• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सरकारकै २ अस्पतालमा २५०० मा पिसिआर परीक्षण, तर स्वास्थ्य मन्त्रालय भन्छ – ४४०० उठाऊ

  • वीरगंज संजाल
  • २७ भाद्र २०७७, शनिबार १०:१३
  • ३५७३

    वीरगंज | सरकारले कोरोना भाइरसको संक्रमण पत्ता लगाउन गरिने प्रयोगशाला परीक्षण आरटि पिसिआरका लागि अधिकतम ४४ सय रुपैयाँ लिन पाउने शुल्क तोकेको छ।

    सोही अनुसार अधिकांश निजी र सरकारी प्रयोगशालाले शुल्क उठाउँदै आइरहेका छन्।

    तर, सरकार माताहतकै दुई अस्पतालले सरकारले तोकेको उक्त शुल्कभन्दा १९ सय रुपैयाँ सस्तोमा शुल्क लिएर परीक्षण गरिरहेका छन्।

    सुदूरपश्चिम प्रदेशमा रहेका सरकारकै दुई अस्पताल सेती अस्पताल धनगढी र डडेल्धुरा अस्पतालमा २ हजार ५ सयमा नै पिसिआर परीक्षण गर्न कसरी सम्भव भयो त?

    सेती अस्पतालका प्रमुख डा हेमराज पाण्डेले बजारमा पिसिआर परीक्षणका लागि आवश्यक रिएजेन्ट सस्तोमा पाइएकोले सस्तो मूल्यमा परीक्षण भएको बताए।

    उनले भने, ‘हामीलाई अन्य पिपिई खर्च, कर्मचारी, ल्याब जस्ता अन्य कुरामा खर्च गर्न नपर्ने भएकाले सस्तो परेको हो। रिएजेन्टमा लाग्ने खर्च मात्र जोडेका छाँैं। बाँकी खर्च हामीलाई सरकारले नै दिन्छ। त्यसबाहेक केही नपुग भए अस्पताल व्यवस्थापन समितिले नै गर्ने भन्ने निर्णय अनुसार २५ सय शुल्क तोकेका छौँ।’

    डडेल्धुरा अस्पतालका प्रमुख डा जगदीशचन्द्र विष्ट पनि अन्य खर्च जोड्न नपरेकोले सस्तो भएको बताउँछन्। ‘निजीमा पिपिई, कर्मचारी, ल्याब लगायतका सबै खर्च अस्पताल आफैंले गर्नुपर्ने भएकाले महँगो पर्छ। सरकारी  अस्पतालमा यस्ता खर्च सरकारले गरिदिने भएकाले सस्तोमा गर्न सकिएको हो।’

    दुवै अस्पतालमा दैनिक एक हजारसम्म नमुना परीक्षण गर्नसक्ने क्षमता छ।

    सेती अस्पतालका प्रमुख डा पाण्डे भन्छन्, ‘बजारमा अहिले पिसिआर रिएजेन्ट सस्तो हुन थालेको छ। हामी खरिद गर्दा जति सस्तोमा पाउँछौँ, पिसिआर टेस्ट रेट पनि कम हुँदै जान्छ।’

    सरकारी अस्पताल मात्र होइन राजधानीकै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले पनि २५ सय रुपैयाँमा नै पिसिआर परीक्षण गर्न सुरु गरेको छ।

    सरकारले सुरुमा पिसिआर परीक्षणका लागि ५५ सय रुपैयाँ शुल्क तोक्दा ललितपुरमा रहेको बिध ल्याबले ४ हजारमा नै परीक्षण गरेको थियो।

    सरकारी अस्पताल र निजी अस्पतालले समेत २५ सय रुपैयाँमा परीक्षण गर्न थालिसकेको अवस्थामा मन्त्रालयले किन ४४ सय रुपैयाँ उठाउन भनिरहेको छ त?

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले अस्पतालहरुले आफूले खरिद गरेको रिएजेन्टको मूल्यका आधारमा बढीमा ४ हजार ४ सय नबढाई लिन भनिएको जानकारी दिए।

    उनी भन्छन्, ‘सरकारी अस्पतालको धेरै सामान केन्द्रबाटै जाने भएकाले सस्तोमा पनि गर्न सक्छन्। केही निजी अस्पतालले पनि सस्तोमा गर्न थाल्नुभएको छ। हामीले धेरैजसो परीक्षण निःशुल्क गर्दैआएका छौँ। जो मन्त्रालयले जारी गरेको परीक्षण दायराभित्र पर्नुहुन्न, उहाँहरुले पैसा तिरेर गर्ने हो। मन्त्रालयले तोकेको मूल्य परिमार्जन हुँदै जान्छ।’

    उनले बजारमा किट लगायत परीक्षण सामग्रीको मूल्य घटेसँगै परीक्षण शुल्क पनि परिमार्जन भइरहने बताए।

    बजारमा पिसिआर परीक्षणका लागि आवश्यक पर्ने किट, रासयन तथा केमिकल लगायतका रिएजेन्ट निकै सस्तोमा पाउन थालिसकेका कारण सबै प्रयोगशालाले २५ सयमा नै परीक्षण गर्न सक्ने अवस्था आइसकेको छ एक प्रयोगशालाका कर्मचारीले भने, त्यसकारण सरकारले ४४ सय सम्म उठाउन भन्नु भन्दा त्यसलाई घटाएर अधिकतम ३ हजारसम्म तोक्दा हुन्छ।

    उनका अनुसार सबै प्रयोगशालामा धेरै संख्यामा परीक्षण हुने भएकाले २५ सय देखि ३ हजारसम्मको शुल्क नै उपयुक्त हुने छ।

    देभभर ११ निजीसहित ४७ वटा प्रयोगशालामा कोरोना परीक्षणका लागि पिसिआर परीक्षण हुन्छ। जसमध्ये उपत्यका २ र सात प्रदेशमा एक एक प्रयोगशाला र ११ निजी प्रयोगशालामा सःशुल्क कोरोना परीक्षण हुन्छ।

    स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकाभित्र नपर्ने, जसलाई आफ्नो व्यक्तिगत कामको लागि पिसिआर गराउनुपर्ने छ, उनीहरुले शुल्क तिरेर परीक्षण गराउन सक्छन्।
    कन्ट्याक्ट ट्रेसिङमा परेका, फ्रन्टलाइनमा काम गर्नेहरु, स्वास्थ्यकर्मी लगायतको भने निःशुल्क परीक्षण हुने गर्छ।

    सरकारले पहिलो पटक ५ हजार ५ सय शुल्क तोकेको थियो। पछि सो शुल्क परिमार्जन गर्दै बढीमा ४ हजार ४ सयसम्ममा शुल्क लिन सकिने निर्णय गरेको हो। भदौ १४ गतेदेखि नयाँ शुल्क लागू गरिएको हो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑