• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    २०७८ मै होला राष्ट्रिय जनगणना ?

  • वीरगंज संजाल
  • २१ भाद्र २०७७, आईतवार ११:००
  • ६२६९

    विरगंज। राष्ट्रिय जनगणना २०७८ मा सोधिने प्रश्नावली सोमबार राजपत्रमा प्रकाशित भएको छ । प्रश्नावलीमा घर तथा घरपरिवार सूचीकरण सहित कुल ७६ प्रश्न समेटिएका छन् ।

    प्रश्नावली तयार हुनुलाई जनगणनाका लागि नभई नहुनेमध्येको एउटा महत्वपूर्ण काम सम्पन्न भएको मानिन्छ । तर नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण वि.सं. १९६८ देखि हरेक दश वर्षमा हुँदै आएको जनगणना आगामी वर्ष होला कि नहोला भन्ने सन्देह उत्पन्न भएको छ ।

    १२ औं जनगणनाका लागि २०७८ जेठ २५ देखि असार ८ गतेको मिति निर्धारण गरिएको छ । तथ्यांक विभागका अधिकारीहरू कोरोना नियन्त्रणमा नआई जनगणना सम्भव नहुने बताउँछन् ।

    ‘राष्ट्रिय जनगणना भनेको प्रतिनिधिमुलक वा अनलाइनबाट गर्न मिल्ने गणना होइन,’ विभागका एक अधिकारी भन्छन्, ‘प्रत्येक घरमा पुगेर गरिने वास्तविक गणना भएकाले महामारीका बेला जनगणना सम्भव छैन ।’

    कोरोनाले अवरोध

    तथ्यांक विभागले गर्दै आएको नेपाल जीवनस्तर सर्वेक्षण कोरोनाकै कारण स्थगित छ । सन् २०१६ मै सम्पन्न हुनु पर्ने यो सर्वेक्षण रोकिदा गरिबी मापनमा समस्या परेको जानकारहरू बताउँछन् ।

    जनसंख्याका प्राध्यापक डा. योगेन्द्रबहादुर गुरुङ जीवनस्तर सर्वेविना गरिबी पहिचान गर्न नसकिने बताउँछन् । उनी भन्छन्, ‘सर्वेक्षण सम्पन्न हुन नसक्दा वास्तविक तथ्यांकको सट्टा प्रक्षेपित तथ्यांकलाई आधार मानेर काम गर्नुपर्ने हुन्छ ।’

    कोभिड–१९ ले गर्दा औद्योगिक सर्वेक्षण पनि रोकिएको विभागले जानकारी दिएको छ । तर जनगणनाको तयारीलाई भने निरन्तरता दिइएको विभागको दाबी छ ।

    माघसम्म स्थिति सहज भए २०७८ मै जनगणना : विभाग

    मन्त्रिपरिषदबाट स्विकृत प्रश्नावली छाप्नका लागि तथ्यांक विभागले टेन्डर आह्वान गरिसकेको छ । विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ कोरोना महामारीका बीच विभागले जनगणनाको तयारीलाई तीव्रता दिएको बताउँछन् ।

    आगामी माघमा ‘प्रशिक्षक तालिम’ सञ्चालन गर्ने विभागको कार्यतालिका छ । त्यसपछि प्रशिक्षकहरूले प्रदेश र स्थानीय तहमा तालिम दिन्छन् । गणकहरूलाई बैशाखमा तालिम सञ्चालन गर्ने विभागको तयारी छ ।

    २५ जेठमा फिल्डमा जनगणना सुरु गर्न चैतमा जिल्ला जनगणना कार्यालय स्थापना भइसकेको हुनुपर्दछ ।

    ‘६–७ महिनामा मात्रै समय बाँकी भएकाले निषेधाज्ञाबीच तयारीमा लागेका छौं,’ महानिर्देशक श्रेष्ठ भन्छन्, ‘माघसम्म स्थिति सहज बने निर्धारित मितिमै जनगणना सम्पन्न गर्छौं ।’

    सबैलाई एकै थरी प्रश्नावली

    यसअघिका जनगणनामा दुई खाले प्रश्नावली तयार पारिन्थ्यो । सबैलाई सोध्ने एउटा प्रश्नावली हुन्थ्यो भने बाँकी २० प्रतिशतलाई पूरक प्रश्न गरिन्थ्यो ।

    आगामी जनगणनामा भने सबैलाई एकैथरी प्रश्न सोधिने विभागका महानिर्देशक श्रेष्ठ बताउँछन् ।

    सात प्रदेश र ७५३ वटै स्थानीय तहका फरक–फरक विवरण राख्ने गरी प्रश्नावली बनाइएको छ । यसअघिको जनगणनामा भने ७५ जिल्लाको विवरण तयार पारे पुग्थ्यो ।

    आगामी जनगणनामा घरधनी बसोबास नगर्ने घर÷भवन÷मल पनि गणना गरिने भएको छ । यसपटक घर बनाउन अनुदान लिए÷नलिएको, बैंक खातालगायतका नयाँ प्रश्न थपिएको महानिर्देशक श्रेष्ठले जानकारी दिए ।

    तीन करोड नाघ्यो कुल जनसंख्या

    २०६८ को राष्ट्रिय जनगणनाअनुसार नेपालको कूल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ जना थियो ।

    तथ्यांक विभागको जनसंख्या घडीअनुसार भने शुक्रबार साँझसम्म नेपालको जनसंख्या ३ करोड ७३ हजारभन्दा बढी छ । यो जन्मदर, मृत्युदर र बसाइँसराइँ दरको आधारमा घडीले गणना गरेको जनसंख्या हो ।

    नेपालको हालको दैनिक जनसंख्या वृद्धि एक हजारदेखि एक हजार एक सय रहेको विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑