वीरगंज ।पर्सामा फेरि टेस्टको दायरा घाटदै गएको छ । यो सङगै संंक्रमित को संख्या दिन प्राती दिन घाटदै गएको छ । कोरोनाको लक्ष्ण हेरिएको ब्याक्तीले समेत परिक्षण गराउन खोजदा पैसाको अभाव र सरकारको नितिनियमको प्रभाव ले घरमा नै बस्न बाध्य भनेका छ्न ।
साथै पोसेटिव भएको ब्याक्ती सङग सम्पर्कमा आएको ब्याक्तीको कन्टेक्ट ट्रेसिङ्ग गरने कर्यपनी रोकिएको छ।
यस्को फलस्वरूप पर्सामा दिन प्रती दिन संक्रमितको संंख्या घाटदै गएको देखिन्छ। आज पर्सामा पछिल्लो केहिदिन देखि घटिरहेको कोरोना संक्रमितको संख्या फेरी बढेको छ । बुधबार राति नारायणी अस्पतालले गरेको परिक्षणमा दुई जना मात्र सङ्क्रमित थपिएको पर्सामा बिहिबार रातिको परिक्षणमा फेरी ९ जना थपिएका छन् ।
नारायणी अस्पतालले उपलब्ध गराएको कोभिड सम्बन्धि पछिल्लो विवरण अनुसार ३ सय १५ जनाको थ्रोट स्वाबलाई आरटि पिसिआर प्रविधिबाट परिक्षण गर्दा ५ महिलासहित थप २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।पुष्टि भएका २३ जना सङ्क्रमितमध्ये पर्सा जिल्लाको ९ जना रहेका छन् भने छिमेकि जिल्ला बाराका १४ जना छन् । उनीहरु १४ वर्षदेखि ६१ वर्ष उमेर समुहसम्मका छन् ।
अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चिकित्सक डाक्टर अतुलेशकुमार चौरसिया अनुसार पर्सामा थपिएका सङ्क्रमितमध्ये वीरगञ्जस्थित नारायणी अस्पतालको क्वाटरमा बस्ने दुई पुरुष पनि रहेका छन् । त्यसैगरी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर हस्पिटलका दुई जना महिलामा पनि सङ्क्रमण पुष्टि भएको छ ।
पर्सामा थपिएका अन्य संक्रमितमध्ये तिन जना पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ५ का वासिन्दा रहेका छन् भने एक जना वडा नम्बर १ का बासिन्दा रहेका छन् । त्यस्तै सखुवापर्सौनी गाउँपालिका वडा नम्बर २ का एक व्यक्तिपनि कोरोना सङ्क्रमित भएका छन् ।
त्यसैगरी बारामा दुई जना प्रहरीसहित १४ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएका प्रहरी इलाका प्रहरी कार्यालय निजगढमा कार्यरत रहेको डाक्टर चौरसियाले जानकारी दिए । उनले निजगढका विभिन्न वडामा अन्य ६ जनामा पनि सङ्क्रमण देखिएको बताए ।
बाराको सदरमुकाम कलैया उपमहानगरपालिकाको वाद नम्बर ७ मा तिन जना र वडा नम्बर ४, ६ र ८ मा एक/एक जना सङ्क्रमित थपिएको डाक्टर चौरसियाले जनाए ।पर्सामा अहिले कुल सङ्क्रमितहरुको सङ्ख्या २ हजार ४ सय २९ भएपनि एक्टिभ केस जम्मा २ सय ३३ रहेको छ । हालसम्म सङ्क्रमणबाट जिल्लाका ४२ जनाले ज्यान गुमाईसकेका छन् ।