• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजमा संक्रमित नभएपछि बन्द हुँदै कोभिड अस्पताल, अब निषेधाज्ञाको विकल्प के?

  • वीरगंज संजाल
  • २४ भाद्र २०७७, बुधबार १५:०१
  • १३९३७

    वीरगंज ।पर्सामा फेरि टेस्टको दायरा घाटदै गएको छ । यो सङगै संंक्रमित को संख्या दिन प्राती दिन घाटदै गएको छ । कोरोनाको लक्ष्ण हेरिएको ब्याक्तीले समेत परिक्षण गराउन खोजदा पैसाको अभाव र सरकारको नितिनियमको प्रभाव ले घरमा नै बस्न बाध्य भनेका छ्न ।साथै पोसेटिव भएको ब्याक्ती सङग सम्पर्कमा आएको ब्याक्तीको कन्टेक्ट ट्रेसिङ्ग गरने कर्यपनी रोकिएको छ। यस्को फलस्वरूप पर्सामा दिन प्रती दिन संक्रमितको संंख्या घाटदै गएको देखिन्छ। मुलुककै प्रमुख आर्थिक नगरी वीरगंज यतिबेला कोभिड १९ को संक्रमणलाई नियन्त्रणमा ल्याउन अग्रसर भइरहेको छ। पछिल्लो समय पर्साको वीरगंज र अन्य जिल्लामा संक्रमितको संख्या घट्दै गएकोले कोभिड अस्पताल बन्द हुने अवस्था आएको छ।

    नारायणी अस्पताल वीरगंजको मातहतमा सञ्चालित वीरगंज हेल्थकेयर अस्थायी कोभिड अस्पताल मंगलवार संक्रमितको संख्या शून्य भएपछि विसंक्रमितको काम शुरु गरी तीन दिनभित्रै जनरल अस्पताल बनाउने तयारीमा जुटेका अस्पतालका सञ्चालक डा. अबुलहैस अन्सारीले बताए।‘विगत एक सातादेखि कुनै पनि नयाँ संक्रमित आएका छैनन्, उपचाररत संक्रमितमध्ये केहीको मृत्यु भएको छ, करिब ३ सय जना निको भएर घर फर्केका छन्,’ उनले भने, ‘अगामी दिनमा केस बढ्यो भने फेरि कोभिड बनाइन्छ, अवस्था नियन्त्रणमा नै रहे ननकोभिड अस्पतालसंगै १५ बेडको कोभिड सेक्सन पनि सञ्चालनमा रहन्छ।’

    १५ शय्याको कोभिड युनिटमा कोभिडका शंकास्पद विरामीलाई उपचार गरी फिल्टर गर्ने अस्पताल प्रशासनको लक्ष्य छ।पर्साको अवस्थाको बारेमा नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले पर्सामा कोरोना संक्रमण न्यून बन्दै गएपछि बजार, उद्योग, व्यापार तथा सवारी साधन पनि उचित मापदण्ड बनाएर खोल्नुपर्ने धारणा राख्छन्। ‘पर्सामा ५ औं चरणको निषेधाज्ञा चलिरहेको छ, बैंक तथा वित्तीय संस्थाले पूर्णरुपमा सेवा दिन सकेका छैनन्, दैनिक ज्यालादारीको काम पनि रोकिएको छ,’ उनले भने, ‘कोभिडको डरत्रास बीच भोकमरीको डरले गर्दा पनि कतिपय घरपरिवार प्रभावित भइरहेकोले शंकास्पद विरामीलाई उपचार तथा चेकजाँच गरी बाँकी जनजीवन सहज बनाउनु पर्छ।’

    वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले लामो समयसम्म निषेधाज्ञा लगाइयो भने चौतर्फी रुपमा यसको असर पर्ने बताए। ‘ग्रिन जोन बन्दै गरेको पर्सालाई स्थानीय राजनीतिक दलका अगुवा, उद्योगी व्यवसायी तथा समाजिक अगुवा तथा सरोकारवालाको सुझावमा प्रशासनले जिल्लालाई सुरक्षित राख्दै कसरी जनजीवन तथा उद्योग, व्यापार, व्यवसाय तथा दैनिक ज्यालादारी र कार्यालय सहज पार्ने बारेमा रणनीति बनाएर जानुपर्छ,’ उनले सुझाव दिए।

    असोजमा अवस्था समान्य हुने प्रशासनको भनाई

    वीरगंजका जनता, उद्योगी व्यवसायीले निषेधाज्ञा हटाई अवस्था समान्य पार्नुपर्ने सुझाव दिइराख्दा पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तमाङ भने अगामी असोज १ पछि मात्र पर्साको अवस्था समान्य बन्ने अनुमान गर्छन्। ‘केस घटदै गएको छ, तर पनि जिल्लामा अहिले पनि करिब ५ सय सक्रिय संक्रमितको संख्या छ, भदौ २५ पछि पुनः एक साता निषेधाज्ञा थपिन सकिन्छ,’ उनले भने, ‘असोज १ पछि बजार, बैंक तथा सवारी साधनलाई सहज पार्ने हाम्रो रणनीति छ, तर पनि अगामी दिनको अवस्थाले पनि त्यो तय गर्नेछ।’

    जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार पर्सामा हाल सम्म ४२ जनाको मृत्यु भइसकेको छ भने २४ सय १४ जना संक्रमित छन्। जसमा १८ सय ७१ पुरुष ५ सय ४३ महिला छन्। अब नारायणी अस्पतालको गण्डक अस्थायी कोभिड अस्पतालमा १५ महिलासहित ६१ जना संक्रमित उपचाररत छन्। जसमध्ये ७ जना आइसीयूमा छन्। तर १२० बेड क्षमताको वीरगंज हेल्थकेयर र २० बेडको नारायणी अस्पतालको कोभिड वार्ड खाली भइसकेको छ।

    पर्सामा हालसम्म ७ सय पुरुष र २२६ जना महिला गरी कुल ९ सय २६ जना होम आइसोलेशनमा रहेका छन्। उनीहरुको स्वास्थ्य अवस्था ठिक रहेको प्रशासनले जनाएको छ। त्यसैगरी ६ सय ८८ क्षमताको सामुदायिक अर्थात सेमिआइसोलेशन (धर्मशाला, होटल, स्कूल क्वारेन्टाइन) मा १९६ पुरुष २९ महिला गरी कुल २१७ जना रहेका छन्।

    कन्ट्याक्ट ट्रेसिङ, टेस्टिङ प्रभावकारी

    पर्सामा संक्रमितको संख्या घट्नुमा परीक्षणको दायरा घटेको, कन्ट्याक्ट ट्रेसिङको काम निस्प्रभावी भएको टिप्पणी भइरहेका बेला प्रशासनले स्पष्ट पार्न खोजेको छ। प्रमुख जिल्ला अधिकारी आसमान तमाङले विगतभन्दा परीक्षण, कन्ट्याक ट्रेसिङ् र संक्रमितको व्यवस्थापन प्रभावकारी भएकाले नै जिल्लामा कोरोना महामारी नियन्त्रणमा आउन थालेको र यसमा सबैको साथ समर्थन रहेको बताए।

    ‘पहिले जथाभावी स्वस्थ मानिसको पनि परीक्षण गरेर व्यवस्थापन गर्न नसक्दा सडकमा मानिस मर्न थालेका थिए। हामीले संक्रमितको क्लोज कन्ट्याक्टमा आएका व्यक्ति, शंकास्पद विरामी र बजारमा बढी घुमघाम गर्ने एवं दैनिक ज्यालादारी गर्ने जस्ता, रिक्सा चालक, टांगा चालक, सैलुनका नाइ, तरकारी तथा बजारका पसलेलाई छड्के पीसीआर गरी संक्रमणको बारेमा आवश्यक बन्दोबस्तीमा लागेका छौं। परिणाम देखिँदैछ,’ उनले भने। उनका अनुसार यसरी अघि बढ्दा डर त्रास पनि नहुने र संक्रमितलाई सही समयमा, सही उपचार भएर जीवन रक्षा हुने रणनीति प्रशासनले लिएको छ।पहिलो पोस्टको सहयोग मा ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुनचाँदीको मूल्य घट्यो
  • यी हुन् बदाम खानुका ६ फाइदा
  • अनार खानुका १० फाइदा
  • पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनचाँदीको मूल्य घट्यो

    यी हुन् बदाम खानुका ६ फाइदा

    अनार खानुका १० फाइदा

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    सुनचाँदीको मूल्य घट्यो

    अनार खानुका १० फाइदा

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सुनचाँदीको मूल्य घट्यो

    News

    यी हुन् बदाम खानुका ६ फाइदा

    News

    अनार खानुका १० फाइदा

    News

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    News

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑