• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सरकारले नदेखेका बहादुर मजदुर, परिवार बचाउन १३० किलोमिटर साइकलको यात्रा

  • वीरगंज संजाल
  • ३१ भाद्र २०७७, बुधबार ०४:१९
  • ३५५३

    रत्नराजमार्ग–सुर्खेतको पूर्वी भेग रामघाट, दशरथपुरलगायत क्षेत्रमा रिर्पोटिङ गरेर भेरी गंगा नगरपालिका, छिन्चुबाट वीरेन्द्रनगरतर्फ मोडिदै गर्दा राती पौने दश बजेको हुँदो हो। जसरी हुन्छ चाँडो भन्दा चाँडो गन्तव्य पुग्नु थियो।जगंलको बाटो त्यसमा पनि निष्पट्ट अध्याँरो। मोटरसाइकलको हेडलाइटले सोझ्याएको प्रकाशको भरमा यात्रा गर्नुपर्ने बाध्यता थियो मेरो।

    घुमाउरो सडकमा बतासिँदै आएका ठूल्ठूला मालबाहक ट्रक र ट्रिपरहरु छेउमा जाँदा सात्तै गएको जस्तो हुन्थ्यो । त्यसमा उनीहरुले दिने प्रेसर हर्नको सातो लिने आवाज। डरले बेलाबेला सडक छेउमै टक्क उभिन पुग्थे।छिन्चु बजार सकिए लगत्तै जंगलबीचमा पुग्दा एउटा अनौठो दृश्य देखियो। करीब एउटै हुलियाका चारजना अधबैँसे  पुरुष।  साईसुई गर्दै साइकल हाँकिरहेका । पसिनाले निथ्रुक्क। आँखा अगाडि एकाएक आएको त्यो दृश्यलाई बेवास्ता गर्न सक्ने कुरै भएन।

    कौतुहलताका साथ उनीहरुलाई पछ्याउन थालेँ। आफू सवार मोटरसाइकलको प्रकाशले उनीहरुलाई केही राहत भएको ठानेँ। प्रत्येकको साइकल पछाडि प्लास्टिकका थोत्रा झोला अड्काइएका थिए। थिचिएका रित्ता पानीका बोटल र टिफिनहरु झुण्डिएका।शुरुमै उनीहरुसँग कुरा गर्न धक लाग्यो। सोचेँ– हतारमा होलान, नजिकै पो हो कि गन्तव्य भनेर। तर उकालो र घुमाउरो काट्दा पनि उनीहरुको साइकलको पेडल चलिनै रह्यो। केही ठाउँमा बढी उकालो भएकाले डोराए पनि उनीहरुले।

    उनीहरुलाई पछ्याउँदै गर्दाका आँखा सामुन्नेका दृश्यहरु मनै हल्लाउने खालका थिए। एक जनाको खुट्टामा पातलो प्लास्टिकको चप्पल थियो। त्यो पनि नाम मात्रको। खिइएर कुर्कुच्चातिरको भाग नै नभएको। अर्का एकजनाको तीन–चार ठाउँमा सिलाएको। अनि अर्का एकजना खुट्टा खच्याङ-खच्याङ गर्दै साइकल गुडाउँदै थिए ।

    खुट्टाभरि फोका । बेलाबेला खुट्टा चहर्याएपछि ‘ऐया’ भन्दै सुस्केरा हाल्थे। र, अर्का साथीलाई केही बेर बिसाउन भन्थे। घरीघरी खुट्टा टक्टकाउँछन्। शरीर थरथर कापेको छ। शरीरमा कपडाका नाममा दुईजना जाँगे र पातलो कमिजमा बाँकी दुईजना पाइन्ट र टिर्सटमा छन्। थकाईले आलसतालस ।

    साइकलको ह्यान्डल थेग्न पनि गाह्रो भइरहेको थियो उनीहरुलाई । भोक र प्यासले सबैको ओठ सुकेर कलेटि परेका । अनुहारमा धेरैदिनको भोकप्यास प्रष्टै देखिन्थ्यो । उकालो सकिएपछि उनीहरु साइकल छेउ लगाएर रुखमा अडेस लाग्छन्। कुराकानीका लागि त्यही मौका छोप्छु ।

    हेर्दै उराठलाग्दो यात्राको पोयो फुकाउन अघि सरे २८ वर्षीय राजकुमार थारु । बर्दिया बाँसगढी नगरपालिका २, राझबेतहनी बसाई । चारैजना  देसौरी थारु। मजदूरी गरेर जेनतेन आफ्नो र परिवारका लागि दुई छाक जोहो भइरहेको थियो । सरकारले कोरोना महामारी (कोभिड-१९) को रोकथामका लागि भन्दै विगत ६ महिनादेखि कुनै न कुनै रुपमा जारी राखेको लकडाउनका कारण रोजगारी गुमाााााएका थिए उनीहरुले।

    राहतको पर्खाइमा कयौँ दिन बिते । देशका अन्य मजदूरको जस्तै भोकै बस्ने अवस्था आयो । धैर्य टुट्यो। छटपट्टी बढ्यो। आफू त आफू, परिवार नै भोकै मर्छ कि भन्ने चिन्ता हुन थाल्यो उनीहरुलाई।

    सरकारले औपचारिक रुपमा सिमामा आउजाउ गर्न रोक लगाए पनि भारत जाने नाकामा गाउँले दाजुभाई लावालस्कर देख्दा त्यही भिडमा सामेल हुन मन नलागेको पनि होइन, उनीहरुलाई। तर एकपटक भारतीय भूमिमा पसिना बगाएर आएका उनीहरुले पुनः त्यो नियति दोहोर्याउन चाहेनन्। स्वाभिमानले रोक्यो उनीहरुकाे हृदयलाई ।

    उनीहरुलाई सरकारले जिल्ला बाहिर जान निषेध गरेको छ भन्ने थाहा नभएको पनि होइन । तर, परिवारलाई भोकै राख्नुभन्दा सरकारको आदेशको उल्लघंन गर्नु नै उनीहरुले उचित ठाने । त्यही भएर मजदुरीका लागि कहिल्यै पाइला नटेकेको उत्तरतर्फ पहाडमा पर्ने सुर्खेतका लागि कठिन यात्रा तय गरेका थिए उनीहरुले।

    गाडी पाइहाले पनि भाडा तिर्ने हैसियत थिएन । त्यही भएर उनीहरुले साइकलबाटै सुर्खेत पुग्ने अन्तिम विकल्प रोजेका   थिए । बर्दियादेखि  सुर्खेतसम्मको करीब १३० किलोमिटर यात्राका लागि आफूहरुसँग भएका थोत्रा साइल मर्मत गरे । त्यो पनि उधारोमा ।

    र, परिवारसँग मजदुरी गरेर छिट्टै पैसा पठाउने बाचा गर्दै घाम झुल्किनु अघि नै घर छाडे ।बर्दियाबाट बाँकेको चिसापानीसम्मको यात्रा त खासै असहज थिएन। जसै रत्नराजमार्गले सुर्खेत प्रवेश गर्छ त्यसपछि शुरु हुन्छ उकाली-ओराली, खाल्डा-खुल्डी र घुमाउरो।

    कतिपय ठाउँमा सडकमै पहिरोको थुप्रो। जसले गर्दा बाटै हिलाम्य । बिहानै पकाएर ल्याएको एक छाक चिसो दाल–भात र एक बोतल पानी बाहेक उनीहरुको पेटमा केही परेन। सडकको अवस्था र दूरीबारे अनविज्ञ उनीहरु एकअर्कालाई ढाडस दिँदै अघि बढिरहे । भदौरे घामले तातेको पीच सडकबाट उठेको तातो रापले रन्किएका उनीहरुका खुट्टालाई साँझ पर्दै गर्दा केही राहत मिल्दै गयो ।

    तर गन्तव्य अझै टाढा थियो। ‘लामो लकडाउनले श्रीमती, दुई छोरा–छोरीको पेट पाल्न मुस्किल पर्यो। नजिकै काम खोजेँ। पाएन। पैसा थिएन। उधारोमा साइकल बलियो बनायौँ अनि कामका लागि सुर्खेत हिँडेको हो अहिले।’ राजकुमारले भने । उनले केही वर्ष भारतको सिमलामा स्याउ टिपेर बिताए छन् । त्यहीँबाट कमाएको पैसाले गाउँमा माटोले लिपेर एउटा काठको कटेरो बनाएछन् । त्यही कटेरोमा बर्षौदेखि ओत लाग्दै आएको थियो उनका परिवार।

    त्यो कटेरो बाहेक राजकुमारको र उनको परिवारको नाममा अरु कुनै जायजेथा छैन। न त आम्दानीका लागि अन्य कुनै स्रोत। तर, पुरै परिवार पाल्ने कठोर दायित्व छ उनको काँधमाथि । त्यसमाथि श्रीमती बिरामी छन्। पैसा अभावले उपचार रोकिएको छ, रोग बढ्दै छ।

    राजकुमारसँगै साथै लागेर हिँडेका १८ वर्षीय करण थारुको अनुहारमा त निराशाको बादल झनै प्रष्ट देखिन्थ्यो । भन्छन्, ‘आफू भोकै बस्न सकिएला तर परिवारलाई भोकै राख्न सकिन्न। आफैले काम गर्ने हो जहाँ गएर भए पनि। जति गाह्रो भए पनि।’ राजकुमार र करणको कुरा सुनिरहेका अर्का सहयात्री ३६ वर्षीय मायाराम थारु पनि आफ्नो व्यथा सुनाउन अघि  सरे ।

    मायाराम भन्छन्, ‘श्रीमती, तीनवटा बच्चा छन्। उनीहरु काम गर्न सक्दैनन्। मैले जे गरेर भएपनि उनीहरुलाई पाल्नुु छ।’ लकडाउनअघिसम्म मायारामको परिवार निकै खुसी थियो । मजदुरी गरेरै भए पनि महिनामा कम्तिमा ३५ हजार आउँथ्यो । तर, लकडाउनले एकाएक त्यो आम्दानी सुक्यो ।उनी घरभित्रै थुनिए। सँगै उनीहरुको त्यो खुसी पनि खोसियो।

    ‘मेरो पीडा पनि उही हो। त्यही भएर सँगै कामका लागि हिडेँको,’ श्रीमती र एउटा बच्चाको पालनपोषणको जिम्मेवारी बोकेका २३ वर्षीय दिनेश थारु मन फुकाएर कुरा गर्ने अवस्थामा थिएनन् । त्यसमाथि रात पनि छिपिँदै थियो।

    घना जंगल भएकाले जंगली जनावरको डर त्यत्तिकै । ठाउँठाउँको प्रहरीको केरकार उनीहरुलाई थप गलाएको थियो । एकछिन सुस्ताई पछि उनीहरु फेरि आफ्नो गन्तव्यतर्फ लम्किए। तर, मैले उनीहरुलाई पछ्याउन छाडिन् । केही बेरमै आकाश गर्जियो र पानी पर्न थाल्यो ।

    उनीहरुको एक सरो कपडा पनि निथ्रुक्क भिज्यो । तर, त्यस्तो अवस्थामा पनि राजकुमारले भन्दै थिए, ‘हामीलाई राज्यले चिन्दैन। हाम्रो व्यथा उसलाई थाहा छैन। थाहा पाउने कोसिस पनि गरेन। गरिब हुनु हाम्रा लागि श्राप रहेछ।’ त्यसमा मायाराम थप्थे, ‘हाम्रा लागि न नेता छन् न सरकार न प्रहरी प्रशासन। गरीबको बोल्दिने कोही छैन यो देशमा।’

    यात्राका क्रममा अन्य दुई सहयात्रीले पनि राज्यप्रति त्यस्तै गुनासो र आक्रोश पोखिरहे । उनीहरुको आक्रोश र पीडा सुन्नु बाहेक मैले त्यतिबेला के गर्न सक्थे र ? जंगलको बाटो शान्त थियो तर, उनीहरुको मनभित्र उठिरहेको आक्रोश र पीडाको ज्वाला सहजै महसुस गर्न सकिन्थ्यो ।

    उनीहरुको बेदना र पीडा सुन्नेक्रम वीरेन्द्रनगर प्रवेश गर्ने नाका सुब्बाकुना आइपुग्दासम्म चलिरह्यो । सुब्बाकुनामा प्रहरीले उनीहरुलाई रोके । त्यहाँ तैनाथ प्रहरी पनि अचम्भित भए उनीहरुको बाँकेदेखिको साइकल यात्राबारे सुनेर। तर, आफ्नो ड्युटी भन्दै उनीहरुसँग पीसीआर रिपोर्ट मागि। नेपालको कानुन दैवले जानुन त्यसै भनिएको होइन ।

    कर्णाली प्रदेश सरकारले अन्य प्रदेशबाट आउने यात्रुका लागि पीसीआर रिपोर्ट अनिवार्य नहुने निर्णय अघिल्लो साता नै गरिसकेको थियो । प्रहरी त्यसबारे बेखबर रहेछन् । त्यही भएर प्रहरीले रिपोर्टका लागि धेरै बेर केरकार गरेपछि मैले मुखै फोरेर भन्नुपर्यो –कर्णाली प्रदेश सरकारको पछिल्लो निर्णय सरहरुलाई थाहा छैन हो? त्यसपछि भने प्रहरी हच्किए मजदुरहरुलाई छोडिदिए। त्यसपछि पुनः शुरु भयो राजमार्गको यात्रा र उनीहरुको आक्रोश पोख्नेक्रम ।

    र, वीरेन्दनगर बजार नपुगिन्जेल त्यो चलिनै रह्यो । राजकुमारका अनुसार मजदुरहरुलाई पेट पाल्नकै लागि अहिलेजस्तो समस्या पहिले कहिल्यै परेको थिएन। ‘सरकारले काम गर्ने ठाउँ र त्यहाँ जाने सहज बनाए मात्रै पनि पर्याप्त हुन्थ्यो त्यति पनि गरेन’ उनले भने ।

    हुन पनि उनीहरुसँग बलियो पाखुरा जाँगर र साहस सबै थियो । तर, त्यसलाई राज्यले चिनेन र बुझेन । राज्य त प्रधानमन्त्री केपी शर्मा ओलीको ‘कोही भोको पर्दैन, भोकले कोही मर्दैन’ भन्ने भाषणलाई प्रचारप्रसार गर्नै व्यस्त रह्यो ।

    तर, भोक मार्न गरिने मजदुरहरुको यस्ता जोखिमपूर्ण यात्रा कहिलेसम्म त? बिदाईका हात हल्लाउँदै गर्दा एकाएक करणले आक्रोश पोखे। आक्रोशको अन्तर्य थियो– सरकारले मजदुर लक्षित राहत घोषणा गर्न चटक्कै बिर्सियो। हुन पनि यदि राज्यले सम्झिएको भए यी चार सहयात्रीको त के कुरा राजधानीकै मुटु मानिने रत्नपार्कमा खानाका लागि कोही किन घन्टौं लाइन बस्थ्यो ?

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन
  • नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
  • जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल
  • पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    News

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    News

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    News

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    News

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑