक्रमित धेरै भएको एक मात्र प्रदेश थियो। तर बागमती प्रदेशमा एकै दिन ५७३ जना व्यक्ति निको भएपछि यस प्रदेशमा सक्रिय संक्रमित भन्दा निको हुने व्यक्तिको संख्या बढी देखिएको हो।

    विश्व स्वास्थ्य संगठनमा कार्यरत एक जना क्लिनिकल भाइरोलोजिष्टले मुलुकमा पछिल्ला दिनहरूमा सक्रिय संक्रमित घट्दै गएको र निको हुने व्यक्ति बढ्दै गएको कुरालाई सकारात्मक भनेका छन्।

    उनले सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने जस्ता जनस्वास्थ्यका आधारभूत मापदण्ड पालना गर्ने हो भने संक्रमण दर घटाउन सकिने बताएका छन्।
    थप सामग्री : https://www.himalkhabar.com/news/118422

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन
  • नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
  • जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल
  • पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    News

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    News

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    News

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    News

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑