• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतबाट आउनेभन्दा जाने तेब्बर

  • वीरगंज संजाल
  • २१ भाद्र २०७७, आईतवार १३:३४
  • ३२९३

    धनगढी । यति बेला भारतबाट स्वदेश फर्किने नेपालीको तुलनामा उतै जानेको संख्या झन्डै तीन गुणा बढी देखिएको छ। कञ्चनपुरको डोके बजार प्रहरी चौकीको तथ्यांक छ– भदौ १३ गतेपछि एक सातामा भारतबाट ६ सय २८ जना नेपाल फर्किएका छन्। भारत पस्नेको संख्या भने त्यही अवधिमा १ हजार ५ सय ५२ छ।

    अहिले नेपाल आउनेभन्दा भारत पस्नेको संख्या बढी छ’, डोके बजार चौकीका प्रहरी नायब निरीक्षक भूपाल थापाले भने, ‘नेपालमा रोजगारी नै पाइएन भन्छन्। कोरोनाको डर पनि लाग्दैन भन्छन्।’ कैलालीको त्रिनगर नाका भएर दैनिक २ सय ५० जना भारत जान थालेका छन्। भारतीय पक्षले उनीहरूको आधारकार्ड भए जान दिने गरेको छ। आधारकार्ड नभएकाहरू पनि आफ्ना ‘मालिक’ नाकामै आउन थालेपछि भारत पस्न सजिलो भएको छ।

    कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाका बुद्धि साउद फेरि भारत पसेका छन्। गुजरातको एक अपार्टमेन्टमा काम गर्ने साउद लकडाउन हुने हल्ला चलिरहेकै बेला गत फागुन २० गते स्वदेश फर्केका थिए। ‘६ महिना नुनतेलकै लागि समस्या भयो। नेपालमा केही काम पाइएन। घरमा २ छोरी,   श्रीमती, आमा र २ भाइ छन्। उनीहरूलाई पाल्नु परेन ?    घरको कमाउने व्यक्ति मै हुँ’, आक्रोशित देखिएका उनले भने, ‘आउने बेला पनि यही सोध्छन्, जाने बेला पनि।’

    यस्तै, सुर्खेतको लेकबेसीका रणबहादुर राईसहित १५ जनाको समूह पनि गौरीफन्टा नाकामा लाइनमा थियो। ‘सिमला जान लागेको, त्यहाँ अहिले जानेबित्तिकै काम पाइँदो रहेछ’, राईले भने।

    भारतको सिमला स्याउको पकेट क्षेत्र हो। अहिले त्यहाँ स्याउ टिप्ने समय हो। कर्णाली र सुदूरपश्चिम प्रदेशका बासिन्दा सिमलामा स्याउ टिप्न अन्य महिला र बालबालिकालाई लिएरै जान थालेका छन्।

    राई लकडाउनका बेला चैत पहिलो हप्ता नेपाल फर्किएका थिए। ‘पेट पाल्न कोरोना पचाइन्छ’, उनले भने। भोकले मर्नुभन्दा जोगिएर बसे कोरोनाबाट नमरिने उनको भनाइ छ।

    कञ्चनपुरको पुनर्बास–१ ढक्काका सुरेश साउद पनि गौरीफन्टा नाकामै भेटिए। ‘    श्राद्ध गरियो। पितृहरूबाट आशीर्वाद मागियो। अब परिवार पाल्नकै लागि भारत जान लागेको’, साउदले भने, ‘हाम्रो देशमा काम पाइने भए भारत जानु के रहर थियो र ?    काम पाइँदैन अनि भारत जानुको विकल्प छैन।’

    उनीसहित पाँच जनालाई लिन दिल्लीका व्यवसायीले गाडी नै पठाएका रहेछन्। पाँचै जना दिल्लीमा सुरक्षा गार्डमा काम गर्छन्। ‘मालिकले पारिपट्टि (भारत) गाडी पठाइदिनुभएको छ। अब कोरोनाबाट बच्दै काम गरिन्छ’, उनले भने, ‘काम गर्नु नि पर्छ, कहिलेसम्म घरभित्रै सुतिराख्नु त ?    ’

    कैलालीको जानकी गाउँपालिका–५ पथरैयाका भरतसिंह विक नयाँदिल्लीमा एक रेस्टुरेन्टमा काम गर्थे। भारतमा लकडाउन भएपछि रेस्टुरेन्ट सञ्चालकले घर पठाइदिए। मालिकले बोलाएकाले उतै जान लागेको उनले सुनाए।

    ‘मुगल रेस्टुरेन्टमा गार्ड थिएँ। त्यति बेला लकडाउन हुने भनेपछि चार पाँच दिनअघि नै आइहालें’, उनले भने, ‘घरमा नुनतेल त चाहियो। नेपालमा सबैतिर बन्द छ। भारतमा सबै होटल, कलकारखाना, व्यापार व्यवसाय खुलिसक्यो।’ सुदूरपश्चिम प्रदेशको साढे २५ लाख जनसंख्याको ३० प्रतिशत जनसंख्या कामका लागि भारत आउजाउ गर्ने गरेको गैरसरकारी संस्था दाबी गर्छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन
  • भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु
  • नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम
  • ५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम

    ५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ

    त्रिशूली नदीमा दुई बालिका बेपत्ता

    प्रहरीले स्थापना गर्‍यो ‘आर्थिक तथा वित्तीय अनुसन्धान एकाइ’

    अब CTEVT को कुनै कार्यक्रम पढन प्रवेश परीक्षा दिन नपर्ने, SEE को मार्कले भर्ना हुने

    पर्सामा सशस्त्र प्रहरीले रु. ५ लाखभन्दा बढीको अबैध कपडा बरामद,

    कपालमा चाँया छ ? यसरी हटाउनुहोस्

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम

    ५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ

    त्रिशूली नदीमा दुई बालिका बेपत्ता

    प्रहरीले स्थापना गर्‍यो ‘आर्थिक तथा वित्तीय अनुसन्धान एकाइ’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    News

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    News

    नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम

    News

    ५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ

    News

    त्रिशूली नदीमा दुई बालिका बेपत्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑