वीरगन्ज।मुकेश खेतान | वैश्विक महामारी कोरोना को संक्रमणले गर्दा मृत्यु भएका ब्यक्तिहरूको अन्तिम दाह संस्कार गर्न एंव शव ब्यवस्थापन गर्न धेरै कठिनाई भईरहेको अवस्थामा मृतकको सनातन हिन्दू रीति अनुसार दाह संस्कार तथा शव ब्यवस्थापन गर्न जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक श्री गंगा पन्त ज्युको संयोजकत्वमा बीरगंज वडा नं:१३ स्थित श्रीरामजानकी मठ क्षेत्र भित्र श्रीसिया नदी किनारमा विशेष तथा अत्याधुनिक शव दाह गृह ९शमशानघाट निर्माण गरिने भएको छ।
सो घाटको नाम सामुदायिक आर्य घाट बीरगंज (१३पर्सा नामकरण गरिएको छ,भने घाटको निर्माण तथा ब्यवस्थापन गर्न राजकुमार दारूकाको अध्यक्षतामा १७सदस्यीय निर्माण तथा बयवस्थापन समिति गठन गरिएको जानकारी ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले दिनु भयो।
समिति गठन कार्यक्रममा प्रहरी उपरीक्षक गंगा पन्त ,प्रहरी नायब उपरीक्षक मनोजित कुवर,ग्रिनसिटि सामुदायिक संस्थाका अध्यक्ष जयप्रकाश खेतान,वडा प्रहरी श्रीपुरका प्रहरी निरिक्षक दिपक शाह,वडा अध्यक्षहरू तुफान फारूक अंसारी,अवध किशोर कुशवाहा,प्रधुम्न सेढाई ,ग्रीनसिटीका उपध्यक्ष संजय शर्मा लगायतको उपस्थिति रहेको थियो।
पछिल्लो समयमा कोभिड संक्रमणले मृत्युहुने हरूको दाहसंस्कारमा स्थानीयहरुले भुईमा गाड्नमा पनि अप्ठ्यारो सिर्जनाले गर्दा उत्पन्न भएको तनाव लाई सामान्य पार्नका लागि प्रहरीले हवाई फायर समेत गर्नु परेको थियो।मृत्यु भएका विरामी हरुका आफन्त हरुले पनि निकै मानसिक तनाव भोग्नु परेको थियो।
यस आर्य घाटको निर्माण भए पछि स्थानिय हरुले राहत पुग्ने छ। नव गठित समितिका पदाधिकारी हरुको विवरण यसप्रकार रहेको छ।
१अध्यक्ष (श्री राजकुमार दारूका २उपाध्यक्ष (श्री तुफान फारूक अंसारी ३ सचिव(श्री उमेशलाल सहनी ४कोषाध्यक्ष(श्री राजकुमार महतो कोईरी ५ सदस्य (श्रीविनोद महतो ६ सदस्य (श्री वडा प्रहरी कार्यालय श्रीपुर ७ सदस्य (श्रीजयप्रकाश खेतान ८ सदस्य (श्री संजय शर्मा ९ सदस्य (श्रीत्रिलाकचन्द द्वारूका १० सदस्य (श्री प्रधुम्न सेढाई ११ सदस्य (श्री अवधकिशोर कुशवाहा १२ सदस्य (श्रीअमिन मिया तेली १३ सदस्य (श्री धर्मेन्द्र प्रसाद यादव १४ सदस्य (श्री ग्रिनसिटि सामुदायिक प्रहरी सेवा १५ सदस्य (श्री मारवाडी समाज १६ सदस्य (श्री संदीप यादव १७ सदस्य (श्री नन्दकिशोर यादव