वीरगंज। कोरोना भाइरस संक्रमितको लागि अहिलेसम्म कुनै औषधि बनिसकेको छैन । तर प्लाज्मा थेरापीलाई ने यसको औषधि केहि हदसम्म मानिएको थियो । तर अब भने प्लाज्मा थेरापीलाई असरदार मान्दै त्यसको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
प्लाज्मी थेरापीले कसैको पनि ज्यान बचाउन सहयोग नगर्ने बताइएको छ । भारतमा समेत प्लाज्माको प्रयोगमा रोक लगाइएको छ ।प्लाज्मा दिएपछि उक्त व्यक्तिलाई कोरोनाको धेरै असर नपर्ने बताईदै आइएको थियो । तर विभिन्न अध्ययनमा प्लाज्मा दिएका कोरोना संक्रमितको स्तर पहिला जस्तो थियो त्यस्तै पाइएको बताइएको छ ।
भारतमा ३९ सरकारी र प्राइभेट अस्पतालमा गरिएको यसको प्रयोगमा १५ देखि ६५ वर्षको उमेर समूहका मानिसहरु सहभागी थिए । जसमा ४६४ जना संक्रमित सहभागी थिए ।उनीहरुलाई २०० मिली प्लाज्मा दिइएको थियो । उनीहरु सबै मध्यम स्तरका पीडित थिए ।
उनीहरुको श्वास फेर्ने र रगतमा अक्सिजनको स्तर सामान्य थियो । तर २२ अप्रिल देखि १४ जूलाईको बीचमा गरिएको अध्ययनमा उनीहरुमा केहि पनि परिवर्तन नभएको पाइएको हो ।
एजेन्सीको सहयोगमा