वीरगंज | नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १ सय २० जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार २ सय १ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश २ को धनुषामा १, पर्सामा १०, बारामा १५, महोत्तरीमा ८, रौतहटमा ४, सप्तरीमा १०, सर्लाहीमा ८३ र सिरहामा ७ जनामा कोरोना पाइएको छ।
कुल संक्रमितमध्ये १५ हजार २ सय ६० जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा कोरोनाको आशंकामा १० हजार १ सय ७६ जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ६ हजार ५ सय ५४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।