• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जगदम्बा बदमासी स्वीकार गर्न बाध्य : गुणस्तर विभागले छड बिक्रीमा लगायो रोक

  • वीरगंज संजाल
  • २९ भाद्र २०७७, सोमबार १२:३०
  • ४९९३

    वीरगंज | फलामे छडलगायतका निर्माण सामग्रीको उपभोक्ता जगदम्बा गु्रपले उसका उत्पादन परीक्षणमा गुणस्तरहीन प्रमाणित भएपछि ‘दक्ष प्राविधिकको अभावमा गल्ती भयो’ भनेको छ । गुणस्तर तथा नापतौल विभागको कारबाही स्वीकार गर्दै उसले यस प्रकारको प्रतिक्रिया दिएको विभाग स्रोतले उल्लेख गरेको छ ।

    ‘कालोबजारी गर्छ र स्वीकार्छ, कमसल डन्डी पटक–पटक बिक्री गर्छ र गल्ती भयो भन्छ’, एक स्वतन्त्र बजार विश्लेषकले नेपाल समाचारपत्रलाई भने– ‘यस्ता व्यापारीमाथि नेपालमा कुनै कारबाही हुँदैन, सबै पैसामा बिकेका छन्, सायद शंकर गु्रप यही विश्वासका साथ निरन्तर उपभोक्तामाथि खेलबाड गरिरहेको छ ।’

    व्यावसायिक घराना शंकर ग्रुप देशमा कोरोनाको महामारी चलेका बेला स्वास्थ्य उपकरण कालोबजारी गरेको प्रमाणित भएदेखि नै खराब व्यवसायीका रुपमा बदनाम हुनपुगेको छ । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल स्वास्थ्य सामग्री कालोबजारी गरेको अभियोगमा पक्राउ परी धरौटीमा छुटेलगत्तै कमसल निर्माण सामग्री उत्पादन गरेको आरोपमा कारबाहीमा परेपछि खराब व्यवसायीको बदनामी बोक्न यो समूह बाध्य भएको हो ।

    कूटनीतिक सुविधा दुरुपयोग गर्दै स्वास्थ्य उपकरण कालोबजारी गर्दा प्रहरीको ‘स्टिङ अपरेसन’मा रङ्गेहात पक्राउ परेका सो ग्रुपका सञ्चालक अग्रवालले त्यतिबेला अनुसन्धान अधिकारीसँग ‘म अर्बपति मान्छे, दुई/चार लाखमा लोभ गर्दा फसें’ भन्दै रोई–कराई गरेका थिए । कोरोना कहर भर्खर शुरू हुँदै गर्दा मानवीय संवेदनामाथि खेलवाड गर्न पुगेका अग्रवालप्रति केहीले सहानुभूतिसमेत देखाए । परिमाणस्वरुप उनी धरौटीमा छुट्न पुगे ।

    तर, अदालत परिसरबाटै उनीमाथि छानबिन गर्न सम्पत्ति शुद्धीकरणले पक्राउ गरेको थियो । त्यतिखेरसम्म अग्रवालमाथि कारबाही अलि बढी नै भएको हो कि भन्ने जमात यतिखेर पश्चात्ताप गर्दै छ, किनकि अग्रवाल र शंकर ग्रुप उक्त कारबाहीपछि सुध्रिएन अझै अवैध काम गर्न उद्यत बन्दै गएको पाइएको छ ।

    खरिद मूल्यभन्दा कयौं गुणा बढीमा सामान बिक्री गरेको, कर छली गरी सम्पत्ति आर्जन गरेको जस्तो घटना होइन, त्यसभन्दा भयंकर ठूलो लाखौं मानिसको जीवन र सम्पत्तिमाथि खेलबाड गर्दै कमसल निर्माण सामग्री उत्पादन एवम् बिक्री गरेको अभियोग सो समूहमाथि लागेको छ । अभियोग प्रमाणित भएपछि नापतौल तथा गुणस्तर विभागले कारबाहीसमेत गरेको स्थितिमा अग्रवाल परिवार सर्वसाधारणको जिन्दगीसंग कसरी खेलबाड गर्दो रहेछ भन्ने विषय उदाङ्गो भएको छ ।

    प्राप्त जानकारीअनुसार उक्त समूहको जगदम्बा स्टिल कम्पनीले गुणस्तरहीन रड (छड) उत्पादन गरेको पाइएपछि विभागले सो कम्पनीलाई छड उत्पादनमा रोक लगाएको छ । कम्पनीले १६ एमएमको टीएमटी बार फी ५०० रड उत्पादन गर्दा मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर गुणस्तरहीन उत्पादन गरेको भेटिएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ । जगदम्बाका रड पिटिपिटी भाँचिने गरेको सानोभ-याङस्थित श्रीकृष्ण भट्टराईको गुनासो आएपछि विभागले प्रयोगशालामा परीक्षण गर्दा जगदम्बाको छड गुणस्तरहीन रहेको पाइएको थियो ।

    नेपाल गुणस्तर मापदण्डअनुसार छडमा कार्बनको मान ०.३ प्रतिशत (म्याम्स) हुनुपर्नेमा सो कम्पनीको छडमा ०.३५ प्रतिशत, सल्फरको मान ०.०५५ प्रतिशत हुनुपर्नेमा ०.०६ प्रतिशत र बेन्ड टेस्टमा क्र्याक देखिएको थियो । नेपाल गुणस्तर प्रमाण चिह्न प्रमाण ऐन, २०३७ तथा नियमावली २०४० को नियम (१६) अनुसार कारबाही गर्नुअघि विभागले कम्पनीलाई स्पष्टीकरण सोधेको थियो ।

    त्यसक्रममा कम्पनीले दक्ष जनशक्ति नहुदा प्राविधिक त्रुटि भएको स्वीकार गरेको विभाग स्रोतले जनाएको छ । विभागले उक्त छड उत्पादन तथा बिक्रीमा रोक लगाउँदै बजारबाट फिर्ता लिन निर्देशन दिएको छ । साथै कम्पनीको गोदाममा रहेको स्टक पनि नष्ट गर्ने जनाएको छ ।

    स्रोतका अनुसार कम्पनीको गोदाममा रहेको तीन सय टनभन्दा बढी छड त नष्ट होेला तर बजारमा गई बिक्री भई प्रयोगमा समेत आइसकेको लाखौं टन छड के गर्ने त्यो महत्वपूर्ण छ । कम्पनीले दिएको जानकारीका आधारमा केही टन छड बजारबाट फिर्ता पनि आउला तर प्रयोग भई निर्माण गरिएका भौतिक संरचना के गर्ने ? त्यो संरचनाबाट हुन सक्ने मानवीयजोखिमलगायत सम्पत्तिको जोखिमको जिम्मा कसले लिने भन्ने विषय अत्यन्तै गम्भीर छ । त्यसैले केही समयलाई उत्पादन र बिक्रीमा रोक लगाउने मात्रै होइन, यसको दीर्घकालीन समाधान खोजिनुपर्ने उपभोक्ताकर्मीहरूको भनाइ छ ।

    ‘देशको मेरुदण्ड जगदम्बा स्टिल’ भन्दै प्रचारप्रसार गर्ने कम्पनीको उत्पादनले जनतालाई झुक्याउँदा अहिले कयौं सर्वसाधारण जोखिममा परेका छन् । जगदम्बा स्टिलले कमसल कच्चा पदार्थको प्रयोग गरी छड उत्पादन गरेको समाचार विभिन्न सञ्चारमाध्यममा सचित्र आएका थिए । तर, सो समूहले आफ्नो पहुँचका भरमा घटनालाई ढाकछोप गर्दै आएको थियो । अहिले केही कुरामात्रै चुहिन पुगेको हो ।

    एक उपभोक्ताकर्मी भन्छन्–‘भुइँचालोका बेला क्षति भएका भौतिक पूर्वाधारमध्ये प्रतिशतका आधारमा जगदम्बा स्टिल प्रयोग गरेका पूर्वाधार धेरै थिए । त्यतिबेला केही अनुसन्धान भए पनि त्यो बीचमै तुहिएको थियो ।’ जगदम्बा स्टिलमात्रै होइन, जगदम्बा सिमेन्टमा समेत कैफियत फेला परेपछि विभागले कारबाही गरेको छ । जगदम्बा सिमेन्टको पीपीसी र मंगला सिमेन्टमा कैफियत भेटिएपछि सो सिमेन्टको उत्पादन बन्द गरी बिक्री भइसकेको सामान बजारबाट फिर्ता गर्न विभागले निर्देशन दिएको छ ।

    लकडाउनका बेला कालोबजारी गर्दैगर्दा रंगेहात पक्राउ परेका अग्रवालले हतार–हतार धरौटी राखे, जिल्ला अदालत र सम्पत्ति शुद्धीकरण विभागले उनीबाट पुनः गलत काम नहुने आशामा छोडिदिए । अहिलेसम्म कारबाही अघिबढेको छैन । लकडाउनलाई कारण देखाएर निकायहरुले वास्ता नगर्दा अग्रवालबाट अर्को अपराध भएको छ ।

    ‘धरौटीमा रिहा गर्न लकडाउनले छेकेन तर कारबाही चलाउन लकडाउनले छेकिरहेको छ’, बजार विश्लेषक टिप्पणी गर्छन्– ‘पावर र पैसाको बलले मनपरी गर्न सकिन्छ भन्ने अग्रवालको मानसिकताले उपभोक्ता मारमा परे ।’

    कम्पनीका उत्पादनमाथि भएको गुणस्तरको कारबाही र पटक–पटक कम्पनी र सञ्चालक विवादमा पर्नुको कारणबारे शंकर ग्रुपका सञ्चालकमध्येका एक साहिल अग्रवालसँग नेपाल समाचारपत्रले सम्पर्क गर्न खोज्दा फोन सम्पर्क हुन सकेन ।

    स्रोत :नेपाल समाचारपत्र

    हेर्नुहोस् भिडियो…

    स्रोत : सगरमाथा टेलिभिजन

    स्रोत : रातोपाटी टिभी

    स्रोत : बिजपाटी डटकम

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन
  • नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
  • जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल
  • पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    News

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    News

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    News

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    News

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑