• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आन्दोलनका एजेण्डा बेवारिसे , मधेशवादी दल सत्तामै लिप्त !

  • वीरगंज संजाल
  • २४ भाद्र २०७७, बुधबार २१:४७
  • १००४१

    वीरगंज । प्रस्तावित संविधानप्रति असहमति राख्दै मधेसवादी दलले २०७२ सालमा तेस्रो मधेस आन्दोलन थालेको पाँच वर्ष पूरा भएको छ । तत्कालीन आन्दोलनकारी शक्ति अहिले प्रदेश २ सरकारको नेतृत्व गरिरहेको छ । मधेस आन्दोलनकै नेतृत्व गरेको राजनीतिक शक्तिले प्रदेश सरकारको नेतृत्व गरिरहेको अवस्थामा पनि मधेस आन्दोलनका अजेण्डा पूरा गर्नेतर्फ खासै पहल नभएको सरोकारवालाहरु बताउँछन् ।तेस्रो मधेस आन्दोलनको स्मृति दिवस बर्सेनि भदौ २४ मा मनाउने गरिए पनि यस पटक औपचारिक कार्यक्रम हुन सकेन ।

    प्रदेश २ को सरकारमा रहेका तत्कालीन समाजवादी पार्टी र राजपा नेपालले मधेस आन्दोलनलाई सत्ता प्राप्तिको अस्त्र बनाए पनि प्रदेश सरकारको नेतृत्वमा पुगेपछि भने आन्दोलनको इतिहास र गरिमालाई बिर्सने काम गरेको मधेसका जनताको गुनासो छ ।

    तेस्रो मधेस आन्दोलनमा ६३ जनाले सहादत प्राप्त गरे । तर तेस्रो मधेश आन्दोलनको स्मृति दिवसका दिन ती शहीदलाई स्मरण गर्ने औपचारिकतासमेत पनि प्रदेश २ सरकारले पूरा नगरेको भन्दै आन्दोलनकारी एवं मधेसवादी दलका कार्यकर्ताहरुले असन्तुष्टि जनाएका छन् ।

    २०७२ भदौमा सुरु भएको तेस्रो मधेश आन्दोलन दुई वर्षसम्म जारी रह्यो । मधेश आन्दोलनको क्रममा २०७२ सालमा ५६, २०७३ सालमा ५ र २०७४ सालमा २ जनाले सहादत दिएका थिए । तर आन्दोलनको इतिहास जति पूरानो हुँदै गयो, आन्दोलनको विरासत पनि कमजोर हुँदै गईरहेको छ ।

    प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा मधेश आन्दोलनमा मुद्दा खुवै उठाएका दलहरुले सोही मुद्दाका आधार प्रदेश २ मा संयुक्त रुपमा सरकार सञ्चालन गर्दै आएका छन् । तत्कालीन संघीय समाजवादी र राजपाले मधेश आन्दोलनबाट राजनीतिक उपलब्धि हासिल गरे पनि समग्र मधेसले के पायो त भनेर प्रश्न गर्नेहरु पनि अहिले प्रशस्त देखिन थालेका छन् ।

    यद्यपि प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव मधेश आन्दोलनबाट मधेशले मात्र नभई देशले नै ठूलो उपलब्धि हासिल गरेको बताउँछन् । देशले संघीयतासहितको गणतन्त्र पाएको र यसकै बलमा प्रत्येक नेपाली नागरिकले यसको स्वामित्व लिन तयार भएको उनको भनाइ थियो ।

    मधेश आन्दोलनमा सक्रिय भूमिका निर्वाह मधेश अधिकार संघर्ष समितिका संयोजक सरोज मिश्रले आन्दोलनको बलमा सरकारको नेतृत्व गर्न पाएका नेताहरु सत्ता र भत्तामा मात्रै लिप्त रहेको आरोप लगाए । उनले भने, ‘जुन अधिकार प्राप्तिका लागि हामीले आन्दोलन ग¥यौँँ, त्यो अहिले पनि मधेशी जनताले पाएका छैनन् तर मधेशवादी दलका नेताहरुले अहिले आएर आन्दोलनका अजेण्डा नै बिर्सिसकेका छन् ।’

    राजनीतिक विश्लेषक डा. सुरेन्द्र लाभ देशमा संघीयता, पहिचान, धर्मनिरपेक्षता, समावेशी–समानुपातिक मुद्दा स्थापित गराउन मधेश आन्दोलनको उल्लेखनीय भूमिका रहेको बताउँछन् । नागरिकताको विषय राष्ट्रिय मुद्दा बन्नुमा पनि मधेश आन्दोलनकै भूमिका रहेको उनको भनाइ छ ।

    ‘मधेश आन्दोलनकै बलमा देशमा संघीयता तथा समावेशिता स्थापित भयो,’ लाभले भने, ‘मधेशी जनताको पहिचान पनि स्थापित भएको छ । काठमाडौँमा बसेकाहरुको मनोविज्ञानमा परिवर्तन आएको छ, मधेशी जनता अब आफूलाई मधेशी कहलाउनमा गर्व गरिरहेका छन् ।’

    मधेश मामिलाका जानकारहरु मधेशवादी दलले भने त्यही आन्दोलनको ‘ब्याज’ अहिले खाईरहेको बताउँछन् । राजनीतिक विश्लेषक लाभले मधेशी जनताले चाहेका मुद्दा अझै पूरा हुन नसकेको बताए । मधेशी जनताले काठमाडौँका शासकहरुको भन्दा पृथक शासन चाहेका र सोचेका थिए तर आन्दोलनकारी शक्तिकै सरकार रहँदा पनि केही पृथक अनुभूति मधेशी जनताले गर्न नसकेको उनको भनाइ छ ।

    राजनीतिक विश्लेषक लाभले मधेशवादी दलको तुष्टीकरणको राजनीतिकै कारण मधेशी जनतामा त्यो उत्साह नरहेको बताए । मधेशमा अधिकारका लागि तीन पटक आन्दोलन भयो । तीनवटै मधेश आन्दोलनमा गरी जम्मा १ सय ३ जनाले शहादत प्राप्त गरे ।

    मधेशको पहिचान स्थापित गराउन ती सबै शहीदको योगदानलाई बिर्सन सकिँदैन । तर जुन उद्देश्यका लागि शहीदले आफ्नो प्राण उत्सर्ग गरे, प्रदेश २ को सत्तामा पुगेपछि आन्दोलनकारी शक्तिले ती सबै उद्देश्यलाई भुलेको मधेस मामिलाका जानकार बताउँछन् ।

    २ नम्बर प्रदेशको प्रदेशसभा सदस्य बबिता चौधरीले आफ्नो परिवारबाट मधेश आन्दोलनको क्रममा दुई जना सदस्य गुमाएकी छिन् । उनले आफ्ना ससुरा गणेश चौधरी र छोरा रोहन चौधरीलाई मधेश आन्दोलनकै क्रममा गुमाएकी थिइन् । उनले मधेशले जे जति पाए पनि आन्दोलनमा सहादत प्राप्त गरेका परिवारले अहिलेसम्म केही पाउन नसकेको बताइन् ।https://ratopati.com/story/146235/2020/9/9/third-madhes-movement-

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी
  • जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ
  • सुनचाँदीको मूल्य घट्यो
  • यी हुन् बदाम खानुका ६ फाइदा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    यी हुन् बदाम खानुका ६ फाइदा

    अनार खानुका १० फाइदा

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    अनार खानुका १० फाइदा

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    News

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    News

    सुनचाँदीको मूल्य घट्यो

    News

    यी हुन् बदाम खानुका ६ फाइदा

    News

    अनार खानुका १० फाइदा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑