• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विपन्न र बेरोजगार नेपालीलाई भारत छिर्नै महाभारत

  • वीरगंज संजाल
  • २५ भाद्र २०७७, बिहीबार १२:१७
  • ८४७३

    कोभिड संक्रमण फैलिन थालेपछि भारतका विभिन्न सहरबाट कैयौँ दिन लगाएर सीमानाका पुगेका पश्चिम नेपालका श्रमिक नेपाली नागरिकताको प्रमाणपत्र देखाएर सीमा वार आएका थिए । तर, महामारी उत्कर्षतर्फ अघि बढिरहेकै वेला भारतीय आधार कार्ड देखाएर सीमा पार गर्ने कोसिसमा छन् । कार्ड नभएकाहरु बालबालिकासहित तीन चार दिनदेखि नाकामा रोकिएका छन् । 

    ४४,६२,९६५ 

    यो अंक भारतमा बुधबार रातिसम्म कोभिडबाट संक्रमितको संख्या हो । विश्वमा दोस्रो नम्बरमा रहेको भारतमा आजभोलि दैनिक ९० हजारका दरले संक्रमितको संख्या बढिरहेको छ । तर, कोभिड हटस्पट भारत छिर्न विपन्न र बेरोजगार नेपालीको हुल सिमाना पुगेको छ । तर, कहिले रासन कार्ड त कहिले आधार कार्ड मागेर भारतीय सुरक्षाकर्मीले रोकिरहेका छन् । सीमाबाट फर्काइए पनि नेपाली गाउँ फर्कन तयार छैनन् । बरु अर्को दिन छिर्ने प्रयास गरिरहेका छन् । कोही तीन दिन भयो, कसैको चार दिन । यसरी विपन्न र बेरोजगार नेपाली भारत छिर्ने महाभारतमा छन् ।

    नेपालगन्जको जमुनाहा नाकामा भेटिए दैलेखेको गुराँस गाउँपालिका गोगनपानीका सन्तोष विक । भारत छिर्न तीन दिनदेखि जमुनाहा प्रयास गरिरहेका उनले नयाँ पत्रिकासँग भने, ‘जनताबाट उठेको कर छ, त्यो जनताको पैसा हो । त्यसको सदुपयोग भइदिएको भए नेपालमा असम्भव केही थिएन । हामीले यही देशमा रोजगारी पाउने थियौँ, विदेशीको गुलामी गर्न धाउनुपर्ने थिएन । घरमा बुढाबुढी बाबुआमा र सानो बच्चा छ । यो महामारीको वेला मलाई बिदा गर्दा ती आमा र त्यो बच्चाको आँखाबाट आँसु झरेको छ ।’ यति भनेर उनी धेरैबेरसम्म निःशब्द भए ।

    हो, सन्तोष विकजस्ता हजारौँ युवाको यात्रालाई बाबुआमा, श्रीमती र बालबच्चाको आँसुको बाँधले रोक्न सकेको छैन । किनकि तिनै बाबुआमाको औषधि र बालबच्चाको भविष्यको चिन्ता गर्ने युवासँग देशमा रोजगारी छैन । त्यसैले भारतमा महामारी उत्कर्षमा छ भन्ने थाहा हुँदाहुँदै पनि उनीहरू उतै ओइरिएका छन् । विवश युवाहरूलाई आफ्नै घरपरिवारले रोक्न सकेन, बरु भारतीय सुरक्षाकर्मीले रोक्छन् कि भन्ने डर छ । सन्तोष पनि तीन दिनदेखि नाकामै छन् । उनी कहिले छिर्न पाइने हो भन्ने अनिश्चित छ, तर यत्तिकै गाउँ फर्किइँदैन भन्ने त निश्चित छ ।

    ‘भारतमा महामारी छ भन्ने कसलाई थाहा छैन र ? तर, त्योभन्दा ठूलो महामारी घरमा छ । छोराछोरीको अनलाइन पढाइ सुरु भएको छ, तिनलाई भोकै राख्नु भएन । गाउँमा सहयोग मागौँ भने पनि सबैको अवस्था उस्तै छ । सरकारले आफ्नो कर्तव्य पूरा गरेन । तर, बुढाबुढी बाबुआमाप्रति हामीले आफ्नो कर्तव्य भुल्न सकेनौँ,’ दाङको शान्तिनगर धनौरीका रमेश डाँगीले भने ।

    ज्यानको माया लाग्दैन ? सिमानातर्फ लागिरहेका यी युवालाई जोसुकैले सोध्ने प्रश्न यही हो । ‘आफ्नो ज्यानको माया त लाग्छ नि, तर साहुले माया गर्दैन,’ दैलेखबाट झरेका नन्दबहादुर खड्काको सोझो जवाफ छ । उनी भन्छन्, ‘यत्रो ६ महिना ऋण गरेर त खर्च चलाइयो, तर अब पैसा पाउन छाडियो, उल्टै साहुले पैसा माग्न र थर्काउन थाले । गाउँमा के मुख देखाएर बसिरहनु ?’

    दैलेख दुल्लुका सुकदन परियार लकडाउनकै कारण मातृभूमि खोज्दै नेपाल आएका हुन् । भारतमा रोजगारी गुमेको थियो, कहिले टेम्पोमा, कहिले ट्र्याक्टरमा चढेर त कहिले हिँडेर सात दिनपछि उनी जमुनाहा नाका आइपुगेका थिए । नेपाल छिर्दा उनी जति खुसी थिए, अहिले भारत छिर्न पाइँदैन कि भनेर उनी त्योभन्दा बढी चिन्तित छन् । पाँच महिना गाउँ बसेपछि उनको टिप्पणी छ, ‘नेपाल सरकार आफैँ यति बेहाल छ भन्ने अनुमान थिएन ।’ चार दिनदेखि नाकामा रोकिएका उनी भन्छन्, ‘म त जति दिन लागे पनि भारत छिर्छु, तर मजस्ता अरू युवालाई सरकारले दुःख नदेओस् ।

    प्रदेश ५, कर्णाली र सुदूरपश्चिमका गाउँ–गाउँबाट निस्किएका नेपाली बाँकेको जमुनाहा, कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकीमा जम्मा हुने क्रम जारी छ । कैलाली घोडाघोडी नगरपालिका–६ का गोरखबहादुर रोकाया त्रिगनर नाका पुगेका छन् । दसैँ–तिहारको मुखमा बिदेसिन थालेका उनले भने, ‘अघिपछि यो वेला गाउँ आउने गथ्र्यौँ, तर यसपालि दसैँ–तिहारको अर्थ छैन । घरमा खर्च भए पो चाडपर्व हुन्छ ।’

    त्रिनगरमा घोडाघोडीकै शेरबहादुर मगरलाई चाडपर्वप्रति कुनै आकर्षण मात्र होइन, रोगप्रति डर पनि हराएको छ । ‘रोग त कहिले–कहिले, भोकले आजभोलि नै मरिन्छ जस्तो भयो,’ उनले यति भनिरहँदा श्रीमतीको काखमा भएको बच्चा रोइरहेको थियो । बच्चालाई फकाइफुल्याई गरेपछि श्रीमती धना बोल्न अघि सरिन्, ‘चाडपर्वका वेला मात्र हो र ? अघिपछि पनि आफ्नो देश छाडेर जान कसलाई माया लाग्छ र ?’

    आफ्नो देश, आफ्नो परिवार कति प्यारो हुन्छ भनेर यी नेपालीलाई जति कसलाई थाहा होला र ? ‘देश र परिवार भनेर त ज्यान हत्केलामा राखेर आइयो, गाउँ आएपछि पनि २८ दिन क्वारेन्टाइनमा बसियो । तर, पाँच महिनामा लकडाउन पालना गर्नेबाहेक केही गर्न सकिएन, त्यसैले निराश भएर भारत फर्कंदै छु,’ कैलाली टीकापुरका नरेश परियारले भने ।

    श्रीमती र छोरासहित भारत जान लागेका सुर्खेत वीरेन्द्रनगर नगरपालिका–२ खोलीगाउँका नरेन्द्र थापा भने आइतबार अपराह्न नै जमुनाहा नाका पुगेका हुन् । उनी सुर्खेतबाट ट्रक चढेर एक सय १० किलोमिटर पार गरी बाँकेको कोहलपुर पुगे । त्यहाँबाट अटोरिक्सामा २० किलोमिटर पार गरेर नेपालगन्ज पुगे । त्यहाँबाट पनि अटोरिक्सामै सीमानाका जमुनाहा पुगेको उनले बताए । तीन दिनदेखि नेपालगन्जमै रहेको बताउँदै उनले भने, ‘नागरिकता देखाएर आउन दिएका थिए, उता जानका लागि आधार कार्ड छ । साह्रै दुःख भयो, पारि जान पाए आनन्द हुन्थ्यो ।’ कस्तो विडम्बना ! देशको नागरिकले परदेशको भूमि टेक्न पाए आनन्द हुन्थ्यो भन्नुपर्ने अवस्था छ ।

    सुदूरपश्चिमी नाका गड्डाचौकीमा पनि त्यही पीडा बोकेर नेपालीहरू भारत गइरहेका छन् । कञ्चनपुरको वेदकोट नगरपालिका–१० चतहरीका सिद्धार्थ आउजीले स्वदेशमा काम नपाएपछि परदेश जान लागेको बताए । ‘म गत फागुनमा घर आएको हुँ । अहिलेसम्म बेरोजगार भएर बसेँ । यता काम नपाएपछि फेरि भारत फर्किन लागेको छु,’ उनले भने । दिल्लीको एक होटेलका काम गर्ने सिद्धार्थले बाध्य भएर महामारीका वेला भारत जान लागेको बताए । आफूसँगै काम गर्ने केही साथीभाइ गएको र केही जाने तयारीमा रहेको उनले सुनाए ।

    भारतमा लकडाउन भएपछि कामविहीन भएका नेपाली मातृभूमिमा फर्किन नेपाली नागरिकताको प्रमाणपत्र देखाएर प्रवेशको अनुमति पाएका थिए । तिनै नेपाली ६ महिना नबित्दै कामका लागि भारत जानपाऊँ भन्दै भारतको आधार कार्ड देखाउँदै छन् ।

    सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीको तथ्यांकअनुसार पछिल्लो समय दैनिक औसत एक हजार नेपाली भारत गइरहेका छन् । पछिल्लो समयमा ५० हजार नेपाली भारत गएको प्रहरीको भनाई छ । हुन त लकडाउनयता भारतीय नागरिकलाई मात्रै भारत प्रवेशको अनुमति छ । तर, भारतीय आधार कार्ड भएका नेपाली सहजै गइरहेका छन् भने नभएका विभिन्न उपाय निकालेर नाका कट्ने संघर्षमा छन् ।

    आधार कार्ड भएकालाई मात्र भारत जान दिइने भएकाले जमुनाहा नाकामा आधार कार्ड देखाएको सुर्खेतका नरेन्द्रले बताए । बाँकेका विकास र दैलेखका चेतन पनि आधार कार्ड बोकेर भारत जान लाइनमा बसेका थिए ।

    तर, भारतको कार्ड नभएकाहरूले भने नाकामा दुःख पाइरहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमरबहादुर थापाले आधार र रासन कार्ड भएकालाई भारत जान दिने गरिएको बताए । ‘हामीले सीमा क्षेत्रमा नेपाल–भारत प्रवेशका लागि प्रमाण हेर्छौँ,’ डिएसपी थापाले भने, ‘त्यहीअनुसार जाने–आउने क्रम चलेको छ । तर, कागज नभएका नेपालीले भने दुःख पाएका छन् ।’

     

    तपतप पसिना चुहाइरहेका युवा, बालबच्चा बोकिरहेका महिला, उभिँदा–उभिँदा खुट्टा दुखेर घोप्टो परेका बालबालिका । यी सबका लागि सबैभन्दा ठूलो शत्रु अब कोरोना होइन, बेरोजगारी हो ।

    दुःखको कुरा बेरोजगारीसँग लड्न उनीहरू एक्लै छन्, साथमा सरकार छैन । त्यसैले यो विपत्को वेला उनीहरूको यो लावालस्कर भारततिर पलायन भइरहेको छ । भन्न त उनीहरुको भारत जान हिंडेका छन्, तर उनीहरुको असली गन्तव्य के हो, नियती के हो ? आजका दिनमा उनीहरु आफैलाई पनि थाहा छैन ।

    रोगको डरले पाँच लाख आएका थिए, भोकको डरले ५० हजार फर्किए

    कोरोना संक्रमणको डरले भारतबाट घर आएका नेपाली जोखिम मोल्दै फेरि फर्किन थालेका छन् । स्वदेश आउँदाजस्तै फर्किनेहरूको सीमामा लस्कर लागेको छ । सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीको तथ्यांकअनुसार पछिल्लो समय दैनिक औसत एक हजार नेपाली भारत गइरहेका छन् । लकडाउनयताको पाँच महिनाको अवधिमा भारतबाट नेपाल फर्किनेको संख्या पाँच लाख रहेको सुरक्षा निकायको तथ्यांक छ । यही अवधिमा दुई लाख २५ हजारभन्दा बढी नेपालबाट भारत गएको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरूमध्ये धेरै भारतीय नै हुन् भने ५० हजार नेपाली रहेको प्रहरीको अनुमान छ । लकडाउनयता भारतीय नागरिकलाई मात्रै भारत प्रवेशको अनुमति छ । भारतीय आधार कार्ड भएका नेपाली सहजै गइरहेका छन् भने नभएका विभिन्न उपाय निकालेर नाका कट्ने प्रयास गरिरहेका छन् ।  पश्चिमी नाकाहरूबाट फर्किनेहरूको संख्या धेरै छ । गाउँमा पाँच महिना बेरोजगार बस्दा पेट पाल्न नै समस्या हुन थालेपछि रोजगारीका लागि भारत फर्किनेहरू बढेका हुन् ।  https://nayapatrikadaily.com/

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑