वासिङटन| अन्तरिक्षको संसार सधै रहस्य, अचम्मबाट भरपूर रहदै आएको छ । यसको बारेमा वैज्ञानिकले जति जानकारी हासिल गरेपनि कमनै देखिएको छ । हामी सबै अन्तरिक्षको बारेमा अनुमान लगाइरहेका छौ तर, यदि तपाईले त्याहाँ केही दुर्लभ र अत्यन्त आश्चर्यचकित गर्ने तस्बिर देख्न पाउनु भयो भने के भन्नु हुन्छ । नासाले यो कामलाई सजिलो बनाइदिएको छ ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ब्रम्हाण्डको केही आश्चर्यजनक र अभूतपूर्व तस्बिर सार्वजनिक गरेको छ । यसमा आकाशगंगा, खसेका ताराको अवशेष, तारा, ग्रहिय निहारिका समावेश छन् ।
यी बस्तुहरुको दृश्य विश्वकै सर्वाधिक शक्तिशाली एक्स–रे दुरबीन ‘चन्द्रा एक्स–रे अब्जर्भेटरी’ बाट खिचिएको हो । यो प्रयोगशालाले ब्रम्हाण्डमा विभिन्न उच्च उर्जा भएका क्षेत्रको एक्स–रे दृश्य खिच्नका लागि सहयोग गरेको छ ।
ब्रम्हाण्डिय दुनियाँमा एक्स–रे त्यतीबेला बन्छ, जब कुनै पदार्थ लाखौ डिग्रीसम्म तातो हुन्छ । यसको उत्पती ब्ल्याकहोल, न्यूट्रन स्टार र सुपरनोभाको अवशेषबाट हुन्छ । यो अवलोकन केन्द्रलाई २३ जुलाई १९९९ मा नासाले प्रक्षेपण गरेको थियो । नासाले जारी गरेको प्रत्येक इमेजमा चन्द्राका साथै अन्य दुरबीनबाट लिइएको एक्स–रे डाटा पनि समावेश छन् ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष एजेन्सीले माइक्रो–ब्लगिङ साइट ट्वीटरमा ब्रम्हाण्डिय दुनियाँको यी सुन्दर तस्बिर सार्वजनिक गर्दैै लेखेको छ,“विभिन्न प्रकारका आकाशगंगामा हाम्रो ब्रम्हाण्डको अवलोकन ।”