• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सुरक्षाकर्मीको तलबभत्ता रोकियो

  • वीरगंज संजाल
  • २१ भाद्र २०७७, आईतवार १२:३०
  • ३००१

    विरगंंज । कोरोना संक्रमणका बेला अग्रपंक्तिमा खटिने तीनै सुरक्षा निकायको तलब रोकिएको छ। नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले साउनको तलब आउन ढिलाइ भएको बताएका छन्। ‘साउन महिनाको तलब आउन ढिलाइ भएको हो’, प्रवक्ता कडायतले भने, ‘नयाँ सफ्टवेयरमा डाटा इन्ट्री गर्नुपर्ने भएकाले ढिलाइ भएको बताइएको छ। तलब समयमा नआएकाले कर्मचारीबाट गुनासो आएको छ।’

    सशत्र प्रहरी प्रवक्ता डीआईजी राजु अर्यालले पनि कोेभिडमा खटिने जनशक्तिको भत्ता र साउनको तलब रोकिएको बताए। ‘साउन महिनाको तलब ढिलाइ भएको हो’, प्रवक्ता अर्यालले भने, ‘कोभिड भत्ता पनि सुरुबाटै आएको छैन।’

    सरकारले अग्रपंक्तिमा खटिने सुरक्षा निकायलाई कोभिड भत्ता दिने घोषणा गरेको थियो। पीपीई लगाएरै खटिने स्वास्थ्यकर्मीलाई शतप्रतिशत, क्वारेन्टाइन, आइसोलेसनमा खटिने सुरक्षाकर्मीलाई ५० प्रतिशत र सीमालगायत अन्य क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई दिनको ३ सय रुपैयाँका दरले भत्ता दिइने बताइएको थियो। चार महिना बितिसक्दा पनि नपाएको डीआईजी अर्यालले बताए।

    नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले पनि सेनाको तलब रोकिएको बताए। सफ्टवेयरमा प्रत्येक व्यक्तिको प्यानसहितको डाटा इन्ट्री गर्नुपर्ने भएकाले ढिलाइ भएको जानकारी गराइएको प्रवक्ता पौडेलले सुनाए।

    ‘नेपाली सेनाको पनि तलब र कोभिड भत्ता आएको छैन’, उनले भने, ‘सफ्टवेयरमा इन्ट्री गरिसकेर मात्रै आउने बताइएको छ। समयमा तलब नआउँदा समस्या भएको छ। यसबारे हामीले नेपाल सरकारलाई ध्यानाकर्षण गराइसकेका छौं।’

    महालेखा परीक्षक कार्यालयका प्रवक्ता जानेन्द्र पौडेलले नयाँ सफ्टवेयरमा डाटा इन्ट्री भइरहेकाले केही ढिलाइ भएको स्वीकार गरे। ‘हामीले सरकारले दिने तलब भत्तालाई व्यवस्थित गर्न नयाँ सफ्टवेयर निर्माण गरेका हौं’, प्रवक्ता पौडेलले भने, ‘सफ्टवेयरमा केही अप्ठ्यारा थिए जसले ढिला भयो। साथीहरूले १८ घण्टासम्म काम गरिरहनुभएको छ।’

    काम पारदर्शी बनाउन र डाटा रिपोर्टिङमा सुधार गर्न नयाँ सफ्टवेयर ल्याइएको उनको भनाइ छ। ‘हामीले कुनै नियोजित ढंगले ढिलाइ गरेका छैनौं’, उनले भने, ‘तलब भत्तालाई पारदर्शी बनाउन लागेका हौं। त्यसका लागि केही समय लागेको हो। अहिले काम सकिन लाग्यो।’

    नयाँ सफ्टवेयरमा प्रत्येक व्यक्तिको सबै व्यक्तिगत विवरण, प्यानलगायत विवरण राख्नुपर्छ। नेपाली सेना १ लाख, नेपाल प्रहरी ७५ हजार र सशस्त्र प्रहरी २८ हजार छन्। तीनै निकायका २ लाख हाराहारी संख्याको डाटा इन्ट्री गरिसक्नुपर्ने भएकाले यो समस्या भएको उनले बताए। उनका अनुसार सफ्टवेयर लागू भइसकेपछि भने सबैको तलबभत्ता विद्युतीय प्रणालीबाट ट्रान्सफर हुनेछ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर
  • बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि
  • मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन
  • भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम

    ५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ

    त्रिशूली नदीमा दुई बालिका बेपत्ता

    प्रहरीले स्थापना गर्‍यो ‘आर्थिक तथा वित्तीय अनुसन्धान एकाइ’

    अब CTEVT को कुनै कार्यक्रम पढन प्रवेश परीक्षा दिन नपर्ने, SEE को मार्कले भर्ना हुने

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम

    ५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ

    त्रिशूली नदीमा दुई बालिका बेपत्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    News

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    News

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    News

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    News

    नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑