• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कामसूत्रः यौनको ग्रन्थ मात्र होइन

  • वीरगंज संजाल
  • २१ भाद्र २०७७, आईतवार ०२:०१
  • ५८४५

    महर्षि वात्सायनले लेखेको ग्रन्थ हो, कामसूत्र । खासमा कामसूत्र मान्छेको जीवन सरल बनाउनका लागि लेखिएको थियो । यद्यपि अहिले यसलाई केवल यौन र यौन आसनसँग सम्बन्धित मात्र बताइन्छ । कामसूत्रको मात्र २० प्रतिशत भागमा यौन र यौन आसनबारे उल्लेख छ । त्यसबाहेक यसमा महिला पुरुषको सम्बन्ध, उनीहरुको कर्तव्य आदिबारे गहिराइमा चर्चा गरिएको छ ।

    कामसूत्रलाई महर्षि वात्सायनले ‘काम’बारे लेखेका छन् । कामलाई धेरैले केवल यौन मात्र हो भनेर व्याख्या गर्ने गर्छन् । जबकी ‘काम’अन्तर्गत भावना र इन्दि्रयद्वारा महसुस हुने आनन्दलाई सामेल गरिएको छ । जस्तो कि नरम कपडाले छालामा स्पर्श गर्दा, मधूर संगीतको झंकार, सुगन्ध वा कुनै परिकार सेवन गर्दा प्राप्त हुने आनन्द ।

    कामसूत्र सदियौं अगाडि लेखिएको हो । यद्यपि यसको सार्थकता अहिले पनि उत्तिकै छ । अहिले पनि कामसूत्रको महत्व र महिमा घटेको छैन । आज मान्छेहरुमा यौन विकार फैलिएको छ । यौन हिंसा र यौन विकृति बढ्दो छ । कामसूत्रले भने यौनलाई यावत् विकारबाट अलग गर्ने सूत्र बताउँछ ।

    कामसूत्रमा प्रेम वा निकटताबारे लेखिएको छ । यसका साथै महिला र पुरुषका लागि प्रेमको अर्थ वर्गीकरण गरेर बुझाइएको छ ।

    ६४ यौन आसन

    कामसूत्रको एक भागमा ६४ यौन आसनको बारेमा वर्णन गरिएको छ । यद्यपि यसमा यौन आसनबाहेक काम भावनाको उत्पत्ति, कामेच्छा जागृत गर्ने, काम क्रिया कुन तरिकाले राम्रो वा खराब हुन्छ भन्ने उल्लेख छ ।

    यौन क्रियाबाट धेरैभन्दा धेरै सन्तुष्ट प्राप्त गर्न वा चरमोत्कर्षमा पुग्नका लागि विभिन्न चरण बताइएको छ । त्यसैगरी यौनमा नयाँपन अनुभूत गर्नका लागि विभिन्न ६४ वटा यौन आसनको उल्लेख गरिएको छ ।

    यसमा महिला वा पुरुषको यौन इच्छा, अंकमाल गर्ने तरिका, चुम्बन गर्ने, नङको प्रयोग, दाँतले पार्टनरको शरीरमा निशान बनाउने, यौनसम्पर्कको क्रममा महिलालाई हुनसक्ने पीडा, महिलासँग गरिने विनम्र व्यवहार, मुख मैथुन, मुख मैथुनअघि गर्नुपर्ने सावधानी, यौनक्रिया सुरु गर्नुअघि र यौनक्रिया सम्पन्न भइसकेपछि गर्नुपर्ने कामहरु विस्तारमा लेखिएको छ ।

    कामसूत्रको गलत प्रचार

    कामसूत्रमा श्रीमतीको बारेमा पनि छुट्टै अध्याय छ । यसमा पुरुषलाई विवाहसँग सम्बन्धित केही जरुरी सुझाव दिइएको छ । यसका साथै महिलालाई विवाहका लागि तयार गर्ने विषयमा पनि लेखिएको छ । अर्को अध्यायमा श्रीमतीको आचरणबारे लेखिएको छ । यसैगरी कामसूत्रमा सम्मोहित गर्नेबारे पनि उल्लेख छ ।

    कामसूत्र यौनमात्र होइन, दाम्पत्य जीवन, प्रेम सम्बन्ध, श्रीमान र श्रीमतीबीचको घनिष्ठता आदिबारे गहिराइमा लेखिएको ग्रन्थ हो । यद्यपि धेरैले यसलाई केवल यौन आसनबारे लेखिएको पुस्तकमात्र भन्ने गर्छन् । अतः यौन ग्रन्थकै रुपमा यसको प्रचार भइरहेको छ । खासमा कामसूत्रमा मानिसको आनन्दको अनुभूतिलाई यौन क्रियामा सामेल गरिएको हो ।

    कामसूत्रका अनुसार यौन प्रत्येक व्यक्तिको जीवनको एक महत्वपूर्ण हिस्सा हो । यसमा महिला र पुरुष केवल शारीरिक रुपले मात्र जोडिदैनन् बरु मानसिक एवं आत्मिक रुपले पनि एकअर्कासँग सम्बन्ध स्थापित गर्छन् । यौनका क्रममा भावनाको अहंम भूमिका हुन्छ । यसलाई केवल शारीरिक क्रिया मान्नु नै गलत हो । अहिले यसलाई शारीरिक क्रिया मानिएकाले नै यौन विकृत हुँदै गएको छ । जबकी यौनमा शरीरभन्दा बढी भावनाको महत्व हुन्छ ।

    यौनका लागि के आवश्यक छ ?

    कामसूत्रका अनुसार यौन क्रिया गर्ने ठाउँको विशेष व्यवस्था हुनुपर्छ । जथाभावी गरिने यौनसम्पर्कले सन्तुष्टि प्राप्त हुँदैन । कामसूत्रका अनुसार यौनक्रिया यस्तो कोठामा गर्नुपर्छ जसमा चारैतर्फ सुगन्ध होस् । मधुरो उज्यालो होस् । यो माहोलले तपाईंको निजी पललाई थप रोमाञ्चक बनाउँछ ।

    दम्पतीले यौन क्रियाअघि आफ्ना सबै चिन्ता भुल्नुपर्छ । दुवैको मस्तिष्कमा केवल प्रेम भावना मात्र पैदा हुनुपर्छ । प्रेम भावनाका साथ गरिने यौन क्रियाले पूर्ण सन्तुष्टि प्राप्त हुन्छ भनेर कामसूत्रमा लेखिएको छ ।

    किन आवश्यक छ कामसूत्र ?

    अहिले यौन विकार बढ्दो छ । मान्छेमा यौन कुण्ठा छ । मान्छेको दिमागमा यौनकै कुरा सल्बलाइरहेका छन् । मौका पाउनासाथ यौन सुख लिने दाउपेचमा लागेका छन् । त्यहीकारण यौन हिंसा, बलात्कारको घटना बढ्दो छ ।

    दम्पतीबीच पनि यौन सुख प्राप्त भइरहेको छैन । उनीहरु यौन सुखको अभावमा अन्यत्र भड्किएका छन् । यसले दाम्पत्य सम्बन्धमै चिसोपन ल्याइदिएको छ । यौनको चरम सुख के हो ? बारम्बार यौन भोग गरिरहनेहरुलाई पनि यसको अनुभव छैन । त्यसैले उनीहरु सधैं यौनको भोका छन् । यसरी यौन कुण्ठा र विकार बढ्दै जानुमा यौनलाई सही अर्थमा नबुझ्नु र सही ढंगले नगर्नु पनि हो । यस्तो अवस्थामा वात्सायनको कामसूत्र निकै उपयोगी हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑