• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / विश्व

    के कारमा स्यानिटाइजर राख्दा आगो लाग्न सक्ने नास्टका वैज्ञानिकको भनाई सही हो ?

  • वीरगंज संजाल
  • २६ भाद्र २०७७, शुक्रबार ०२:०५
  • ४४२९

    ‘हिमालखबर’मा २१ भदौ २०७७ मा प्रकाशित समाचारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वैज्ञानिक तथा माइक्रोबायोलोजिष्ट डा. टिष्टा प्रसाईंको भनाई उद्‍धृत गर्दै लेखिएको छ- “अहिले सबैले यात्रा गर्ने क्रममा पनि स्यानिटाइजर बोक्ने गरेको पाइएको छ। आफ्नो कारमा स्यानिटाइजर बोकेर हिंड्दा त्यतिबेला गाडीको तापक्रम बढेर १०५ डिग्री फरेन हाइटसम्म पुग्छ। स्यानिटाइजरमा भएको रसायनका कारण आगलागीको जोखिम पनि हुन्छ।”

    सामाजिक सञ्जालहरुमा पनि कारभित्र राखिएको स्यानिटाइजरका कारण आगो लागेर कार जलेको दावी गरिएका पोस्टहरु देखिन्छन्। के यो सत्य हो ? हामीले फ्याक्टचेक गरेका छौँ।

    हिमालखबरको समाचार नाष्टका दुई जना माइक्रोबायोलोजिष्टद्वय डा. टिष्टा प्रसाईं र समीक्षा कँडेलले नेपाली र विदेशी गरी कुल २२ ब्रान्डका ह्यान्ड स्यानिटाइजरमाथि गरेको अध्ययनमा आधारित छ। यद्यपि समाचारका अनुसार उक्त अध्ययन अझैसम्म प्रकाशित भइसकेको छैन। अप्रकाशित,  स्यानिटाइजरको एउटा मात्रा, प्यारामिटर हेरेर अनुसन्धान गरिएकाले सबै प्यारामिटर हेरेपछि मात्र यकिन गर्न सकिने समाचारमै उल्लेख छ। तर यो अप्रकाशित, पूरा नभइसकेको अध्ययनको समाचार छाप्न भने किन हतार गर्नुपरेको होला। त्यसमाथि बजारमा प्रयोग भइरहेका ४५ प्रतिशत स्यानिटाइजर प्रभावहीन, जीवाणु मार्ने क्षमता कमजोर शीर्षकमा समाचार आएपछि यसले स्यानिटाइजर प्रयोग नगर्न उक्साएको जस्तो देखिन्न र। अहिलेको अवस्थामा अनुसन्धान प्रकाशित भइसकेपछि मात्रै त्यसको नतिजा सार्वजनिक गरेको भए के बिग्रन्थ्यो र!

    अब जाउँ मूल विषय तिर। के कारमा राखिएको स्यानिटाइजरका कारण आगो लाग्छ?

    स्नूप्सका अनुसार अप्रिल २०२० देखि नै ह्वाट्स एप र टेलिग्राममा ह्यान्ड स्यानिटाइजरको बोतल राखेका कारण कारमा आगो लागेको दावी गरिएका फोटोहरु अमेरिकामा फैलिएका थिए।

    मे २१ मा त अमेरिकाको वेस्टर्न लेक्स फायर डिस्ट्रिक्ट अफ विस्कन्सिन दमकलका फेसबुक पेजमा पनि यस्तो सूचना देखिएका थिए। त्यसपछि केही मिडियामा पनि यस्तो दावीसहितका समाचार आएका थिए।

    तर पछि भने युएसए टुडे, बेलायतको फूलफ्याक्टलगायतका वेबसाइटहरुले तथ्यजाँच गरी यो दावी गलत रहेको बताएका छन्।

    वेस्टर्न लेक्स फायर डिस्ट्रिक्ट अफ विस्कन्सिनको फेसबुक पेजबाट पनि माफी माग्दै पुरानो स्टायटस हटाएर नयाँ राखिएको थियो।

     

    अमेरिकाको नेसनल फायर प्रोटेक्सन एसोसिएसनले अरु कुनै बाह्य स्रोतको झिल्को बिना आफै तात्तिएर मात्र आगो लाग्न ७ सय डिग्री फरेनहाइट तापक्रम हुनुपर्ने बताएको युएसए टुडेले लेखेको छ।

    जबकि नास्टका वैज्ञानिक प्रसाइँले हिमालखबरमा गाडीको तापक्रम बढेर १०५ डिग्री फरेन हाइटसम्म मात्र पुग्ने उल्लेख गरेकी छिन्।

    एसोसिएसनले राखेको एउटा भिडियोमा ह्यान्ड स्यानिटाइजरबाट कारमा आगो लाग्ने विषयमा भनिएको छ, आगलागी सुरक्षाको हिसाबले तातो गाडीमा ह्यान्ड स्यानिटाइजर छाड्नु असुरक्षित हुँदैन।

    फूलफ्याक्टले डिटोलसित इथानोल आफै आगो लाग्ने (अटो इन्गिसन) हुने तापक्रम कति हो भनेर सोधेको थियो। अल्कोहलसहितको ह्यान्ड स्यानिटाइजरको मुख्य सामग्री यही इथानोल हो। यो अटो इग्निसन हुने तापक्रम ३६३ डिग्री सेल्सियस हो भनिएको छ। फरेनहाइटमा निकाल्दा यो ६८५ डिग्री फरेनहाइट हुन आउँछ। तर यसमा केही डिग्री माथि तल हुनसक्ने पनि भनिएको छ। यो भनेको कार तात्तिँदा हुने तापक्रम भन्दा धेरै माथि हो।

    पार्क गरिएको कारभित्रको तापक्रम कति हुन्छ भनेर जर्नल टेम्परेचरमा प्रकाशित सन् २०१८ को एउटा अध्ययनले ९५ डिग्री बाह्य तापक्रम हुँदा ११६ डिग्री फरेनहाइटसम्म ‍‍‍‌औसत तापक्रम हुने देखाउँछ। त्यसैगरी कारका केही भाग जस्तै ड्यासबोर्डको तापक्रम बढेर १६० डिग्री फरेनहाइटसम्म पुग्ने देखाउँछ। तर पनि यो आफै आगो लाग्न चाहिने ६८५ डिग्री फरेनहाइटभन्दा निकै कम तापक्रम हो।

    स्नूप्सले गर्मीको दिनमा पार्किङ गरेर राखिएको कारभित्र राखिएको ह्यान्ड स्यानिटाइजरका कारण आगो लागेको कुनै पुष्टि भएको रिपोर्ट फेला नपरेको बताएको छ।

    यद्यपि, ह्यान्ड स्यानिटाइजर ज्वलनशील पदार्थ भएकोले आगोको स्रोत नजिकै नलैजान, एकदमै धेरै लिटर कारमा स्टोर नगर्न भने सुझाव दिइएको छ।

    निश्कर्ष :  गाडीको तापक्रम बढेर १०५ डिग्री फरेन हाइटसम्म पुग्ने भएकोले त्यसबाट स्यानिटाइजरका कारण आगो लाग्ने जोखिम हुने नास्टका वैज्ञानिकको दावी गलत छ। बाह्य स्रोत बिना आफै स्यानिटाइजर आगो लाग्न ६ सय डिग्री फरेनहाइट भन्दा बढी तापक्रम हुनुपर्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे
  • चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    News

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    News

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑