• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / विश्व

    आप्रवासीका शिविरमा आगलागी, एक हजार व्यक्ति भागेको आशंका

  • वीरगंज संजाल
  • २४ भाद्र २०७७, बुधबार ११:५५
  • ४१९३

    ग्रीसको लेस्बोस द्वीपमा रहेका आप्रवासी बस्तीमा आगलागी भएपछि एक हजारभन्दा बढी आप्रवासी अन्यत्र भागेका छन् ।ग्रीसको मोरिया शिविर र त्यस आसपासको क्षेत्रमा झण्डै १२ हजार ५०० आप्रवासीले आश्रय लिइरहेका छन् । शिविरमा रहेका सोमाली एक व्यक्तिमा कोरोनाभाइरस पोजेटिभ देखिएपछि केही दिनदेखि उक्त क्षेत्रलाई लकडाउनमा राखिएको थियो ।

    उक्त द्वीपको प्रमुख शहर माइलिनका मेयर स्ट्राटोस काइटेलिसले शिविरको भित्र र बाहिरको क्षेत्रमा आगो फैलिएको र घरहरु क्षतिग्रस्त भएको जानकारी दिए । उनले त्यस इलाकामा रहेका करिब १२ हजार आप्रवासीलाई प्रहरीले सुरक्षा दिइरहेको बताए ।

    उनले भने, “यहाँ निकै कठिन अवस्था उत्पन्न भएको छ किनभने बाहिरबाट भित्र गएका केही व्यक्तिमा कोरोनाभाइरस संक्रमण देखिएको छ ।”आगलागीबाट कुनै पनि व्यक्ति घाइते भएका खबरहरु प्राप्त भएका छैनन् ।

    प्रहरीका अनुसार आगलागी अबेर राति शुरु भएको थियो । तर आगलागीको कारण र त्यसबाट भएको क्षतिको विवरण प्राप्त भइसकेको छैन । लकडाउनको विरोधमा जानाजान आगो लगाइएको हो कि भन्ने बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

    स्वास्थ्य अधिकारीहरुले मंगलबार शिविरमा रहेका ३५ जनामा कोरोना संक्रमण भएको पुष्टी गरेका थिए । निकै बाक्लो संख्यामा रहेका आप्रवासीमा कोभिड–१९ संक्रमणको खतरा भएपछि व्यापक रुपमा परीक्षण गर्न आदेश दिइएको छ । कोरोना पुष्टी भएका व्यक्तिहरुलाई अलग स्थानमा राखेर उपचार शुरु गरिएको छ ।

    बुधबार बिहान दङ्गा प्रहरी पनि परिचालन गरिएको छ ।गैरकानुनी रुपमा युरोप प्रवेश गर्न खोज्नेहरुका लागि सन् २०१५–१६ मा लेस्बोस निकै व्यस्त प्रवेश विन्दु रहेको थियो । सिरिया र इराक युद्धका कारण भागेका यी आप्रवासीहरु प्रायः टर्की हुँदै ग्रीसको लेस्बोस आउने गरेका थिए ।

    ठूलो संख्यामा आप्रवासी आएपछि ग्रीसले लेस्बोस र अरु चारवटा द्वीपमा शिविरहरु खडा गरेको छ जसको व्यवस्थापनमा युरोपेली युनियनले आर्थिक सहायता गरिरहेको छ ।-एपी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑