लामो समय देखि बन्द भएको यातायात व्यवसाय असोज १ गते देखि सञ्चालन गर्ने घोषणा गरेका छन् । यातायात व्यवसायीहरुले राज्यको निषेधज्ञालाई वेवास्ता गर्दे आगामी असोज १ गतेदेखि सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका छन्।
बुधबार यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र तीन वटा मजदुर संगठनको संयूक्त बैठकमा व्यवसायी र मजदुर संगठनले यातायात खुलाउन सहजीकरण नगरे विश्वकर्मा पुजाको दिन पारेर असोज १ देखि लामो तथा छोटो दुरीका यातायात चलाउने घोषणा गरेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भिमज्वाला राईले बताए ।
उनले सरकारलाई सार्वजनिक सवारी संचालनका लागि विकल्प दिन भनिएको बताए।यातायात व्यवस्था विभागले भने यस विषयमा निर्णय गर्न नसकेको जनाएको छ ।