• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भक्तपुर विभत्स घटना : मृतक सुदिपको शव नजिकै भेटियो विष, बट्टा खेतमा !

  • वीरगंज संजाल
  • २७ भाद्र २०७७, शनिबार १४:३२
  • ७४६५

    शुक्रवार साँझ भक्तपुरको निकोसेरामा विभत्स रुपमा भेटिएको शवहरुबारे थप तथ्य बाहिरिएको छ ।एकै परिवारका तीज सदस्यसहित त्यहि घरमा पालेको कुकुर समेत मृत भेटिएको उक्त घटना छानबिनको लागि प्रहरीले एक ‘क्ल्यू’ भेटाएको छ । उक्त घटना हत्या हो वा मृत्यु भन्ने आशंकाकाबीच मृतक सुदीप अधिकारीको शव नजिकै विष मिसिएको पिठो भेटिएको प्रहरीले जनाएको छ ।

    शुक्रवार साँझ मृतकका भाई दाजुको घरमा पुग्दा त्यहाँ तीन जनाको शव देखेपछि प्रहरीमा खबर गरेका थिए । खबर पाउनासाथ त्यहाँ पुगेको प्रहरीले विभिन्न कोणबाट अध्ययन अनुसन्धान गरिरहेको छ ।मृतक सुदिप अधिकारीसहित उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको मृत्यु फरक फरक समयमा भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

    आमा र छोराको शव गन्हाउन थालिसकेका र उनीहरुको शरिरमा धारिलो हतियार प्रहार गरिएको चोट समेत देखिएको छ । शव गन्हाउन थालेको तथा सड्न लागेकाले घटना केही दिन पहिले नै भएको हुन प्रहरीले आशंका गरेको छ । भने बुबा सुदिपको शवमा कुनै किसिमको खतहरु देखिदैन र उनको नजिक विष मिसिएको पिठो र केही किराहरु समेत मरेको देखिएको छ । विषको बट्टा खेतमा भेटिएको कारण उनले विष सेवन गरेर बट्टा घरको झ्यालबाट खेतमा फालेको हुनसक्ने आशंका गरिएकोे छ ।

    विभत्स घटना भएका कारण विभिन्न कोणबाट प्राविधिक र अरु कोणहरुबाट अध्ययन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । भने केही नजिकै उनको घरमा पालेको सेतो रङको कुकुर समेत मृत अवस्थामा भेटिएको छ । घरको अन्य वस्तुस्थिती राम्रो भएकाले पनि बाहिरी मान्छेको प्रवेश नभएको प्रहरीको ठम्याई छ ।

    भक्तपुर विभत्स घटना प्रकरण : श्रीमती,छोरा र कुकुरको हत्यापछि आत्महत्याको आशंका

    हिजो शुक्रवार साँझ भक्तपुर, मध्यपुर थिमि नगरपालिका – ९ निकोसेराबाट एउटा सनसनीपूर्ण खबर बाहिरीयो ।घटना थियो एकै परिवारका तीन सदस्यहित आफ्नै घरमा पालेको एक कुकुरको शव भेटियो ।

    घटनास्थल हेरेपछि छिमेकी, जनप्रतिनिधि लगायतले घटना हत्या नै हो कि भन्ने अनुमान गरेका छन् । शवहरु गन्हाएर वरपर जानै नसकिने स्थिती भएको उनीहरुको भनाई छ ।यसैबीच हिजो शुक्रवार राति पुगेको फरेन्सिक विज्ञसहितको टोलीले मृत अवस्थामा भेटिएकी सम्झना अधिकारी र छोरा सुशान्त अधिकारीको शवमा गहिरो चोटपटक लागेको जनाएको छ ।

    फरेन्सिक विज्ञको भनाई उद्धृत गर्दै प्रहरीले दिएको जानकारी अनुसार फरेन्सिक विज्ञसहितको टोलीबाट जाँचबुझ गर्दा आमा छोरा दुबैको टाउकोमा गहिरो चोट लागेको र उनीहरुको शव भएको स्थलमा रगतको आहाल देखिएको थियो ।

    मृत अवस्थामा भेटिएका सुदीप अधिकारीले आफ्नो श्रीमती र छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । तर विभिन्न कोणहरुबाट र घटनाको प्राविधिक पाटोबारे पनि अध्ययन भइरहेका कारण घटनाबारे अहिले नै यसै हो भन्न अझै नसकिने महानगरीय अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिपक थापाले लोकपथलाई जानकारी दिए ।

    उनीहरुले आफ्नै घरमा किराना पसल समेत चलाएका थिए । छिमेकीका अनुसार सो पसल ३ दिनदेखि बन्द अवस्थामा थियो । आफूहरुले लकडाउनका कारण पसल बन्द भएको हुनसक्ने अनुमान गरेको उनीहरुले बताएका छन् ।

    पोष्टमार्टमका लागि उनीहरुको शव राति नै केएमसी अस्पताल लगिएको थियो ।दुई जनाको सुतेकै अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या गरेको जस्तो क्राईम सिनबाट प्रष्ट हुन्छ, मृतकका आफन्त भन्छन्, सोच्नै नसकिने घटना भयो ।

    खाटमा लमतन्न अवस्थाका दुई शवमध्ये सम्झनाको शवमाथि बुट्टे सल र छोरा सुशान्तको शवमाथि रामराम लेखिएको रामनामी ओढाईएको थियो । र सुदिपले विष सेवन गरी आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुसन्धानबाट देखिएको छ । पोष्टमार्टमको लागि शव लगिएकोमा १० बजे थप फरेन्सिक रिपोर्ट आउने प्रहरीले जनाएको छ । पोष्टमार्टमपछि शवको भिसेरा टेष्ट गरिनेछ ।

    शुक्रवार साँझ सवा ५ बजेतिर मासु र तरकारी लिएर दाजुको घरमा पुगेका सुदीप अधिकारीका भाई सुनीलले विभत्स दृश्य देखेपछि प्रहरीलाई गुहारेका थिए । तत्काल प्रहरी घटनास्थल पुगेको थियो । त्यसपछि छिमेकी र जनप्रतिनिधी पनि घटनास्थल पुगे ।

    भक्तपुर प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको टोली घटनास्थल पुगेर रेकी गर्ने, सस्पेक्ट गर्ने, सोधपुछ र अरु प्राविधीक पाटोहरु केलाउन थाल्यो । प्रहरीले घटनाको मिहिन अध्ययनको लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका फरेन्सिक विज्ञसहितको टोलीलाई बोलाएको थियो ।

    सुदिप अधिकारीसहित उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको शव फरेन्सिक विज्ञ टोली पुगेर अस्पताल लगे ।

    विज्ञले शवको प्रकृति सुन्निएको फुलेर शवबाट पानी बगिरहेको निलो डाम देखिएको, वरपर जानै नसक्ने गरी गन्हाएर सम्झना र सुशान्तको मृत्यु केही दिन पहिले नै भएको पाइएको छ ।

    घटनामा धारिलो हतियार प्रयोग गरेर आमा–छोराको हत्या भएको हुनसक्ने देखिएको छ । कुकुरलाई पनि विष खुवाएर मारेको जस्तो देखिन्छ ।

    घटनास्थल पुगेका जनप्रतिनीधिले कम्तिमा दुई दिनअघि आमा–छोराको हत्या भएको हुनसक्ने देखिएको बताएका छन् । घरमा गन्हाएको अवस्थामा भेटिएको कुकुरको पनि विष खुवाएर मारेको आशंका गरिएको छ । कुकुर भए वरपर कुनैपनि रगत वा कुटपिटपछि मारिएको जस्तो दृश्य देखिएको छैन । त्यहाँ बान्ताको जस्तो संकेत देखिएको छ । पोष्टमार्टम रिपोर्ट केहिबेरपछि आउनेछ ।

    अन्तिम तलामा ढोका छेउमा घोप्टो परेको उक्त शवमा भने कुनै बाहिरी चोटपटक छैन । सो शव नजिकै अलिकति बान्ता पनि देखिन्छ । सो संकेत हेर्दा हत्यापछि आत्महत्या नै भएको भन्ने नजिक पुग्न सकिन्छ । प्राप्त जानकारी अनुसार भान्सामा भात, तरकारी लगायत केही खानेकुरा पनि भेटिएका छन् । ती खानेकुरामा विषको जस्तो गन्ध आएको र विभत्स घटनाको अनुसन्धानका लागि ति खानेकुरा पनि प्रयोगशाला पठाएको छ ।

    छिमेकीको बयान यस्तो छ

    एक वर्ष पहिले सुदिप अधिकारीले औषधि पसलमा काम गर्थे । पछिल्लो समय उनले जागिर छोडेका थिए । सोही घटनास्थल भएको घरमा उनले सटर राखेर किराना पसल राखेका थिए । एक छिकेमीले ति परिवारबिच बारम्बार झगडा भइरहने गरेको बताएका छन् ।

    पछिल्लो समय उनीहरुकोबीचमा सामान्य कुटपिट र चर्काचर्की दिनहुँजस्तै हुने गरेको बताएका छन् ।आफन्तका अनुसार कोरोना भाईरस संक्रमण भएपश्चात् भएको लकडाउनमा उनीहरुको सधैँझै झगडा भईरहेको आफन्तहरु बताउँछन् ।

    मृतक तीन जनाबीच झगडा परिरहने कारणले पनि विभत्स घटना हत्या नै हो की भनेर धेरैले अनुमान गरेका छन् ।घटनाको अनुसन्धान गर्न महानगरीय अपराध अनुसन्धान महाशाखा, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोली समेत परिचालन गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल
  • पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने
  • कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ
  • हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    News

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    News

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    News

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    News

    अमला एक फाइदा अनेक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑