बिरगंज | बिरगंज महानगरपालिका वडा नम्बर १२ बाट तरकारी बिक्री बितरण गर्ने एक जना सर्वसाधारणलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । बसपार्कबाट खटिएको प्रहरी टोलिले अपराधीलाई जस्तो व्यवहार गरी बिरगंज महानगरपालिका वडा नम्बर १२ मुर्लि टोल निवासी २७ बर्षीया सन्जय साहलाई नियन्त्रणमा लिएको हो । बसपार्कबाट प्रहरी सहायक निरीक्षक उपेन्द्र यादवको कमान्डमा खटिएको टोलिले बिरगंजको ब्रम्हचौकबाट साहलाइ नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
यस्तो महामारीको समयमा जीवीको पार्जनको कुनै विकल्प नभएको र सरकारले समेत राहत दिन नसकेको स्थितिमा उल्टै दुरव्यवहार गर्दै सामान्य व्यवशाय गर्नेलाई समात्नु गलत भएको स्थानीयवासीले बताए । यता जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निशेधाग्या भाद्र ३१ गतेसम्म लम्बिएको छ ।
निषेधाज्ञा लम्ब्याएर सर्वसाधारणले दुखः पाए पनि पँहुच हुने हिडिरहेका छन् भने प्रहरी प्रशासनकै अगाडी सयौको भीड भाड गरेर नेष्नल मेडिकल कलेजको कोरोना अस्पतालको उद्घाटन गरिएको थियो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गङ्गा पन्त, सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक, जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी आश्मान तमाङ्गको उपस्थितमा उदघाटन कार्यक्रम समपन्न भएपनी सयौको सन्ख्यामा रहेका नेता कार्यकर्तालाई समाजिक दुरि समेत कायम गर्न सकेका थिएनन् ।
सुरक्षा समितिको बैठकपछि प्रशासनले जारी गरेको सूचना अनुसार कुनैपनि मेला, महोत्सव, जात्रा सञ्चालन नगर्ने, मानिसहरु भेला जम्मा नहुने, भिडभाड नगर्ने, सभा जुलुस नगर्ने वा चार जना भन्दा बढी व्यक्तिलाई एक ठाउँमा जम्म नहुन जिल्ला प्रशासन कार्यालय पर्साको परिपत्रमा उल्लेख छ ।
तर, प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ र प्रहरी उपरीक्षक गङ्गा पन्त शुक्रबार सयौं जना सहभागी भएको कार्यक्रममा आफै पुगेर निषेधाज्ञाको उलंघन गरेका छन् । ठुला वडाको कार्यक्रममा जिल्ला प्रमुखहरू पुगि आफै नियम कानूनको धज्जी उढाएको पाइएपनी सधारण गरिब मान्छेलाइ नियन्त्रणमा लिदै दुख दिरहेको पर्सेली जनताले बताएका छन ।
नियन्त्रणमा लिएर सर्वसाधारणलाई चिट समेत काटने गरेको सर्वसाधारणको दुखेसो रहेको छ । आफ्नो पावर र पदको दुरूपयोग गर्दै कसैलाइ काखा र पाखाको बिचारधाराले ग्रसित रहेका प्रहरीहरू आफ्नै संगठनको आदेशलाइ धज्जी उडाएको पाइएको छ ।