• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विश्वमा १३ औं सस्तोमा पर्छ नेपालको इन्टरनेट, सबैभन्दा सस्तो र महंगो कहाँ होला ?

  • वीरगंज संजाल
  • २८ भाद्र २०७७, आईतवार ०३:०३
  • २८८१

    वीरगंज । विश्वव्यापी रुपमा फिक्स्ड लाइन ब्रोडब्याण्डको मूल्य घट्दो क्रममा छ र स्पीड नियमित रुपमा बढ्दै गएको छ । एसिया क्षेत्रमै मिश्रित किसिमको अर्थात न त निकै महंगो न त धेरै सस्तो इन्टरनेट सेवा छ । यस क्षेत्रमा नेपाल सहित भुटान, इरान, भियतनाम, मंगोलिया विश्वकै सस्तो इन्टरनेट भएका २० मुलुकभित्र पर्दछन् ।

    केबल यूकेका अनुसार नेपालमा फिक्स्ड लाइन ब्रोडब्याण्डको औसत मूल्य १२.०५ अमेरिकी डलर (१३६२.५० रुपैयाँ) रहेको छ । यस अघिको तुलनामा नेपालले ग्लोबल ब्रोडब्याण्ड प्राइसिङमा एक स्थान सुधार गरेको छ । सन् २०१८ मा १४ औं स्थानमा रहेको नेपाल हाल १३ औ स्थानमा उक्लिएको हो ।

    सस्तो इ्न्टरनेटको कुरा गर्दा त्यो फास्ट नै हुन्छ भन्ने चाहिँ होइन । इरान, नेपाल र कार्गिस्तान सस्तो इन्टरनेट दिने मुलुकमा परेपनि इन्टरनेट स्पीड भने तुलनात्मक रुपमा स्लो रहेको केवल यूकेले जनाएको छ । केवल यूके लगायतको सर्वेक्षणमा नेपालको इन्टरनेट स्पीड विश्वमा १५० औं स्थानमा छ ।

    बुल्गेरिया र हङ्गेरी यस्ता अपवादपूर्ण देश हुन्, जहाँ इन्टरनेट फास्टमात्रै होइन सस्तो पनि छ । व्यापक रुपमा विस्तार गरिएको एफटीटीएच नेटवर्कले नै ती देशहरुलाई त्यो स्तरमा पुर्‍याएको हो । एसियाकै लाओस, हङकङ, टिमोरलेस्ट, माल्दिभ्स र ब्रुनाइ दरुसलम जस्ता देश विश्वकै महंगा इन्टनेट मध्येमा पर्छन् ।

    नजिकैको छिमेकी भारतमा समेत फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट नेपालभन्दा महंगो छ । विश्वमा १७ औं स्थानमा रहेको भारतमा इन्टरनेट प्याकेजको औसत मूल्य १२.९० डलर (१४६१.५७ रुपैयाँ) रहेको छ ।

    कहाँ छ विश्वकै सस्तो इन्टरनेट ?

    विश्वकै सस्तो इन्टरनेट हुन टप फाइभ मुलुकमा सिरिया, यक्रेन, रसियन फेडेरेसन, रोमानिया र बेलारुस रहेका छन् । जहाँको इन्टरनेट प्याकेजको औसत मूल्य क्रमशः ६.६० डलर, ६.६४ डलर, ७.३५ डलर, ८.१५ डलर र ९.८७ डलर रहेको छ ।
    नेपालको छिमेकी मुलुक भुटान विश्वकै छैटौं सस्तो इन्टरनेट भएको मुलुक हो । जहाँ सबैभन्दा सस्तो ब्रोडब्याण्ड प्याकेज र औसत प्याकेजको मूल्य समान १०.४२ डलर रहेको छ ।

    जहाँ छ विश्वकै महंगो इन्टरनेट

    उपभोक्ताले प्रयोग गर्ने इन्टरनेट विश्वमै महंगो हुने टप फाइभ मुलुकहरुमा पाँचदेखि एकसम्म क्रमशः इक्वेटोरियल गिनिया, बुरुन्डी, मौरिटानिया, यमन र एरिटेरिया रहेका छन् ।

    राजनीतिक वातावरण, युद्ध, कमजोर आर्थतन्त्र र पूर्वाधार निर्माणमै धेरै लागत पर्ने आदि कारणले गर्दा ती देशमा इन्टरनेट महंगो हुन पुगेको हो ।

    एरिटेरियामा सबैभन्दा महंगो ब्रोब्याण्ड प्याकेजमा एक महिनाको प्रति एमबीपीएस इन्टरनेटका लागि १५,०५१.२९ अमेरिकी डलरसम्म तिर्नुपर्ने हुन्छ । जहाँको सबैभन्दा सस्तो प्याकेज कै लागि मासिक प्रति एमबीपीएस २५१.१३ डलर तिर्नुपर्छ ।

    त्यहाँको इन्टरनेटको प्याकेजको औषत मूल्य २,६६६.२४ डलर रहेको छ । त्यसपछि इन्टरनेट प्याकेजको औसत मूल्य यमनमा २,४६६.६७ डलर, मौरितानियामा ६९४.६३ डलर, बुरुन्डीमा र इक्वेटोरियल क्रमशः २८३.७३ डलर र २५९.३८ डलर रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑