वीरगंज ।पर्सामा फेरि टेस्टको दायरा घाटदै गएको छ । यो सङगै संंक्रमित को संख्या दिन प्राती दिन घाटदै गएको छ । कोरोनाको लक्ष्ण हेरिएको ब्याक्तीले समेत परिक्षण गराउन खोजदा पैसाको अभाव र सरकारको नितिनियमको प्रभाव ले घरमा नै बस्न बाध्य भनेका छ्न ।
साथै पोसेटिव भएको ब्याक्ती सङग सम्पर्कमा आएको ब्याक्तीको कन्टेक्ट ट्रेसिङ्ग गरने कर्यपनी रोकिएको छ।
यस्को फलस्वरूप पर्सामा दिन प्रती दिन संक्रमितको संंख्या घाटदै गएको देखिन्छ। आज पर्सा, बारा र रौतहटगरी थप १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।वीरगंजस्थित नारायणी अस्पतालको पिसिआर प्रयोशालामा पर्सा, बारा र रौतहटको विभिन्न स्थानबाट आएका २ सय ९० जनाको थ्रोट स्वाबका नमुनाहरुलाई परिक्षण गर्दा १६ जना कोभिड पोजेटिभ भएका हुन् ।
पाँच महिलासहति कोभिड पोजेटिभ भएका मध्ये पर्सा र बाराका ७/७ जना रहेका छन् भने रौतहटका २ जना रहेका छन् । उनीहरुमा ६ वर्षीय बालकदेखि ७४ वर्षीय वृद्धसमेत रहेका छन् ।
पर्सामा वीरगंज महानगरपालिका वडा नम्बर १० र ११ मा एक/एक जना संक्रमित थपिएका छन् भने वडा नम्बर १३ र १६ मा दुई/दुई जना संक्रमित थपिएका छन् । वीरगंजस्थित नबिल बैंकमा कार्यरत एक थप एक कर्मचारीपनि कोभिड पोजेटिभ भएको नारायण अस्पतालले जनाएको छ ।
त्यसैगरी बारा जिल्लाको कोल्भी नगरपालिकाको वडा नम्बर ६ मा एक जना, महागढीमाई नगरपालिका वडा नम्बर ९ का दुई जना र वडा नम्बर २,३ र ८ का एक/एक जना र बारा जिल्लाकै बगुवनमा एक जना संक्रमित थपिएको नारायणी अस्पतालका प्रवक्ता तथा वरिष्ठ छाला रोग विशेषज्ञ डा. अतुलेशकुमार चौरसियाले जनाकारी दिए ।
रौतहटका दुवै संक्रमित गरुडा नगरपालिका वडा नम्बर ८ का बासिन्दा हुन् ।थपिएका संक्रमितहरुको सिटि भ्यालु १८ देखि ३० रहेको डा. चौरसियाले बताए । उनले २४ भन्दा कम सिटि भ्यालु भएका व्यक्तिले संक्रमण अरुमा फैलाउँने जोखिम बढी रहेको जानकारी दिए ।