काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा ३२६ सहित देशभर १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले नियमित प्रेस व्रिफिङका क्रममा शनिबार जनाएको छ ।
२४ घण्टामा १ हजार ५६६ निको भएर घर फर्किएका मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संक्रमित निको हुने दर ६० प्रतिशत रहेको छ ।
हालसम्म संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ ।