विरगंंज। पर्सामा फेरि टेस्टको दायरा घाटदै गएको छ । यो सङगै संंक्रमित को संख्या दिन प्राती दिन घाटदै गएको छ । कोरोनाको लक्ष्ण हेरिएको ब्याक्तीले समेत परिक्षण गराउन खोजदा पैसाको अभाव र सरकारको नितिनियमको प्रभाव ले घरमा नै बस्न बाध्य भनेका छ्न ।
साथै पोसेटिव भएको ब्याक्ती सङग सम्पर्कमा आएको ब्याक्तीको कन्टेक्ट ट्रेसिङ्ग गरने कर्यपनी रोकिएको छ।
यस्को फलस्वरूप पर्सामा दिन प्रती दिन संक्रमितको संंख्या घाटदै गएको देखिन्छ।
आज मात्र ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
वीरगञ्जस्थति नारायणी अस्पतालको प्रयोगशालामा ५ सय ८० जनाको थ्रोट स्वाब परिक्षण गर्दा जम्मा १८ जनामा संक्रमण पुष्टि भएको छ ।
पर्सा र बारा जिल्लाका विभिन्न स्थानबाट संकलन गरी ल्याइएका ५ सय ८० जनाको थ्रोट स्वाबलाई अस्पतालको पिसिआर प्रयोशालामा परिक्षण गर्दा जम्मा १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि हुनेमा ४ महिलासहित पर्साका जम्मा ६ जना छन् भने बारा जिल्लाको १२ जना रहेका छन् ।
त्यसैगरी बारा जिल्लामा भने नेपाली सेनाका तिन जना र नेपाल प्रहरीका तिन जनासहति १२ जनामा संक्रमण पुष्टि भएको छ । जितपुर आर्मी ब्यारेकका तिन जना पुरुष सैनिक र जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत तिन जना प्रहरीमा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेशकुमार चौरसियाले जानकारी दिए ।
बारा सिम्रौनगढ नगरपालिकामापनि ६ जना संक्रमित थपिएका छन् । सिम्रौनगढको वडा नम्बर ६ मा तिन जना, वडा नम्बर ८ र १० मा एक/एक जना र वडा खुल्न नसकेका एक जनागरी ६ जनामा कोभिड-१९ पुष्टि भएको डा. चौरसियाले बताए ।
थपिएका संक्रमितमध्ये १० जनाको सिटि भ्यालु २४ भन्दा माथि छ भने ८ जनाको सिटि भ्यालु २४ भन्दा कम रहेको छ । चिकित्सक अनुसार २४ भन्दा कम सिटि भ्यालु भएका संक्रमितहरुले अरुमा संक्रमण सार्ने सम्भावना बढी हुन्छ ।
परिक्षण को दायरा बधाईएन भने कोरोना भाइरस्को संंक्रमण तेस्रो स्टेजमा पुगन समयलाग्दै न ! सचेत बसौं सुरक्षीत बसौंं आफ्नो सुरक्षा आफै गरौं !