एजेन्सी।इरान र रसियाबीच तेहरानमा कोभिड-१९ विरूद्धको खोप उत्पादन गर्न सहकार्य गर्ने सहमति भएको छ।
‘फार्स न्यूज एजेन्सी’ का अनुसार उक्त सहमति शुक्रबार रूसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) का कार्यकारी प्रमुख किरील दिमित्रिभ र मस्कोका लागि इरानका राजदूत काजेम जलालीबीच सहमति भएको हाे।
इरानी राजदूतले ‘कोभिड–१९ को खोप पत्ता लगाउन सफल भएको भन्दै रूसलाई वधाई दिएका थिए। जलालीले दुवै देशबीच थप स्वास्थ्य र चिकित्सा सहयोगको लागि रूससँग आग्रह गरेको बताइएको छ ।
दिमित्रीभले दुई देशबीच कोभिड–१९ विरूद्धको खोपको ठूलो उत्पादनको लागि तयार रहेकोमा रूसी पक्ष खुशी बनेको बताए।
रसियाका स्वास्थ्य अधिकारीहरूले हालै कोभिड–१९ खोपको उत्पादन गर्ने घोषणा गरेका थिए।