कास्कीकी | कास्कीकी ३१ वर्षीया र ३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पोखरा महानगरपलिका ७ शान्तिनगर ठेगाना भएका ३७ बर्षीय बामदेव सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ ।
बिभिन्न डर, धाकधम्की तथा प्रलोभन देखाई ती महिलाहरुलाई छुट्टाछुट्टै समयमा जबरजस्ती करणी गरेको उजुरी पछि प्रहरीले उनलाई पोखरा महानगरपालिका ७ बाट पक्राउ गरेको जनाएको छ।
यता सप्तरीमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बोदेवर्साइन नगरपालिका ३ गौरा बस्ने सिरहा भगवानपुर गाउँपालिका १ भगवानपुर घर भएका १४ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
त्यसै गरी रुपन्देहीमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा चर्वारी ६ हडसरी बस्ने १९ वर्षीय इसरार पठानलाई प्रहरीले पक्राउ गरेको छ ।