• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सरकार कतै न कतै त पक्कै चुकेको छ !

  • वीरगंज संजाल
  • २० भाद्र २०७७, शनिबार १९:१४
  • २७५३

    जति नै आशावादी भए पनि अहिले देशको अवस्था सन्तोषजनक देखिँदैन । कोभिड—१९ को संक्रमणले तर्साउनुभन्दा पहिले नै आर्थिक, सामाजिक र राजनीतिक कुनै पनि क्षेत्रको अवस्था आशालाग्दो थिएन । तैपनि, नेपाली जनताले जसोतसो गुजारा चलाउँदै आएका थिए ।

    कोभिड—१९ को व्यवस्थापनमा सरकारले देखाएको बदनियत, अहंकार र मूर्खताले त झन् नेपाली जनतालाई आक्रान्त नै बनाएको छ । सहरका गरिबहरू विशेषगरी दैनिक मजदुरी गरेर गुजारा चलाउनेहरू परोपकारीको दयामा बाँच्नुपर्ने भएको छ । काठमाडौंको रत्नपार्कमा वितरण हुने खाना खानेहरूको भिडले देखाएको छ यो मुलुकको अवस्था राम्रो छैन । नारायणगढलगायतका सहरमा बाँडिने खाना खान आउनेमा मागेर गुजारा गर्नेहरूको भन्दा पसिना बगाएर खानेहरूको संख्या धेरै छ । यसबाट पनि सिद्ध हुन्छ सरकार कतै न कतै नराम्ररी चुकेकोे छ ।

    नेपाली युवा रोजगारीका लागि विदेश जाने चलन नौलो वा अनौठो होइन । अहिले त रोजगारीकै लागि नेपाली दुनियाँका लगभग सबै मुलुकमा पुगेका होलान् । मूलतः मध्यपूर्व, मलेसिया, कोरिया, जापान नेपालीका रोजगार गन्तव्य मुलुक हुन् । त्यसो त युरोप र अमेरिका पनि पुगेकै छन् । तर, रोजगारीकै खोजीमा पनि सजिलै र धेरै जाने मुलुक त भारतै हो । कोभिड—१९ को संक्रमण फैलन थालेपछि भारतबाट लाखौं नेपाली युवा फर्केर आएका थिए । उनीहरू आउँदाभन्दा पनि भारतमा अहिले संक्रमण बढेको छ ।

    नेपालीहरू धेरै जाने दिल्ली र मुम्बईजस्ता महानगरहरूको अवस्था नेपालको भन्दा पनि भयावह छ । तर, नेपाली युवा फेरि भारततर्फ जान थालेका छन् । ज्यानको माया त यिनलाई पक्कै छ । ज्यानकै बाजी थापेर पनि रोजगारीको खोजीमा युवा विदेश जानुपर्ने बाध्यता देशका लागि लज्जा र ग्लानिको विषय हो । यस्ता बाध्यतामा भएका युवालाई कम्तीमा पनि महामारी साम्य नहुँदासम्म गाउँमै रोक्न राज्यले किन सकेन ? कहीँ न कहीँ त यस देशका शासकहरू पक्कै चुकेका छन् ।

    कोभिड—१९ को संक्रमण रोक्न सरकारले बन्दाबन्दी र निषेधाज्ञाको सहारा लियो । बन्दाबन्दीकै बेलामा स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको पुष्टि सरकार आफैँले गरेको छ । यद्यपि,स्वास्थ्य सामग्री आपूर्तिमा अनियमितता गर्नेहरूमाथि स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भने जसरी कारबाही भने भएको देखिएन । सरकारी नीतिका कारण उद्योग, व्यापार र सेवा व्यवसाय ठप्प भए । वित्तीय कारोबारसमेत रोकियो । सार्वजनिक यातायात रोकिएको त ५ महिनाभन्दा बढी भइसक्यो । विद्यालयहरू बन्द छन् । तर, संक्रमण भने भयावहरूपमा फैलेको फैलेकै छ । सरकारले धेरै काम गरेको विवरण दिएको छ । राज्यको ढुकुटीबाट कोभिड—१९ का नाममा अर्बौं खर्च गरिएको छ । केही काम त पक्कै गरेको होला । संक्रमित व्यक्तिको पहिचान र परीक्षणको संख्या बढेको देखिएको पनि  । तर, बन्दाबन्दी र निषेधाज्ञा जारी गरेर जनजीवन कष्टकर बनाउँदा पनि समुदायमा संक्रमण फैलन रोक्न सकिएन ।

    राज्यको ढुकुटीबाट अर्बौं रुपियाँ खर्च हुने, देशको उद्योगधन्दा, व्यापार, व्यवसाय सबै चौपट हुने, श्रमजीवीहरू मागेर खानुपर्ने अवस्थामा पुग्ने तर संक्रमण झन् झन् बढ्ने !  नेपालसँगै शत्रुता छैन भने आग्रह, अहंकार र बदनियत नराखी खुला छलफल र विमर्श गरियोस् । सरकारी विज्ञबाहेक अरूका राय पनि सुनियोस् र महामारीबाट जनतालाई र देशको अर्थतन्त्र ध्वस्त हुनबाट बचाइयोस् । सरकार त अर्को चुनावपछि फेरिएला तर देश उठ्नै नसक्ने गरेर थला पर्नेछ । सरकार कतै न कतै त पक्कै चुकेको

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑