विरगंज। पाँच सयभन्दा धेरै कोरोना संक्रमित रहेका जिल्ला ११ वटा भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
चारवटा प्रदेशका ११ वटा जिल्लामा पाँचसय भन्दा धेरै संक्रमित रहेका छन् । प्रदेश १ मा मोरङ र सुनसरी, प्रदेश २ मा बारा, पर्सा, धनुषा, रौतहट र सर्लाहीमा पाँचसय भन्दा धेरै संक्रमित रहेका छन् ।
यस्तै वागमती प्रदेशमा काठमाडौं, ललितपुर र चितवन र प्रदेश ५ मा रुपन्देहीमा पाँचसय भन्दा धेरै कोरोना संक्रमित रहेका मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ ।