वीरगंज ।पर्सामा फेरि टेस्टको दायरा घाटदै गएको छ । यो सङगै संंक्रमित को संख्या दिन प्राती दिन घाटदै गएको छ । कोरोनाको लक्ष्ण हेरिएको ब्याक्तीले समेत परिक्षण गराउन खोजदा पैसाको अभाव र सरकारको नितिनियमको प्रभाव ले घरमा नै बस्न बाध्य भनेका छ्न ।
साथै पोसेटिव भएको ब्याक्ती सङग सम्पर्कमा आएको ब्याक्तीको कन्टेक्ट ट्रेसिङ्ग गरने कर्यपनी रोकिएको छ। यस्को फलस्वरूप पर्सामा दिन प्रती दिन संक्रमितको संंख्या घाटदै गएको देखिन्छ। आज फेरि पर्सामा एक जनाको मित्यु भएको छ। पकहा मैनपुर गाउँपालिकाकाे वडा नं. २, सुर्जाहा निवासी ७५ बर्षिय पुरुषकाे मृत्यु भएकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।
याेसंंगै पर्सामा काेराेना संक्रमण कारण मृत्यु हुनेकाे संख्या ४० पुगेकाे छ ।भाद्र ०४ गते उनकाे स्वाव संकलन गरी परीक्षण गर्दा भाद्र ०५ गते काेराेना पाेजिटिभ देखिएकाे थियाे ।
त्यसपछि नारायणी बिशेष काेराेना अस्पताल गण्डकमा उनालाई राखेर उपचार गर्ने क्रममा शुक्रबार राती ११:३० बजे मृत्यु भएकाे नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चाैरसियाले वताए ।
ज्वरो, खोकी र श्वासप्रश्वास समस्या रहेको उनी पहिलादेखी नै क्षयराेगकाे बिरामी थिए । १३ दिनदेखी उनलाई अस्पतालकाे आइसियुमा राखेर उपचार भइरहेको थियो ।