विरगज । युवा नेतृत्व विकास तथा प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा काम गर्दै आएका मानव अधिकारकर्मी तथा समाजिक अभियान्ता सुशील राजभर शैशव मन्च नेपालकाे केन्द्रीय सल्लाहकार जस्ताे गरिमामय पदमा नियुक्त हुनु भएकाेछ ।
लालपरि अभियानका संस्थापक राजभर विगत १० वर्ष देखि समाजिक विकासका क्षेत्रमा विशेष याेगदान दिदै आउनुभएकाे छ ।
“शैशव मन्च नेपाल” “बालबालिकाका लागी शैशव” भन्ने आदर्श वाक्यका साथ बालबालिकाहरु द्वारै बाल बालिकाको क्षेत्रमा विद्यमान विकृती, विसङ्गती र समस्याको न्यूनिकरण गर्दै “बाल मैत्री नेपाल” सृजना गर्ने पवित्र अभिष्ठका साथ अभ्युदय भएको एक राष्ट्रव्यापी बाल स्वयम सेवक सन्जाल हो।
स्वयम राजभर पनि विद्यालय उमेरमा बाल क्लवमा आवद्व भएकै कारणा समाजिक क्षेत्रमा काम गर्ने प्रेरित भएका हुन ।