सिंगापुर | अमेरिकी प्रविधि कम्पनी एप्पलले सिंगापुरमा आफ्नो पहिलो तैरने खुद्रा स्टोर खोलेको छ । यो स्टोर पानी माथि बनाइएको छ र यसको आकार गोलाकार मस्तिष्क जस्तो रहेको छ ।सिंगापुरको मारिना बे क्षेत्रमा यो तैरने स्टोर।को सुरुवात गरिएको हो । जसको चारैतिर पानी छ र यहाँबाट ३६० डिग्रीको पानोरामिक दृश्य देख्न सकिन्छ ।
एप्पलका अनुसार यहाँ स्काइलाइनको शानदार दृश्य देखिन्छ । यो गोलाकार मस्तिष्का आकारको पहिलो स्टोर हो । कम्पनीका अनुसार यसलाई सीसाको ११४ टु्क्राले बनाइएको छ । यो सिंगापुरमा एप्पलको तेस्रो स्टोर हो ।एप्पलका अनुसार यो रोमको पाइथनबाट प्रभावित छ । यो खुद्रा स्टोरमा भीडियो राखिएको छ , जसलाई स्टेजको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।
यो स्टोरको विशेषता भनेको यसको तल अन्डरवाटर बोर्डरुम राखिएको छ । जुन एप्पलको यस्तो पहिलो स्टोर हो । यो स्टोर तल्लो तहमा छ । यस स्टोरमा एप्पलको १४८ मानिसको टोली हुनेछ ।
कम्पनीका अनुसार एप्पलका कर्मचारीले २३ भाषा बोल्न सक्छन् । १० सेप्टेम्बरबाटनै यसको प्रयोग सुरु भइसकेको छ । यहाँ आउने ग्राहकले कम्पनीको वेबसाइटमा गएर अपोइन्टमेन्ट लिनु पर्छ ।