• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपालमै बन्छ कुखुरामा रोग लगाउने एक प्रजातिको ‘कोरोनाभाइरस’विरुद्ध खोप

  • वीरगंज संजाल
  • २१ भाद्र २०७७, आईतवार ०८:०२
  • ४१९७

    अहिले विश्वका शक्तिराष्ट्रहरू मानिसलाई सङ्क्रमण गर्ने कोरोनाभाइरसविरुद्ध खोप बनाउने होडबाजीमा लागेका छन्।

    तर के तपाईँलाई थाहा छ? कुखुरामा पनि एकखाले कोरोनाभाइरस सङ्क्रमण हुन्छ।

    र, त्यसले निम्त्याउने रोगको नाम हो – एभियन् इन्फेक्शस् ब्रोङ्काइटिस् अर्थात् आईभी।

    यद्यपि त्यसबाट मानिसले डराउनुपर्ने कुनै कारण छैन किनकि पशु चिकित्सकका अनुसार उक्त रोग कुखुराबाट मान्छेमा सर्दैन र कुखुराका लागि पनि खोप बनिसकेको छ।

    त्यति मात्र होइन, नेपालमै निजी क्षेत्रबाट कुखुरामा लाग्ने उक्त रोगविरुद्ध खोप उत्पादन भइरहेको छ।

    सरकारीस्तरबाट पनि यसै आर्थिक वर्षमा परीक्षण उत्पादन गर्न लागिएको अधिकारीहरूले बताएका छन्।

    कुखुरामा लाग्ने रोग के हो?

    अधिकारीहरू र कुखुरा व्यवसायीहरूका अनुसार आईभी रोग “एक प्रजातिको कोरोनाभाइरसका कारण” लाग्ने गर्छ।

    यो कुखुरामा लाग्ने श्वासप्रश्वाससम्बन्धी रोग नै हो। तर यो रोगका कारण उमेर पुगेका कुखुरा मर्दैनन्।

    चल्लालाई लागेमा भने केही मात्रामा मर्ने सम्भावना हुने उनीहरूको भनाइ छ।

    आईभी लागेपछि कुखुराको उत्पादन क्षमतामा कमी आउँछ।

    त्यसैले व्यवसायीहरूले अण्डा पार्नका लागि पालेका कुखुराका लागि भने यो रोगविरुद्ध खोप लगाउने गर्छन्।

    पोल्ट्री व्यवसायी पशु चिकित्सक डा. तिलचन्द्र भट्टराई भन्छन्, “यो कुखुरामा लाग्ने ‘माइल्ड’ खालको रोग हो। यसले कुखुरालाई मार्ने होइन, उत्पादन घटाउने हो।”

    “विशेषगरी अण्डाको गुणस्तर पनि खस्कन सक्छ। त्यसैले यो खोप लेयर्समा लगाइन्छ। यो कुखुराबाट मान्छेमा सर्दैन। कसैले डराउनुपर्ने अवस्था छैन।”

    “मानवमा लाग्ने कोरोनाभाइरसँग यसको कुनै सम्बन्ध नै छैन।”

    पशुपक्षीका लागि खोप उत्पादन गर्ने सरकारी निकाय राष्ट्रिय खोप उत्पादन प्रगोगशालाका प्रमुख डा. उमेश दाहालका अनुसार पनि यो “कोरोनाभाइरसको मानवमा लाग्ने कोरोनाभाइरससँग कुनै सम्बन्ध” रहेको छैन।

    उनी भन्छन्, “यो एक प्रकारको कोरोनाभाइरसका कारण कुखुरामा लाग्ने रोग हो। तर यसको धेरै अघि खोप बनिसकेको छ र अहिले विश्वभरि प्रयोग भइहरेको छ।”

    “यो रोग कुखुरामै लाग्ने अन्य कतिपय कडा रोगजस्तो पनि होइन। यसले उत्पादन क्षमता मात्र कम गर्ने हो।”

    उनीहरूका भनाइमा विश्वमा धेरैखाले कोरोनाभाइरस पाइएका छन्।

    कुखुरामा आईभी रोग निम्त्याउने कोरोनाभाइरस पनि त्यस्तैमध्ये एउटा प्रकारको मात्र हो।

    खोप उत्पादनको सरकारी तयारी

    अन्य देशमा धेरै पहिलेदेखि उत्पादन भइरहेको आईभी रोगविरुद्ध खोप नेपालमा पनि एउटा निजी कम्पनीले उत्पादन गरिरहेको जनाएको छ।

    सरकारी तहबाट भने हालसम्म उक्त खोप उत्पादन हुन सकेको छैन।

    तर यसैवर्ष परीक्षण उत्पादन गर्न लागिएको दाहालले जानकारी दिए।

    उनले भने, “त्यसका लागि आवश्यक पर्ने एसपीएस भनिने एकखाले अण्डा ल्याउन केही दिनभित्रै टेन्डर आह्वान गर्न लागेका छौँ।”

    “यो आर्थिक वर्षभित्र परीक्षण उत्पादन गरेर अर्को वर्ष व्यवसायीक उत्पादन थाल्ने तयारी छ।”

    निजी उत्पादन

    नेपालमा चार वर्षदेखि पशुपक्षीका खोप उत्पादन गर्न थालेको निजी क्षेत्रको हेस्टर बायोसाइन्सेज नेपालले भने आईभी रोगविरुद्ध खोप पनि बनाइरहेको जनाएको छ।

    उक्त कम्पनीकी प्रमुख कार्यकारी अधिकृत डा. सुलोचना श्रेष्ठका अनुसार उक्त कम्पनीले हाल आईभीविरुद्ध एउटा सुषुप्त खालको खोप बनाएको छ।

    त्यस्तै अर्को चाहिँ अन्य रोगसहित आईभीविरुद्ध पनि काम गर्ने गरी मिश्रित खोप उत्पादन गरिरहेको छ।

    “हामीले आईभीविरुद्ध जीवित भाइरसयुक्त एउटा खोपको पनि परीक्षण गरिसकेका छौँ। सबै प्रक्रिया पुगेपछि त्यो पनि चाँडै बजारमा आउँछ।”

    कुखुरामा खोप कसरी दिइन्छ?

    पशु चिकित्सकसमेत रहेका राष्ट्रिय खोप उत्पादन प्रगोगशालाका प्रमुख दाहालका अनुसार कुखुरालाई पानीमा मिसाएर, आँखामार्फत् वा सुईकै माध्यमबाट पनि खोप दिने गरिन्छ।

    उनी भन्छन्, “लाइभ अर्थात् जीवित खोप छ भने त्यसलाई सुईकै माध्यमबाट पनि दिने चलन छ।”

    “मिश्रित (कम्बाइन्ड) खोपलाई पानीमा मिसाएर खुवाउने चलन पनि छ। कतिपय खोप कुखुराको आँखामा राखिदिने पनि गरिन्छ।”

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑