पर्साको पोखरीयाको बजार ब्यवस्थापन गराउन खोज्दा विवाद
वीरगंज संजाल
२८ भाद्र २०७७, आईतवार १८:४८
३८८५
वीरगंज। पर्सा को पोखरिया नगरपालीकाको वडा नम्बर ४ मा रहेको पोखरिया बजारमा कोरोना को माहामारी फैलन बाट बचनको लागी प्रहरीले बजार ब्यवस्थापन गराउन खोजदा ब्यापारी र प्रहरी बिच पोखरिया बजारमा विवाद भएको थियो ।
पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका बाहेक जिल्ला भरी निषेधाज्ञा हटाइए पछि चारै तिर भिडभाड बढेको छ। भिडभाड बढी भएपछि पोखरीया बजारको भीड भाड कम् गरी समाजिक दूरी कायम गरी पसल खोल्न भनिए पनि भीड भाडमै व्यपारीहरुले पसल खोलेका छन्।
भिडभाड कम गराउन गएका प्रहरी माथि ब्यपारी हरुले एकजुट भई झडप गर्ने पुगेका थिए। त्यस पछि प्रहरीले सम्झाइ बुझाइ केही समय पछि स्थिति समान्य परेको थियो। भने ईलाका प्रहरी कार्यालय पोखरिया को प्रहरी निरिक्षक चन्द्र कुमार सिह ले जनाएका हुन ।