विरगंज । उपभोक्ताहरुको गुनासोलाई मध्य नजर गर्दै आज मिति २०७७ साल भदौ २६ गते शुक्रबारका दिन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय
र जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त अनुगमन टोलीद्वारा वीरगंज महानगरपालिका स्थित माईस्थान २ नंम्बर रोड, लिंक रोड र नेशनल मेडिकल कलेज चौकमा रहेका विभिन्न कस्मेटिक,खाद्यन्न तथा किराना पसलहरुलाई अनुगमन गरिएकोमा
मूल्य सूची नराखेको तथा खरिद र विल उपलब्ध गराउन नसके र म्याद गुज्रेका समानहरु संचित गरी राखेको, तपशिल बमोजिमका पसलहरुलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम कसुर गरिएकोले सोही ऐनको दफा ३९ बमोजिमको जरिवाना गरिएको छ ।
खाद्य बस्तुहरुको कालोबाजारी तथा मूल्य बृद्धि नगरी विक्रि वितरण गर्ने भनी निर्देशन दिईएको छ। यदी त्यस्तो गरेको पाईकोमा कानून बमोजिम कारवाही हुनेछ भनी जान्कारी प्राप्त भएको छ।
तपशिल
१. शान्ति जरेनरल स्टोर्स- माईस्थान २ नं. रोड – जरिवाना रकम रु. ५०,००० (पचास हजार)
२. खेमीसती जेनरल सप्लायर्स एण्ड ट्रेडर्स- लिंक रोड – जरिवाना रकम रु. १०,००० (दश हजार)
३. श्याम कोल्ड स्टोर- नेशनल मेडिकल कलेज चौक- जरिवाना रकम रु. ५,००० (पाँच हजार)
४. तारा कस्मेटिक जेनरल स्टोर- नेशनल मेडिकल कलेज चौक – जरिवाना रकम रु. ५,००० (पाँच हजार)