वीरगंज। पछिल्लो चार दशकमा विश्वको वन्यजन्तु जनसंख्यामा करिब ६८ प्रति कमी भएको छ ।बुधवार विश्व वन्यजन्तु संरक्षण कोष (डब्लुडब्लुएफ) ले सार्वजनिक गरेको एक प्रतिवेदनका अनुसार वन्यजन्तुको जीवन निकै संकटमा परको छ ।
द लिभिंग प्लानेट २०२० नामको उक्त प्रतिवेदनको अनुसार , सन् १९७० देखि सन् २०१६ को बीचमा चार हजार तीन सय ९२ संरक्षित प्रजातिका जनावर, चरा, माछा तथा अन्य जीवजन्तुको विनाश भएको छ ।
मिलियन वर्षमा पहिलो पटक पृथ्वीमा वन्यजन्तुको जनसंख्या कम भएको बताइएको छ ।
ल्याटिन अमेरिका तथा क्यारेबियन क्षेत्र विश्वको सबैभन्दा ग्रसित क्षेत्र हुन् जहाँ ९४ प्रतिशत जनावरको मृत्यु भएको छ ।
यस्तो हुनुको कारण, घासे जमिनको कमी, सभाना, जंगल र ओसिलो जमिन नष्ट हुँदै जानु, वन्यजन्तुको अधिक प्रयोग, क्षेत्रमा बाहिरबाट अन्य जनावरको आगमन तथा वतावरणमा परिवर्तन रहेको छ ।
मानव जातिले विश्वको ७५ प्रतिशत भूभाग ओगटेका छन् । विश्व वन्यजन्तु संरक्षण कोषको अनुसार पर्यावरणको विनासले एक मिलियन प्रजाति, पाँच लाख जनावर, र पाँच लाख किरा को मृत्यु भइसकेको छ ।
मानिसद्वारा अहिले सम्मको सबै भन्दा अधिक प्रकृतिको विनास भएको छ । जसमा सबै ध्यानाकर्षण हुनु जरुरी रहेको छ ।
मानिसहरुले आफ्नो खाना उत्पादन, खाने शैली र वातावरण प्रदुषण र प्रकृति कसरी जोगाउने भन्ने विषयमा केन्द्रित हुनुपर्ने प्रतिवेदनमा बताइएको छ ।
प्रतिवेदनमा उध्योग तथा कारखानाको विकासले ८५ प्रतिशत जलजीवहरुको प्रजाति नै लोप भएका छन् ।
सन् १९७० को तुलनामा हेरक वर्ष चार प्रतिशतले वन्यजन्तुको संख्यामा कमि हुँदै गएको छ ।
‘ताजा पानीका जैविक विविधता सबै भन्दा अधिक हराउदै गएका छन् ।’ विश्व वन्यजन्तु संरक्षण कोषको प्रमुख वैज्ञानिक रेबिका शा बताउछिन् ।
उनी भन्छिन्, ‘यो निकै चिन्ताजनक बन्दै गएको छ र हामीले थुप्रै प्रयासहरु गरेका छौ तर नतिजा उत्साहजनक छैन, यसको मुख्य कारण भनेको मानिसको गतिबिधि नै हो । अहिलेको २१ औं सताब्दीको जीवनशैलीले गर्दा पृथ्वीको जैविकक्षमता ५६ प्रतिशत सम्म उपभोग भइरहेको छ त्यसैले ग्रहको जीवन प्रदान गर्ने क्षमता कम हुदै गएको छ ।’
यसले विश्वव्यापी खानामा प्रभाव परेको छ । शा भन्छिन्, ‘मानिसहरुले वन्यजन्तुको बसोबासयुक्त क्षेत्रलाई खेतियोग्य जमिनमा परिवर्तन गर्दा उनीहरुको बासस्थान नै उजाडिएको छ ।’
वातावरण परिवर्तन भन्दा पनि मानिसको गतिबिधिले जैविकविविधतामा कमी हुँदै गएको कारण विश्वका प्रमुख नेताहरुले यस विषयमा योजना बनाउनुपर्ने अवस्था आएको छ ।
वन्यजन्तुको बासस्थान बिनास भएको कारण अर्को महामारी हुने वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।
साथै पृथ्वीको अझ बिनासको कारण मानिसहरुले झन् धेरै समस्या झेल्नु पर्ने बताएका छन् ।
शा भन्छिन्, ‘वन्यजन्तुको संरक्षणमा कमि र अत्याधिक प्रयोग भएको कारण जनावरमा लाग्ने रोग मानिसमा सरेको हो, कोभिड-१९ त यस प्रक्रोपको शुरुवात मात्र हो ,मानिसले आफ्नो खानाको फुड-चेन बिगार्दा थुप्रै नराम्रो प्रभाव पर्नेछ ।’