ब्रसेल्स| यूरोपमा प्रत्येक ८ मा एक मृत्युको कारण प्रदूषण रहेको छ । अध्ययनका अनुसार यूरोपेली संघका २७ देश र बेलायतलाई जोडेर सार्वजनिक गरिएको २०१२ को तथ्यांकले ६.३० लाख मानिसको मृत्यु कुनै न कुनै किसिमका पर्यावरणसँग सम्बन्धित भएको देखाएको छ ।
बुढापाका र बच्चाको स्वास्थ्यमा प्रदूषणको ठूलो असर देखिएको थियो । प्रदूषण क्यान्सर र मुटुरोगका लागि जिम्मेवार मानिएको छ ।
कोपनहेगनस्थित शोध एजेन्सीका अनुसार यूरोपमा वायु प्रदूषणका कारण बर्षेनी ४ लाख मानिसको अकाल मृत्यु हुने गरेको छ ।
खराब हावामा स्वास लिँदा मानिसमा दम जस्तो बिरामी भइरहेको छ । यसका अतिरिक्त मधुमेह, फोक्सोको रोग र क्यान्सर।लाई पनि सम्बन्धित गरेर हेर्न थालिएको छ ।
यस किसिमबाट लामो समयसम्म हल्लामा समय बिताउनाले यूरोपमा बर्षेनी १२ हजार मानिसको अकाल मृत्यु हुने गरेको छ ।