विरगंज । वडा प्रहरी कार्यालय श्रीपुर प्रहरीले बिभिन्न मिति र समयमा अवैध रूपमा भन्सार छली गरि लियाएको बिभिन्न समानहरु बरामद गरि बीरगंज भन्सार कार्यालयमा बुझाइएको छ।
वडा प्रहरी कार्यालय श्रीपुर बाट खटिएको प्रहरी टोलीले लगभग १ लाख मुल्य बराबरको समान बरामद गरिएको छ।
भन्सार चोरी पैठारी गरी अवैध रूपमा नेपाल तर्फ भित्रयाईएको कास्मेटिक ,खानेतेल, हाडबेयर,मोटर,साबुन,शेम्पू, गुटखा,सर्फ, सबूदाना बरामत गरिएको प्रहरी निरीक्षक दिपक कुमार साहले बताउनु भयो ।
बरामद गरिएको समान आजनै भन्सार बुझाएको छ।