• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    राजधानीमै अनलाइन कक्षाबाट वञ्चित छन् बालबालिका

  • वीरगंज संजाल
  • २९ भाद्र २०७७, सोमबार ०८:१९
  • २८०५

    वीरगंज | कक्षा–१० की छात्रा अनिशा लामा पढ्ने ललितपुर पाटनस्थित श्रीचण्डी माविले अनलाइन कक्षा सञ्चालन गरेको पाँच महिना बित्यो । तर, घरमा मोबाइल र इन्टरनेट नहुँदा उनले पढ्न पाएकी छैनन् । शिक्षकले अनलाइनमा पढ्न आउन कर गरेपछि उनी केही दिन इन्टरनेट र मोबाइल भएका साथीहरूको घरसम्म पुगिन् । तर, लकडाउन र निषेधाज्ञाबीच साथीको घरमा पुग्न सम्भव भएन ।

    थापाथलीस्थित बागमतीकिनारको सुकुमबासी बस्तीमा बस्छिन्, उनी । छोरीले पढ्न नपाएको सुनाइरहँदा उनकी आमा कुमारी लामाको अनुहार मलिन थियो । अनिशासहित उनका तीन छोरी छन् । प्रश्न गर्छिन्, ‘खाने अन्न त छैन, छोरीहरूलाई कसरी मोबाइल किनेर पढाउनु ?’

    अनिशाका बाबु सुरक्षा गार्डको काम गर्छन् । आमा कुमारी बानेश्वरमा साग बेच्थिन् । तर, कोरोना संकटसँगै आमाको काम रोकियो । मन भएर पनि छोरीलाई पढाउन नसकेकोमा खिन्न छिन्, कुमारी । भन्छिन्, ‘छोरीहरूले हाम्रोजस्तो दुःख नपाऊन् भनेर पढाउन थालेको । तर, अनलाइन पढाउने भनेर गरिबका छोराछोरी त पढ्नै नसक्ने बनाए ।’ उनकी कान्छी छोरी अनिता दुई कक्षामा पढ्छिन् । उनलाई परिवारको कमजोर आर्थिक अवस्थाबारे जानकारी छैन । उनी बारम्बार आमाबुबालाई अनलाइन पढ्न मोबाइल चाहियो भनिरहन्छिन् । उनलाई काखमा च्याप्दै कुमारीले थपिन्, ‘उधारोमा चामल ल्याएर खाएको महिना दिन भयो, कसरी छोराछोरी पढाउनु ?’

    यस्तै, गुह्येश्वरी स्कुलमा कक्षा–७ मा पढ्ने पूर्णिमा तामाङ अनलाइन कक्षामा सहभागी हुन सकिनन् । बागमतीकिनारमा साथीहरूसँग चंगा उडाइरहेकी पूर्णिमा अनलाइन कक्षामा सहभागी हुन नसकेको बाध्यता सुनाउँछिन्, ‘टिचरले अनलाइन क्लासमा आउ भन्छन् । घरमा मोबाइल त छैन ।’ पूर्णिमाका बाबु निर्माण मजदुर हुन्, जोसँग भिडियो कल गर्न नसकिने मोबाइल छ ।

    पूर्णिमाका सबै साथी अनलाइन कक्षामा सहभागी हुन्छन् । आफू सहभागी हुन नसकेकोमा उनलाई लाज लागेको छ । त्यसैले त अब उनी स्कुल नै फेर्ने मुडमा छिन् । भन्छिन्, ‘अनलाइन क्लास पढ्न नआएको भनेर साथीहरू गिज्याउँछन् । अब त म त्यो स्कुल पढ्दिनँ ।’

    कुहिनै लागेका ६ दर्जनजति केरा बोरामाथि राखेर काठमाडौं डल्लुस्थित चौतारामा बेच्न बसेका थिए, १० वर्षे आशिष अधिकारी । लिटिल बुद्ध एकेडेमीमा कक्षा–४ मा पढ्ने उनी पछिल्ला दिनमा आमाबुबालाई सघाउन थालेका छन् । उनको स्कुलले अनलाइन कक्षा सञ्चालन गरे पनि उनी सहभागी हुन पाएका छैनन् । ‘भिडियो कलवाला मोबाइल त छैन,’ आशिष छोटो जवाफ फर्काउँछन् ।

    यस्तै, त्रिपुरेश्वरस्थित विश्वनिकेतन स्कुलमा ६ कक्षामा पढ्ने साइमन श्रेष्ठको घरमा मोबाइल र इन्टरनेट छैन । चैतयता उनी एकदिन मात्र अनलाइन कक्षामा उपस्थित भए, त्यो पनि छिमेकीको इन्टरनेट र मोबाइल प्रयोग गरेर । साइमनकी आमा दीपिका श्रेष्ठसँग त मोबाइल पनि छैन । उनका श्रीमान्सँग क्यामेरा नभएको मोबाइल छ ।

     दूर शिक्षाको पहुँचबाहिर
    युनिसेफले गत मे अन्तिममा गरेको अध्ययनअनुसार विद्यालय जानेमध्ये दुईतिहाइ बालबालिका दूर शिक्षाको अवसरबाट वञ्चित देखिएका छन् । हरेक १० मध्ये तीनजना बालबालिका मात्रै रेडियो, टेलिभिजन र इन्टरनेटमा आधारित सिकाइ क्रियाकलापको पहुँचमा देखिएको युनिसेफको प्रतिवेदनमा उल्लेख छ ।

    शिक्षा मन्त्रालयका अधिकारीहरू भने युनिसेफको प्रतिवेदनसँग सहमत छैनन् । अहिले त्यसभन्दा फरक अवस्था रहेको मन्त्रालयका प्रवक्ता दीपक शर्मा बताउँछन् । ‘दुईतिहाइ बालबालिका दूर शिक्षाबाट वञ्चित रहेकोजस्तो मलाई लाग्दैन । हामीले सामग्री उत्पादन गरेर सकेसम्म सबैमा पुग्नेगरी वितरण गरेका छौँ,’ प्रवक्ता शर्मा भन्छन् ।

    कोभिड–१९ संकट लामो समय रहने भएपछि मन्त्रालयले रेडियो, टेलिभिजन, अनलाइन र होम स्कुलिङमार्फत सिकाइ गतिविधिलाई अभियानकै रूपमा सञ्चालन गरिएको बताएको छ । ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, ०७७’ अनुसार १ असारदेखि वैकल्पिक शैक्षिक कार्यक्रम सञ्चालनमा छ । उक्त निर्देशिकाले १९ भदौमा स्वीकृति पाएको छ । प्रविधिको पहुँचमा भएका र नभएका सबैलाई समेट्ने उद्देश्य निर्देशिकाको छ । तर, गरिबीको स्तरअनुसार दूर शिक्षामा पहुँच हुने विज्ञको भनाइ छ । जस्तो– अति गरिब परिवारका पाँच प्रतिशत बालबालिकाले मात्रै दूर शिक्षामा पहुँच प्राप्त गर्ने उनीहरू बताउँछन् ।

     घरमै सिकाउने अभ्यास
    धादिङको सत्यवती माविकाले होम स्कुलिङ अभियान चलाएको छ । रेडियो, टेलिभिजनबाट हुने पठनपाठनभन्दा यो विधि प्रभावकारी देखिएको उक्त माविका प्रधानाध्यापक लक्ष्मण शर्मा बताउँछन् । उक्त विद्यालयले कक्षा–८ सम्मका विद्यार्थीलाई घरमै पुगेर सहजीकरण गरेको छ भने कक्षा–९ देखि १२ सम्मका छात्रछात्रालाई पालैपालो विद्यालयमै पढाउँछ ।
    चितवनको नारायणी माविले पनि कक्षा–३ सम्मका विद्यार्थीका अभिभावक बोलाएर गृहकार्य दिने गरेको छ ।

    पूर्वी नवलपरासी कावासोतीस्थित शिव माविले घरदैलो कार्यक्रम नै चलाएको छ । पर्वतको भवानी विद्यापीठका शिक्षक पनि तल्लो तहका विद्यार्थीलाई गृहकार्य दिन घर–घरमा पुग्छन् । गोरखामा २१ वटा विद्यालयको क्लस्टर बनाएर एकरूपता कायम गर्दै शैक्षिक गतिविधि सञ्चालन गरिएको महेन्द्र माविका प्रअ गोपालबाबु मरहठ्ठाले जानकारी दिए । ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका’ले भर्चुअलदेखि घर र टोलमा पुगेर सञ्चालन भएका शैक्षिक गतिविधिलाई पनि मान्यता दिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑