वीरगञ्ज । लिभिङ विथ इन्भारोमेन्ट (वातावरणसँग जिउने आधार) नामक संस्थाले कोभिड एक्सन टिम (क्याट) पर्सालाई सहयोग गरेको छ ।
कोरोनाभाइरस महामारीले निम्त्याएको संकटको समयमा विभिन्न माध्यमबाट सहयोग र सहकार्य गरिरहेको क्याटलाई संस्थाले शनिबार एउटा अनौपचारिक कार्यक्रमबीच क्याटका सदस्यहरुलाई मास्क र ग्यास सिलिण्डर सहयोग गरेको हो ।
क्याटले पछिल्लो केहि दिनदेखि निषेधाज्ञाका कारण गरिव र अतिविपन्नका लागि भोजन शिविरपनि सुरु गरेको छ ।
संस्थाका केन्द्रीय अध्यक्ष आकाश चौहानको नेतृत्वमा गएको टोलीले क्याटका संयोजक जिल्ला समन्वय समिति पर्साका सभापति नेक महम्मद मियाँलाई ७ थान ग्यास सिलिण्डर र २०० थान मास्क हस्तान्तरण गरेको थियो ।
हस्तान्तरण कार्यक्रममा क्याटका तबरेज अहमद, श्याम पटेल, संजीव मिश्रा, शैली चौधरी, वातावरणसँग जिउने आधारका जिल्ला संयोजक विकास चौहान, पर्सा जिल्ला अध्यक्ष रोहित बरनवाल र कोषाध्यक्ष पवन पटेललगायातको सहभागिता रहेको थियो ।
संस्थाले यसअघि जिल्लाका विभिन्न स्थानमा पुगेर कोभिड-१९ बाट जोगिनेलगायतका सचेतनामुलक सन्देश फैलाउने कामपनि गरेको छ ।