• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रुसी खोपले ‘साइड इफेक्ट’ देखिएन, प्रतिरोधात्मक प्रतिक्रिया ल्याउन सक्ने संकेत 

  • वीरगंज संजाल
  • २१ भाद्र २०७७, आईतवार १३:०२
  • २६२९

    बीबीसी । रुसका वैज्ञानिकहरुले कोरोना विरुद्धको खोप सम्बन्धी पहिलो रिपोर्ट प्रकाशित गरेका छन् जसमा प्रारम्भिक परीक्षणपछि उक्त खोपले प्रतिरोधात्मक प्रणालीमा प्रतिक्रिया ल्याउने संकेत देखाएको हो ।

    मेडिकल जर्नल ‘द ल्यान्सेट’ मा प्रकाशित सो रिपोर्टका अनुसार खोप लगाउने प्रत्येकको शरीरमा भाइरससँग लड्ने ‘एन्टिबडिज’ विकसित भएको हो र कसैमा पनि यसको गम्भीर ‘साइड इफेक्ट’ देखा परेन । गत अगस्टमा रुसले यो खोपलाई स्थानीय प्रयोगका लागि आधिकारिक लाइसेन्स दिएको थियो । पूरै डाटा सार्वजानिक हुनु अगाडि नै खोप प्रयोगमा ल्याउने यो पहिलो देश हो । तर विज्ञहरुले यसको ट्रायल अत्यन्तै सानो स्तरमा भएकाले यो खोप सुरक्षित र प्रभावकारी छ भन्ने पुष्टि गर्न नसकिने बताएका हुन् । अहिले मस्काउले यो नतिजा नै सबै आलोचकका लागि जवाफ भएको बताइरहेको छ ।

    पश्चिमका धेरै विज्ञहरुले रुसको कामको गति हेर्दा उनीहरुले सबै वैज्ञानिक प्रक्रिया पूरा नगरेको हुन सक्नेबारे चिन्ता जनाएका छन् । यता राष्ट्रपति भलाद्मीर पुटिनले भने आफूहरुले सबै ट्रायल पास गरिसकेको र आफ्नै छोरीलाई पनि खोप लगाइसकेको दाबी गरेका हुन् ।

    ‘स्पट्निक–भी’ नामको यो खोपका दुई ट्रायल जुन र जुलाइका बीचमा सञ्चालन गरिएको थियो । ल्यान्सेन्टका अनुसार प्रत्येक ट्रायलमा ३८ स्वस्थ स्वयमसेवीहरु थिए जसलाई पहिले खोपको एउटा डोज दिइएको थियो र त्यसको केही हप्ता पछाडि फेरि अर्को ‘बुस्टर’ खोप लगाइएको हो । सहभागीहरु १८ देखि ६० वर्ष उमेरसम्मको भएको र ४२ दिनसम्म सबैको अवस्था निरीक्षण गरिएको बताइएको छ । उनीहरुले तीन हप्तामा एन्टिबडिज विकसित गरेका हुन् । यसमा अधिकांशलाई देखा परेको ‘साइड इफेक्ट’ : टाउको दुख्ने र जोर्नी दुख्ने मात्र रहेको थियो ।

    तर खोपको प्रभावकारीता र सुरक्षाबारे जाँच गर्न अझै लामो ट्रायल आवश्यक रहेको बताइएको छ । यसको तेस्रो चरणमा ४० हजार स्वयंसेवीहरु सहभागी हुनेछन् जसमा फरकफरक उमेर अनि संवेदनशील समुह पनि समावेश गरिनेछ । रुसले निर्माण गरेको यो खोपले प्रतिरोधात्मक प्रतिक्रिया उत्पन्न गराउन ‘एडेनोभाइरस’ नामक भाइरसको स्ट्रेन प्रयोग गरेको हो जसका कारण चिसो लाग्ने, रुघाखोकी लाग्ने गर्दछ ।

    विश्वविद्हरुले यो खबरले हौसला दिलाएको तर दोस्रो ट्रायलबाटै यसको प्रभावकारीता प्रमाणित गर्न कठिन हुने बताएका छन् । किनकी अझैपनि सो खोपले सहभागीहरुलाई भाइरसबाट पूर्ण रुपमा बचाउनेछ भन्न सकिँदैन । जस्तै कि अहिलेको नतिजाले के देखाउँछ भने यो खोप १८ देखि ६० वर्ष उमेरका मानिसहरुका लागि ४२ दिनसम्म सुरक्षित छ तर त्यो भन्दा बढी उमेरका र पहिले नै जटिल स्वास्थ्य भएकाहरुमा यसको कस्तो असर पर्छ भन्ने अझै पत्ता लागेको छैन जो कोभिड–१९ को सबैभन्दा ठूलो जोखिममा छन् । र यस मार्फत कति समयसम्म सुरक्षित रहन सकिन्छ भन्ने अर्को प्रश्न पनि आउँछ जसको जवाफ यस सम्बन्धी गरिने लामो अध्ययन र अनुसन्धानपछि मात्र प्राप्त गर्न सकिन्छ ।

    तेस्रो चरणको ट्रायलको लागि अहिले नै तीनहजार मानिसहरु नियुक्त गरिसकेको यसअघि रुसी अधिकारीहरुले बताएका हुन् । स्वास्थ्य मन्त्री मिखाएल मुरास्कोका अनुसार आगामी नभेम्बर वा डिसेम्बरदेखि नै देशव्यापी रुपमा खोप लगाउन सुरु गरिनेछ र यसमा उच्च जोखिममा रहेका समुहमा बढी केन्द्रित भएर काम गर्ने उनले बताए ।

    विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वव्यापी रुपमा १७६ सम्भावित खोप विकसित भइरहेका छन् जस मध्ये ३४ वटा मान्छेमा परीक्षण हुँदैछन् र ८ वटा मात्र तेस्रो चरणको ट्रायलमा पुग्न सफल भएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि
  • मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन
  • भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु
  • नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम

    ५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ

    त्रिशूली नदीमा दुई बालिका बेपत्ता

    प्रहरीले स्थापना गर्‍यो ‘आर्थिक तथा वित्तीय अनुसन्धान एकाइ’

    अब CTEVT को कुनै कार्यक्रम पढन प्रवेश परीक्षा दिन नपर्ने, SEE को मार्कले भर्ना हुने

    पर्सामा सशस्त्र प्रहरीले रु. ५ लाखभन्दा बढीको अबैध कपडा बरामद,

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम

    ५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ

    त्रिशूली नदीमा दुई बालिका बेपत्ता

    प्रहरीले स्थापना गर्‍यो ‘आर्थिक तथा वित्तीय अनुसन्धान एकाइ’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    News

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    News

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    News

    नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम

    News

    ५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑