• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश –२ः दलित हत्याको ‘हटस्पट’, एक हजार नदिँदा पनि हत्या

  • वीरगंज संजाल
  • २४ भाद्र २०७७, बुधबार २२:३०
  • ३७६१

    असारको अन्तिम साता । सिरहाको लहान नगरपालिका १  मटियर्वाका १९ वर्षका रोशन रामको हत्या भयो । यो हत्यापछाडिको घटना जे छ, त्यो सुन्दा झट्ट विश्वास नहुन सक्छ । र, यति सानो विषयमा पनि कसैको हत्या होला भन्ने प्रश्न जन्मन सक्छ । तर, जसरी रामको हत्या भएको छ, त्यसले हाम्रो समाज कता तिर जाँदैछ भन्ने प्रश्न पनि उठाउँछ ।

    रोशन राम लकडाउनमा साथीहरुसँग सीमावर्ती गाउँ पुगेका थिए । त्यहाँ उनी लागूपदार्थसहित पक्राउ परे । लागुपदार्थ किनबेच तथा ओसारपसार मुद्दामा उनी दोषी ठहर भए । २५ जेठमा जिल्ला अदालतले १० हजार धरौटी माग गर्यो । तर, रोशनसँग १० हजार थिएन । उनी पुर्पक्षका लागि जेल चलान भए ।

    त्यहाँ उनी झन्डै एक महिना बसे । जेलमा बस्दा रोशनको दोस्ती भयो, जयकुमार यादवसँग । यादव रोशनको ससुराली गाउँ मिर्चैयाका थिए । त्यसैले यी दुईबीच छिटो दोस्ती जम्यो । एक महिना मात्र के भएको थियो, रोशनका बाबुले १० हजारको बन्दोबस्त गरे, रोशनलाई जेलबाट निकाले ।

    त्यही जेल बसाइँमा रोशनले जयकुमारसँग ऋण लिएका थिए, एक हजार ।जेलबाट छुटेपछि जयकुमार पनि रोशनसँग भेट्न उनको गाउँ पुगे, अनि आफूले दिएको ऋण फिर्ता मागे । २६ असारको कुरा हो यो । भर्खर जेलबाट छुटेका रोशनसँग एक हजार थिएन । उनले जयकुमारलाई पैसा फिर्ता तत्काल गर्न सकेनन् ।

    रोशनको परिवारले जयकुमारलाई केही दिनमा पैसा फिर्ता गर्ने वाचा गरेको थियो । तर, जयकुमारले रोशनलाई ससुराली घुम्न जाऔँ भनेर बाइकमा चढाए र त्यहाँबाट लगे । जयकुमारसँग थिए, मुकुन्द पनि ।रोशनको घरबाट गुडेको त्यो बाइक न उनको ससुराली पुग्यो, न रोेशन नै घर फर्किए । त्यही रात रोशनको हत्या भयो । कारण थियो– उनले एक हजार तिर्न नसक्नु ।

    प्रदेश २ कै अर्को जिल्ला रौतहटमा पनि पछिल्लो समय हत्याका घटना निकै बढेका छन् । ३१ साउनमा निरन्जन रामको घाँटी रेटेर हत्या यसको उदाहरणका रुपमा लिन सकिन्छ । यो हत्यामा संलग्न भएको आशंकामा प्रहरीले विजय रामलाई पक्राउ गर्यो । तर, विजयको पनि हिरासतमा मृत्यु भयो ।

    प्रदेशका यी दुई जिल्लामा यी तीन रामको मात्र होइन, अन्य हत्या पनि भएका छन् । प्रहरीकै एक तथ्यांकअनुसार पछिल्ला तीन महिनामा प्रदेश २ मा एक दर्जनभन्दा बढी दलितको हत्या भएको छ ।जेठ यता मात्र प्रहरीका १३ दलितको हत्याको उजुरी परेको छ ।

    अनाहकमा आफ्ना प्रदेशका निहत्था नागरिकको हत्या हुन थालेपछि प्रदेश –२ सरकार पछिल्लो समय तातेको छ । यहाँसम्म कि दलितहरूको हत्याका विषयमा छानबिन गर्न समिति पनि गठन गरेको छ । मुख्यमन्त्रीले गरेको एक ट्वीटका प्रदेशका आन्तरिक मामिला मन्त्रीको संयोजकत्वमा प्रदेश सभाका तीनजना सदस्यसहितको समिति गठन गरिएको छ । समितिलाई सबै घटनाको छानबिन गरी प्रतिवेदन दिनलाई १५ दिनको समय दिइएको छ ।

    राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले यस्ता हत्याले हाम्रो समाज कता तिर गइरहेको छ भन्ने सन्देश दिने बताउँछिन् । उनका अनुसार यी हत्या कानुनी शासनको उपहास हुन् । सप्तरीका दलित अगुवा भोला पासवानका अनुसार अहिले प्रदेश –२ दलित गर्ने प्रदेशको रुपमा बन्दै गएको छ । पछिल्लो समय प्रदेश २ मा सबैभन्दा बढी हत्या दलितको भइरहेको उनी बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑