• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘केपी ओली देश छोड्’ भन्दै साउदीमा नाराबाजी

  • वीरगंज संजाल
  • २३ भाद्र २०७७, मंगलवार २३:२२
  • २२८५

    वीरगंज। साउदी अरेबियाको रियादस्थित सेमास्को कम्पनीको आवास गृह परिसरमा आइतबार नेपाली श्रमिकले  नेपाल सरकारको विरोधमा नाराबाजी गरेका छन् । उनीहरुले विदेशबाटै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘देश छोड्’ भन्दै गालीसमेत गरेका छन् ।कम्पनीबाट काम गुमाएर नेपाल फर्किन विमान कुरिरहेका ती श्रमिक स्वदेश फर्किन नपाएपछि आफ्नै सरकारविरुद्ध आक्रोशित बनेका हुन् । उनीहरुले त्यहाँ नेपालका सडकमा हुने शैलीमै प्रदर्शन गरे ।

    नेपाली कामदारले सुरुमा कम्पनीका अधिकारीसँग आफ्ना समस्या राखे । कम्पनीले नेपालकै दूतावासका कारण तत्काल श्रमिकलाई पठाउन नसकेको जानकारी दियो ।महिनौंदेखि विमान कुरिरहेका उनीहरु मंगलबार (आज) नेपाल उड्ने मिति तय भएको थियो । तत्कालै आफूहरु स्वदेश जान नपाउने अवस्था देखेपछि उनीहरु थप आक्रोशित हुन पुगे ।

    त्यसपछि लाग्यो, ‘केपी .., देश छोड’ देखि ‘नेपाली दूतावास खारेज गर’ को नारा । उनीहरुले सरकार र दूतावासलाई नाराबाटै ‘मूर्दावाद’सम्म भने ।उनीहरुले गरेको नाराबाजीको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । कम्पनीमा महिनौंदेखि काम नपाएर अलपत्र परेका उनीहरुलाई नेपाल फर्किन पाउने आश्वासन पाएको करिब ७ महिना भयो ।

    सरकारले अहिले केही गन्तव्यबाट सीमित मात्र नियमित उडान खोलेको छ । तर, कोरोना संक्रमण जाँच्न पीसीआर परीक्षण सहज नभएको भन्दै साउदीसहितका केही खाडी मुलुकमा चार्टर्ड उडान मात्रै गरिरहेको छ । तर, चार्टर्ड उडानको संख्या यति थोरै छ कि अलपत्र हजारौं नेपाली कहिले घर फर्किन पाउँछन् भन्ने टुंगो छैन ।

    कतिपय कम्पनीले श्रमिकलाई नेपालबाट जाने चार्टर्ड उडानकै टिकट काटिदिएका छन् कतिपयले आफैंले चार्टर्ड उडान गर्न नेपालसँग अनुमति मागिरहेका छन् । कतिपय कम्पनीले श्रमिकलाई आफ्नै खर्चमा जान भनेका छन् । कति नेपाली श्रमिक टिकट खर्च नभएर अलपत्र छन् ।

    नाराबाजी भएको साउदीको सेमास्को कम्पनीमा करिब १० हजार नेपाली काम गर्छन् भने त्यसमध्ये करिब ८ सय कामविहीन भएका छन् ।

    अलपत्रमध्ये केहीलाई फर्काउने गरी कम्पनीले शुक्रबार सेप्टेम्बर ८ तारेख (आज) को उडानका लागि टिकट बापतको पैसा बैंकिङ च्यानलमार्फत नेपाल एयरलाइन्सको खातामा  पठाउन खोजेको थियो ।

    मंगलबारसम्म बैंकिङ च्यानलबाट सो रकम जम्मा हुन नसक्ने देखिएपछि दूतावासले कम्पनीलाई अरु विकल्पमा जान भनेको थियो । तर, झन्झट हुने भन्दै कम्पनी तयार भएन ।

    र, कम्पनीले दूतावासका कारण नेपाली श्रमिक फर्काउन समस्या भएको ब्यहोराको सूचना टाँसिदियो । आफूहरु फर्किन तय भएको उडानमा जान नपाउने देखेपछि श्रमिकले धैर्यता गुमाउन पुगे ।

    रोजगारी गुमाएपछि त्यहाँ कामदारहरु महामारीको बीचमा पनि कम्पनीले राखेको सिंगो हलमा कोचाकोच गरेर बस्न बाध्य छन् । कम्पनीले दूतावासलाई देखाउने र दूतावासले कम्पनीलाई देखाउने गर्दा आफूहरु घर फर्किनबाट बञ्चित भएकोमा उनीहरुको चित्त दुखाई छ ।

    आफैंले खर्च गरेर फर्किने व्यवस्था गरिरिदन आग्रह गर्दासमेत बेवास्ता गरिएको प्रदर्शनमा सहभागी एक श्रमिकले बताए ।

    साउदीस्थित नेपाली दूतावासका राजदूत महेन्द्रप्रसाद सिंह राजपुत यो समस्या समाधान भइसकेको दावी गर्छन् । सेप्टेम्बर ८ तारिक (आज)मा उड्न नपाएकाहरुलाई १८ तारेखको उडानमा नेपाल पठाउने उनले बताए ।

    ‘फर्किन तयार भएको दिनमा उड्न नपाइने भनेपछि युवाहरु आक्रोशमा आउनु स्वाभाविक थियो, यसमा कुनै राजनीतिक उद्देश्य थिएन, अलिकति कम्पनीले पनि बदमासी गर्‍यो,’ राजदूत राजपुतले भने,‘एयरलाइन्सको पैसा जम्मा गर्न मनी ट्रान्सफर गर्दा समस्या हुने कुरा नखुलाई सूचना टाँस्दा दूतावासप्रति रिस पोखियो ।’

    साउदीमा अझै १२ हजारभन्दा बढी श्रमिक फर्किनका लागि विमान कुरिरहेका छन् । तर, त्यहाँबाट श्रमिकलाई फर्किन सहज अवस्था देखिएको छैन ।

    सरकारले साउदीमा पीसीआर परीक्षण गर्न सम्भव नभएको कारण देखाएर नियमित उडान पनि खोलेको छैन । चार्टर्ड उडानको संख्या पनि पातलो छ । जसले गर्दा साउदीमा अलपत्र नेपालीहरु अब स्वतःस्फुर्त रुपमा आन्दोलित हुन थालेका छन् । सरकारले साउदीजस्ता पीसीआर परीक्षण सहज नभएका देशमा नियमित उडान नखोल्ने निर्णय लिएको छ ।

    राजदूत राजपुत भने फर्किन चाहनेको संख्या धेरै भएको र उडान सीमित रहेका कारण असन्तुष्टि देखिने गरेको बताउँछन् ।

    तर, यस्ता विषयमा साउदी सरकारका अधिकारीहरुले पनि चासो देखाएको र नेपाली श्रमिकलाई समस्या पर्न नदिन दूतावासले सबै प्रकारका उपाय अबलम्बन गरेको राजपुतको दावी छ ।

    लेबनानको उही कथा

    लेबनानमा अलपत्र परेका नेपालीको पनि दुःख उस्तै छ । उनीहरु पनि अब एकजुट भएर सरकारविरुद्ध बोल्न थालेका छन् ।

    लेबनानमा सरकारले चार्टर्ड उडान पठाएको छैन । लेबनानको बेरुतमा भएको विष्फोटपछि त्यहाँ अलपत्र पर्ने नेपालीको संख्या बढेको छ ।

    कोभिड–१९ले असर पारिरहेका बेला बेरुतको विस्फोटले व्यवसायमा पनि क्षति पुगेको भन्दै पछि रोजगारदाताले कामदार कटौती गरिरहेका छन् । स्थानीयका घरमा घरेलु श्रमिक रहेका कतिपय महिलाहरुलाई पनि उनीहरुले आवश्यक व्यवस्था गरेर फर्किन भनिसकेका छन् ।

    केही महिला विस्फोटको घटनामा परेर घाइते भएर नेपाल फर्किन खोजिरहेका छन् । तर, त्यहाँ नेपाल सरकारले जहाज पठाउने व्यवस्थै गरेको छैन  ।

     

    पटक–पटक माग गर्दा पनि सरकारले कानमा तेल हालेर बसेको भन्दै अलपत्र श्रमिकले संयुक्त रुपमा आवाज उठाउन थालेका छन् । उनीहरु एक ठाउँमा जम्मा भएर स्थानीय सञ्चारमाध्यममा नै यसबारे बोलेका छन् ।

    त्यहाँका सञ्चार माध्यमसँग करिब ५० जनाले टिकट काटिसकेको बताएका छन् । लेबनानबाट कतार एयरवेजले चार्टर्ड उडानको प्रयास गरेको थियो । तर, नेपाल सरकारले अनुमति नदिएपछि नेपाली श्रमिकहरु अलपत्र परेका छन् ।

    ‘यहाँ श्रमिकहरु सरकार नै नभएको देशको मान्छे जस्ता भइसके, अरु देशले यहाँ विस्फोटपछि आफ्ना प्रभावित नागरिक लिएर गइसके, हाम्रो सरकारसँग गुहार माग्दा माग्दा थाक्ने अवस्था आयो,’ लेबनानबाट सुदीप श्रेष्ठले भने ।

    लेबनानको समस्यालाई कुटनीतिक रुपमा इजिप्टमा रहेको नेपाली दूतावासले हेर्छ । तर, इजिप्टमा रहेको दूतावासले आफूहरुको समस्या नसुनेको श्रेष्ठ बताउँछन् ।

    कतार, यूएई र कुवेतमा पनि दुःख

    कतारमा पनि अलपत्र नेपालीहरुको संख्या सानो छैन । अझै १२ हजारकै हाराहारीमा कतारबाट फर्किन चाहने नेपालीहरु छन् ।

    समस्या आएका कतिपय कम्पनी आफैं श्रमिक फर्काउन विमान चार्टर्ड गर्न खोजेका छन् । दूतावास स्रोतमा अनुसार कम्पास र यू–यूनाइटेड एलएसले चार्टर्ड उडानमार्फत नेपालसम्म आफैंले श्रमिक ल्याइदिन अनुमति मागेका हुन् । यू-यूनाइटेड एलएसले १०१ र कम्पनीले १५० भन्दा बढी नेपालीलाई फर्काउन खोजेको छ ।

    कतारस्थित नेपाली दूतावासका राजदूत नारदनाथ भारद्वाज अन्तर मन्त्रालय समन्वय अभावका कारण श्रमिक सहजै फर्किन पाउने अवस्थामा पनि अनुमति प्राप्त गर्न गाह्रो भएको बताउँछन् ।

    सरकारले दैनिक ८ सय मात्रै यात्रु विदेशबाट फर्काउने नीति लिएकाले पनि समस्या भएको उनको भनाइ छ । ‘हामीले जुन गम्भीरताका साथ समस्याहरु जानकारी गराएका हुन्छौं, त्यसअनुसार सम्बोधन हुँदैन,’ उनी भन्छन्, ‘त्यसका कारण यहाँ श्रमिकहरुले दुःख पाइरहनुभएको छ ।’

    राजदूत भारद्वाजले बेखर्ची रहेका श्रमिकलाई टिकट काट्न जान पनि सास्ती रहेको भन्दै सरकारले श्रमिकका समस्यालाई हलुका रुपमा लिन नहुने बताउँछन् ।

    ‘टिकट काट्न जाँदा आउँदा पनि ट्याक्सीमा उहाँहरुको ठूलो रकम खर्च हुन्छ, यहाँको गर्मीमा बाहिर निस्कन गाह्रो छ,’ उनी भन्छन्,‘कतिपय श्रमिक साँच्चिकै पीडामा हुनुहुन्छ, अहिलेसम्म यहाँ हुलहुज्जत हुने अवस्था आउन दिएका छैनौं ।’

    कतारमात्रै हैन, दुबईबाट पनि विभिन्न कम्पनीले नेपाली फर्काइदिन चार्टर्ड उडान मागेका छन् । यूएईस्थिथित नेपाली राजदूत कृष्णप्रसाद ढकाल सरकारलाई विभिन्न कम्पनीबाट प्राप्त त्यस्ता प्रस्ताव अनुमतिका लागि पठाएको बताउँछन् ।

    ‘हामीलाई विश्वास छ कि कम्पनीले आफ्नै खर्चमा लगिदिने चार्टर्ड उडानले अनुमति पाउनेछन्,’ उनले भने । यूएईबाट अझै ३५ हजार नेपाली फर्किन चाहनेको सूचीमा छन् ।

    कुवेतमा पनि अझै ४ हजार नेपाली घर फर्किने सूचीमा छन् । कुवेतबाट अगस्ट महिनामा एउटा मात्रै चार्टर्ड उडान भयो । त्यसका कारण अलपत्र परेकाहरु सकसमा थिए । सेप्टेम्बर महिना सुरु भएपछि केही उडान भएका छन् ।

    कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीका अनुसार सेप्टेम्बर १३ पछि उडानको संख्या बढ्नेछ । ‘अघिल्लो महिनामा खासै उडान भएन, त्यसले गर्दा कतिपयलाई समस्या भयो,’ उनी भन्छन्,‘अब क्रमैसँग समस्यामा परेकालाई पठाउँछौं ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो
  • ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल
  • यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने
  • मानसिक स्वास्थ्यको चिन्ताबीच जस्टिन बिबरले ल्याए सातौं एल्बम ‘स्वाग’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    मानसिक स्वास्थ्यको चिन्ताबीच जस्टिन बिबरले ल्याए सातौं एल्बम ‘स्वाग’

    चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, २ जना घाइते

    पतञ्जली जग्गा प्रकरणः विशेष अदालतमा चार जनाको बयान सुरु

    नेपाल र गौतमबीच पार्टी एकताको सहमति, साउन २ मा घोषणा हुने

    जीतपुरसिमरा उपमहानगरपालिकाको चालु खर्च र पूँजीगत खर्चमा उतार चढाव

    काठमाडौँ महानगरपालिकाको आगामी बजेट २५ अर्ब ११ करोड निर्धारण

    गण्डक नहरमा भारतले यसपालि पनि दिएन सम्झौता अनुसारको पानी, किसानलाई रोपाइँमा समस्या

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    मानसिक स्वास्थ्यको चिन्ताबीच जस्टिन बिबरले ल्याए सातौं एल्बम ‘स्वाग’

    चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, २ जना घाइते

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    News

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    News

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    News

    मानसिक स्वास्थ्यको चिन्ताबीच जस्टिन बिबरले ल्याए सातौं एल्बम ‘स्वाग’

    News

    चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, २ जना घाइते

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑