• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आमाले पकाएको खाना नै किन मीठो लाग्छ ?

  • वीरगंज संजाल
  • २० भाद्र २०७७, शनिबार २३:५९
  • ५१८९

    विरगज । कतै निस्कनै लाग्दा छुटपुट सामानको बारेमा सम्झाउने, बाटामा कुनै अवरोध नआओस् भनेर रातो टीका लगाउने कुरा केवल आमाले सिकेकी हुन्छिन् । यो सुक्ष्म कुरालाई आमाबाहेक अरु कसैले पनि बुझ्न सक्दैन । कतैबाट फर्किएपछि आफ्नो बच्चाहरु कत्तिको भोकाएको छ रु भन्ने जान्ने क्षमता केवल आमासँग मात्रै हुन्छ । छोराछोरीलाई मीठो लाग्ने कुरा छ भने आफूलाई मीठो नलाग्दा नलाग्दै पनि बच्चाकै लागि मीठो मानेर खाना खाने सहनशीलता आमा बाहेक अरु कसैसँग पनि नहोला । त्यसैले सिंगो शब्दमा यसलाई चिनाउँदा यो आमाको सर्वाेच्चता हो ।

    आमाले पकाएको नै खाना किन मीठो हुन्छ ? यो प्रश्न धेरैको मनमा मात्रै लागेको हुनसक्छ । यसको उत्तरको खोजी सहज छैन । यस्तो प्रश्नको खोजी केवल नेपालबाट मात्रै नभएर विश्वभरी नै भइरहेको छ । तर, यसको कुनै वैज्ञानिक प्रमाण भेटिन सकेको पाइँदैन । अलजजिराकी एक स्तम्भकारले एक आलेखमा नै आमाको जस्तो भियतनामी रोल बनाउनको लागि लाख कोसिस गर्दा पनि आफूले नसकेको बताइन् ।

    तर, आमामा नै के जादु छ रु जसले एउटै प्रयासमा जस्तो सुकै खाना पनि स्वादिष्ट बनाइदिन सक्छिन् ? जस्ता सुकै सर्वाेत्कृष्ट कुकले सबै किसिमको मरमसला प्रयोग गरेर बनाएको खाना भन्दा आमाले बनाएको खाना नै उत्कृष्ठ लाग्ने चलन केवल नेपालमा मात्रै होइन । विश्वभरी नै चलेको चलन हो ।

    धेरैले यसमा सहजै उत्तर दिने कोसिस पनि गर्छन् । सुरुवातदेखि नै आमासँगै समय बिताएको र आमाले नै धेरै खाना बनाएको हुनाले यस्तो भएको हुनसक्छ धेरैको अनुमान छ । जीवनको सुरुवाती समय बिताएकोले भावनात्मक सम्बन्धको कारण यस्तो भएको हो । तर, यो तर्क खण्डन हुन्छ गुरुकूलमा बस्ने छात्रहरुको अनुभवले ।

    दिल्लीको श्रीनिवास वेदविद्याश्रममा अध्ययन गर्दै आएका रोशन पौडेल साढे ६ वर्षको उमेरदेखि गुरुकूलमा बस्न थालेका हुन् । झण्डै उनी १० वर्षसम्म एउटै भान्सेले पकाएको खाना खाए । तर, बाग्लुङ घर भएका उनलाई घर आउँदा आमाले पकाएको खानामा जति स्वाद आउँछ त्यति ती भान्सेले बनाएको खानामा आउँदैन । भावना त धर्मआमा मानेर बसेकाहरुसँग पनि धेरै हुन्छ । विभिन्न अन्तराष्टि्रय अध्ययनहरुले आफ्नी आमाले पकाएको खाना जति मीठो धर्म आमाले पकाएको खाना समेत नहुने दाबी गरेका छन् । त्यसैले यसको वैज्ञानिक खोज आवश्यक देखिन्छ ।

    विभिन्न नेपाली वैज्ञानिकहरुसँगको कुराकानीमा उनीहरु आमाको र छोराबीच कुनै अंगहरु समान हुने भएकोले पनि जन्म दिने आमाले पकाएको खानामा जादु देख्ने प्रवृत्ति हरेक सन्तानमा हुनसक्ने अनुमान गर्छन् । जसरी कुनै एउटा गाडीमा चिप्स जडान गरियो भने त्यो गाडी गएको ठाउँसम्म अदृश्य रुपले जानकारी लिन सकिन्छ । त्यसरी नै आमाको हातले पकाएको खानालाई जादु देख्ने पनि त्यस्तै आधारहरु हुनसक्ने उनीहरु बताउँछन् ।

    आमा नै हुन् सबैभन्दा छुच्ची

    धेरै बच्चाहरुलाई लाग्छ, संसारमा सबैभन्दा छुच्चा कोही छन् भने तिनी आफ्नै आमा हुन् । अरुका आमाले आफूलाई कति माया गरिरहँदा आफ्नी आमाले भने सधैं गाली गरेपछि धेरै बच्चाहरुलाई यस्तै सोचाई आउने गर्छ । गर्भमा हुँदादेखि नै कैयौं पटक हामीले आमालाई नै यातना दिएर आयौं । बाहिर जन्मिएपछि पनि जसरी हुन्छ बच्चाहरु आमालाई नै यातना दिन्छन् । तर, कहिलै पनि देखावटी रिसको अलावा आमामा वास्तविक रिसको सञ्चार हुँदैन । तर, बाल्यकालमा धेरैलाई संसारको सबैभन्दा छुच्ची आमा नै हुन् भन्ने लाग्छ ।

    घर पुग्दा सबैभन्दा पहिले आमाको खोजी

    कतैबाट घरमा आउँदा आमा हुनुहुन्छ भने सबैभन्दा पहिले जो कोहीले पनि आमाको नै खोजी गर्छ । त्यसमा के स्वार्थ जोडिएको हुन्छ त्यो आ आफ्नै कुरा होला । आमा हुनुहुन्न भने त्यो घर नै सुनसान हुन्छ । शून्य हुन्छ । स्वार्थ पनि अरु केही होइन । यसलाई हरेक सन्तानको आमाप्रतिको प्रेम भने पनि व्यवहार भने पनि एउटै हो । घरमा केही कुराको खोजी गर्नु पर्यो भने सिधै आमालाई नै नसोध्ने मान्छे कमै होलान् । घरमा अरुसँग जति नै धेरै निकट भएपनि यस्ता केही विषयहरु छन् । जहाँ बाबुभन्दा आमालाई नै धेरै वास्तागर्ने गरिन्छ ।

    आमासँग नै हरेक प्रश्नको उत्तर भेट्ने भएकोले हुनसक्छ आमासँग नै हरेक प्रश्नको खोजी हुनेगर्छ । आमासँगको अन्तर्वार्ता बालापनदेखि नै चल्दै आएको हुन्छ । त्यसैले पनि कोही आमासँग केही कुरा सोध्न संकोच मान्दैनन् ।

    आमाको सर्वाेच्चता

    आˆना बच्चाहरूका लागि सबैभन्दा विशेष, दयालु, सुन्दर र उदात्त हुन्छन् हरेक आमाहरु । साधु सन्तहरु आमाको मा शब्द आउने सबै शब्दहरु पुज्य हुने बताउँछन् । केवल आ र मा को दुई शब्दमा नै सिंगो संसार र सिंगो ब्रहृमाण्ड जोडिएको छ । यो ब्रहृमाण्डको यात्राको पहिलो बिन्दु आमाको काखबाट नै सुरु हुन्छ । त्यसैलाई आमाको सर्वाेच्चता मान्न सक्छौं । न त कुनै तालिम न त कुनै अध्ययन । सन्तान जन्मिएपछि आफैं आउने दिव्य ज्ञान हो बच्चाहरुको हेरचाह गर्ने ज्ञान ।

    आफूलाई भोक लाखेको थाहा नहुँदै आमाले आफ्नो बच्चालाई भोक लागेको कुरा थाहा पाइसकेकी हुन्छिन्, यही हो आमाको सर्वाेच्चता । आफ्नो बच्चालाई के मन पर्छ र बच्चालाई कसरी खुशी दिने रु भन्ने कुरा केवल आमालाई जानकारी हुन्छ । यही हो आमाको सर्वाेच्चता । बच्चाको चिच्याहटबाट उसको आवश्यकता बुझ्ने क्षमता केवल आमासँग हुन्छ । त्यही हो आमाको सर्वाेच्चता ।

    विश्वभरी उस्तै जिज्ञासा

    आमाको सर्वाेच्चतालाई केवल नेपालमा मात्रै मानिँदैन । विश्वका हरेक कुनामा यसको महत्वका साथ हेर्ने गरिएको पाइन्छ । केही दिन अघि अलजजिराको एक टेलिभिजन कार्यक्रममा केही कोलम्बियाका बच्चाहरूलाई निम्त्याइएको थियो । त्यहाँको आमा दिवसको दिन उनीहरुलाई स्टुडियोमा बोलाएर आमाको बारेमा जानकारी लिनको लागि भनिएको थियो ।

    कार्यक्रममा निर्देशक बच्चाहरूलाई सोधेे, उनीहरूलाई आˆना आमाको कुन व्यवहार मन पर्दैन रु कतिपयले आफूलाई गाली गरेको मन नपर्ने बताए, कसैले आमा आफ्नी आमा धेरै समय आफूसँग नभएको विषयलाई आमाको नराम्रो बानीको रुपमा औल्याए । जसमा अधिकांश बच्चाहरुले अन्यको आमाबाबुसँग तुलना गरेर आफ्नी आमाले कम समय दिएको विषयलाई नै आमाको कमजोरीको रुपमा औंल्याए ।

    यो बालापनको अबोध निर्णय हो । जुन आमाले आफ्नो बच्चालाई पिट्ने कुरा कुनै रिस र आवेगमा आएर पिटेको होइन भन्ने । कुनै बच्चा सडकमा खेलिरहेको छ र गाडी कतैबाट आएको छ भने आफ्नो ज्यान धरापमा राखेर पनि आमाले बच्चालाई बचाउँछिन् र एकपटक ठूलो स्वरमा गाली गर्दै एक झापड पनि लगाउँछिन् । सो अध्ययनले पत्ता लगायो कि यो केवल एउटा प्रेम हो, आवेग होइन । तर, बालदिमागले यसलाई आमाको नराम्रो बानी सम्झन्छन् । यही नै उनीहरुको कमजोरी हो । बालापन हो ।

    सोही टेलिभिजन कार्यक्रममा बाहिर निस्किएपछि जो जो बच्चाले आमाको नराम्रो गुणबारे गुनासो गरेका थिए । उनीहरु नै सबैभन्दापहिले आफ्नी आमाको खोजीमा लागे । त्यहाँ केही अरु नै महिलाहरुलाई उनीहरुलाई माया गरेर बोलाउनको लागि भनिएको थियो । तर, उनीहरु अरुसँग रमाउन सकेनन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर
  • बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि
  • मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन
  • भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम

    ५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ

    त्रिशूली नदीमा दुई बालिका बेपत्ता

    प्रहरीले स्थापना गर्‍यो ‘आर्थिक तथा वित्तीय अनुसन्धान एकाइ’

    अब CTEVT को कुनै कार्यक्रम पढन प्रवेश परीक्षा दिन नपर्ने, SEE को मार्कले भर्ना हुने

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम

    ५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ

    त्रिशूली नदीमा दुई बालिका बेपत्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    News

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    News

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    News

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    News

    नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑